Saturday, January 1, 2011

शान्तिक्षेत्र खै ?

कुन हो बिस्वमा स्थान नेपाल देशको अब !
बुझाउँ मित्रको चित्त कसरी बुझ्दछन सब
अब त्यो छैन रे हेर देशमा बुद्धको गति !
अहिंसा शान्तिको मार्ग हुने नै भो त ? दुर्गति !
के सुन्दछु कुरा तीतो बुद्ध भारतमा पसे !
सत्तामा बुद्धको आसन् पलेटी बाँधी को ? बसे !
स्वयंभू बुद्धको मन्दिर बौद्ध मा छैन ? के भयो !
सुनिन्छ लुम्बिनी तीर्थ बसाई सर्नुमा गयो !
देहमा दुस्टको दृस्टी बलात्कार भए सरि !
नेपालीहरुको आस्था चुंडीयेछ त के गरि !
भन्दथे बिस्वले यौटा शान्तिक्षेत्र छ है त्यहा !
अन्त्य भो बंश नै आज राजकाज गयो कहा !
बिस्वभर देशको चर्चा कति हुन्छ निरन्तर !
नेपालीहरुको मन्मा शान्ति खै दृस्टीगोचर !
राजनीति प्रजानीति न्यायनीति छ अस्थिर !
पलपल्मा परिवर्तन मन के हुन्छ ढुक्क र !
ठाडो शिर सगरमाथा मान्दैन झुक्न यो कहिँ !
फेदैबाट भनौ ढाल्न प्रयत्नरत छन् यहिँ !
कुन हो बिस्वमा स्थान नेपाल देशको सुन !
बुझाउँ मित्रको चित्त कसरी बुझ्दछन भन

No comments:

Post a Comment