Monday, April 16, 2012

शुभ शकुन होस

आउदै जादै ऋतुहरु घुमी कोइली डाक्छे बसन्त

पारि पारि गहन क्षितिजमा बज्न खोज्दैछ घन्ट

बेला आयो नब बरसको कामनायुक्त कण्ठ

भूरी भूरी शुभ शकुन होस दिब्य आबाज भन्छ

1

लालाबाला सहित तनया बन्धु बांधब सखादी

राख्दै ईच्छा नबनित सदा बर्ष हर्नेछ ब्याधि

शान्ति छावोस वरिपरी सबमा बर्ष होस् साधु सन्त

भूरी भूरी शुभ शकुन होस दिब्य आबाज भन्छ

2

साच्चै यौटा गहन छ कुरा बर्षको स्वाभिमान

के हो के हो कसरी यसले दिन्छ रे संबिधान ?

जे होस् देवोस जनहित हुने राज्यको मूलग्रंथ

भूरी भूरी शुभ शकुन होस दिब्य आबाज भन्छ !

3

Happy New Sambtsr.2069.

संबिधान ?

·

छिप्पियो नभमा घाम गृष्मको राज्य फैलियो

आधा काम अझै बाकि छ जाँगर किन वैलियो

पिठो पानि पिठो पानी झन् झन् हुन्छ गीलो सब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/१/



ठेक्का अशान्ति बिद्रोह बाट डिग्री लिदा पनि

कुकर्मी हरुकै हात सत्ता आसीन यो छ नि

बिश्वास गर्न हुन्थेन मुटुमा थ्यो कीलो जब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/२/



आशै आश दिलाउछन् प्याला बिष पिलाउछन्

भित्र भित्रै रची खेल धारे हात मिलाउछन्

लौ न जातिबिषे देश टुक्रा बन्ला जिलो सब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/३/



शान यो देशको माटो विश्वमा मग्मगाउथ्यो

गोर्खाली नाम सुन्दैमा संसार डगमगाउथ्यो

हेर पानि कति फेर्छन् मात्र हुन्छ हिलो तब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/४/



मुटुमा घाउ चर्काई मलम नाटक गर्दछन्

भकारी देशको भाँची नातामा लगि भर्दछन्

घाँडो मात्र भएनन् यी अप्ठ्यारोका पिलो सब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/५/



के हामीमा नया नीति नया देश बनाउन

छैन तागत कोहीमा ? घोक्रे ठ्याक लगाउन

बेतको लठ्ठीले मात्रै हुन्छन् थिल थिलो अब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/६/



न दिएको पनि हैन देशले भक्त नायक

न्यूनता सम्म खोसेर धपाए सब लायक

खोजौ सब मिलि हामी पाइन्छ कि सिलो अब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/७/

बिद्रोह

के भो आज असह्य यो मन भयो बिद्रोह पैदा भयो

शान्ति चैन हराई कस्ठ हुन गो चिन्ता बढी नै रह्यो



राजाकी म थिए कति प्रिय म छु मेरो तिरस्कारले

दिन्छन राज्य ति रामलाई कसरी मेरो बहिस्कारले



यो सक्दैन पुरा हुनेछ कसरी भरत छ लायक अति

मेरो हुन्छ कदर यो राज्य भरिमा सेबा म गर्छु कति



भन्दै छटपटिइन सुनी खवर त्यो कु-मन्थरा दासीको

ठुलो आंधी शुरु भयो मनमनै ति गद्दीका प्यासीको



खोपीभित्र पसिन र आसन कसिन त्यो उग्र चण्डी रुप

खलबल पारी सिंगार,केश पहिले टिका बिगारिन खुब



गाजल लत्पतियो चुरा पनि फुट्यो पर्दा पनि च्यातियो

पोखिन पानि भिजाई खोल तकिया त्यो मन अझै मातियो



बौलाही सरि भै ति कैकयी बसिन् थुन्दै चुकुल द्वारको

भन्छिन लौ ठिक भो तँ जा खवर लि हे मन्थरा प्यारको



राजा छेउ गएर बिन्ति गरिदे यो हाल मेरो अब

फर्की आउनु एकलै तँ पहिले उत्तर म सुन्छु सब



भन्दै कैकयिले बुझाई यी कुरा ति मन्थराको मन

आफ्नो मत्लब सिद्द्ध गर्न प्रतिरोध् पठाईन् राजाकन

Happy Ramnabami !!!

लामखुट्टे !

