Sunday, January 27, 2013

गजल: बगेको खोला




बार्हौ पुस्ता गरि राज्य शाहवंश बिलीन भो

सत्ताबाहिर गै खाने भत्ता अंश बिलीन भो
.
प्रजाको हितको लागि दूध पानि अलग गरि
नसकी, न्यायको शासन गर्ने हंस बिलीन भो
.
असन्तोष र चाप्लूसी अविस्वास अदक्षता
हतियार अघि सार्ने द्रब्यदंश बिलीन भो
.
सुखी राज्य खुसि राजा प्रजाको हित मार्गमा
बाटो छाडी अनायासै हुने ध्वंस बिलीन भो
.
शकुनी खेल खेलेर सत्ता लोलुप भै जुधी
कृस्ण को टाउको खोज्ने अर्को कंस बिलीन भो !









No comments:

Post a Comment