Wednesday, October 24, 2012

चक्षु

यो पक्कै छ भनेर बेद र पुराण भन्छन जुनी फेरिनु

चौरासी नर, कीट यावत पतंग आदि भई जेलिनु

मुक्क्तिको पनि ता उपाय जसरी पाइन्छ बाटो चिने

खोज्दा मिल्दछ मोक्ष फेरी त्यसले पर्दैन जन्मी लिने

आत्म ग्यान मिले तरिन्छ सहजै संसार सागर पनि

पारि स्वर्ग छ त्यो कठिन छ मिलनु भेटेर बाटो खनि

ब्रह्मज्ञानी हरु गए जति सबै थिए ति विस्वासम
त्यागि भोग यी बासना विषयका घरबार निस्वासमा

बग्छिन त्यो हिमशैलबाट जसरी नदी कठिन मार्गमा

पत्थर काटी जमिन फोरी गतिले पुरेर त्यो गर्तमा

पानीको कण त्यो पुगेर सहजै मिल्नेछ सागरमहा

सागर भेट्न कठिन हुदा गति नभै रोकिन्न रोकी त्यहा

पानीको कण त्यो बिलिन हुन गै नदी पनि मुक्त भो

त्यस्तै यो भब बाट मुक्ति मिलने सागर सरि स्वर्ग हो

मानौ देह नदि समान छ भनि आत्मा बुझौ नीरवत्

आत्मा जान्छ उडेर मिल्न नभमा त्यो देह ता मूढबत्

अर्को यो उपमा म भन्छु कसरी आकाश यो बाँडियो

छुट्टै सानु खडा अकाश हुन गो घैटो रुपी देहको

घैटोको अबसान निश्चित हुदा आकाश भयो सम्म लौ

आत्मा ब्रह्म समान एक हुन गै अलग रह्यो देह लौ

जसले यो गृह बासनादी सुखभोग त्यागेर चित्तै धरि

लाग्ला चक्षु उघारी मोक्ष्य पथमा तर्नेछ त्यो त्यस घरि

चिन्ता यो मनमा तसर्थ न लिनु हुनु थियो जे भयो

जसको सम्पति हो उसै संग रही साथ्मा संगै मिल्न गो

No comments:

Post a Comment