·

ख्याती राम्रो छ सबको जन समुहमा 'लामखुट्टे'' भनेर
छोटा खुट्टा भएमा पनि तिनीहरु कुर्सि तान्छन गनेर

लामा छोटा र दुब्ला कमर मसिना ढाड बांगे कति छन्
चेप्टे नेप्टे र घ्याम्पे सब गरि सदनमा छसये येक ति छन्

सबको यौटै छ ताना रगत अमनले पेट भर्नु चुसेर
उड्नु गुड्नु थुपार्नु दुध चुसी भुईमा भात फ्याक्नु मुछेर

जम्मा हुन्छन तलाउ वरिपरी घुसको बंश कोरल्न भाबि
हुर्कन्छन् प्रौढ बन्छन सिजन पछि तिनै गर्दछन चुस्न दाबि

''मौका'' भन्ने छ दाउ हरघडी मनमा याद गर्दै यी हिडछन्
चाहे होस् घूस बा त्यो कमिशन जिउ बाजी थापेर भिडछन्

पक्कै यो काम राम्रो जनहित हुने हैन राम्रो मुलुकमा
औलो ज्वरका यी श्रस्टा बिकसित न हुन् ''लामखुट्टे'' फजुलमा

घोडे जात्रा रे ?

घोडे जात्रा रे ?
·

थामेकै छु स्वधर्म टाप खुरमा किला र घन् निल्दछु

टाँगामा रथमा र बग्गीहरुमा राजासंगै मिल्दछु /१/



हेर्छौ त्यो इतिहास बेद हरुमा ब्रम्हाण्डको सृस्ठीमा

बाल्मिकिहरुको त यज्ञ विधिमा ती सूर्यको दृष्टिमा /२/



बायु पंखी भएर त्यो गगनमा उडाई तान्दै रथ

आज्ञा पालन गर्छु तत्पर रही गोलि पियाउ कि मथ /३/



चल्ने छैन ती चक्रबर्तिहरुमा यज्ञादी घोडा बिना

यो मेरो पुरुषार्थको प्रतिक हो यै भन्छ मेरो चिना /४/



जात्रा गर्न पनि मनुष्य हरु यी कति थरि जान्दछन्

चारखुट्टे हरुकै गरेर उपहास आनन्द ति मान्दछन् /५/



सोझी छिन ल भनु ती गाई हरु ता जात्रै गरे ता पनि

मेरो लात्ती जवर छ छोड्छु म कहा मेरो छ ईज्जत अनि /६/



लिन्छन् काम म बोक्छु भारि तर के सम्मान पाइन्छ कि

मुखमा कोची लगाम छाती बिचमा काठी पिठ्युमै छ छि: /७/



घोडा रेश भनेर हेर्न रमिता जम्मा भई घेर्दछन्

लाखौ बाजी लगाई निर्बल भए कुद्रीष्टिले हेर्दछन् /८/



भैगो लौ म सहुँ चना एक मुठी परालको के भर

मेरो हुर्मत बग्छ पानी जसरि गधामा फेर्दा थर /९/



हे मानिसहरु हो प्रदत्तप्रकृति घोडा हो तिम्रो धन

घोडाको रिस गर्दछौ किन यहा गरि मनोरंजन /१०/

घोडे जात्रा २०१२ ,

फुपू-श्राद्ध

फुपू-श्राद्ध
·

ताक न परे वारि नत्र सगरमाथा पारि

हात पार्ने मौका छ यो दुइ करोडको झारी

****************************

ऐले आफ्नै प्रधान हो यो देश को मन्त्रि

कति आए कति गए को छ प्रजातन्त्रि

**************************

अरबको कसौडिमा डाडु पन्यु गाड़छन्

एक दुइ करोडको सिता त्यसै बाड़छन्

**************************

बुध्द जस्तो त्यागी बाट हात हालेको ऐले

शान्तियात्रा जस्तो उच्च बिचारमा मैले

***************************

चौका हान्ने मौका थियो पाखा बाट च्याँखे

आफ्नै दल साथि लिदा बिबादमा फ्याँके

****************************

आए मोज गए के भो चिन्ता छैन धेर

हात परे फुपू पाउलिन श्राद्ध गर्छु हेर

****************************

पानीमाथि ओभानो छः दान पुण्य गर्छु

धर्म कर्म कमाएर चोखो भई मर्छु

**************************

थुके पछी सरकारले फेरी चाट्न हुन्न

शाहजादा उसै छु म दाह्रा किटी रुन्न

***************************

बिचार ता उच्च थियो सगरमाथा जस्तो

कसको कसको सरापले ऐले भयो यस्तो

Monday, March 19, 2012

श्मसान !

·

हेर्दामा अति उग्र रुप छ सदा कालो कलूटे भुइँ

सन्नाटा छ वरिपरि तर भने उ खान्छ लाश्मा मुइ

दिनको रात शिकार कुर्छ नशिलो दाह्रा उज्याइकन

बस्ने गर्छ नजीक नद्द्य तटमा श्मसान नामको ''डन''

//१//

साथि छन् उसका कुकुर र शिवा कौवा खरानी ठुटा

आँशु प्यूंछ बसेर पर्खी अतिथि संसार भन्दै झुटा

हाड़ मासु नङ्गदेखि रोम शिरको बाकि न राखिकन

खाने गर्छ बसेर नद्द्य तटमा श्मसान नामको ''डन''

//२//

दाउराको खलियो सजाउन जति सक्यो खुशी पार्छ मन्

छातीबाट सबै पचाउछु भनि मुस्लो धुवाँ फयाक्छ झन्

घ्यूको आहुति देउ खान्छु सजिलै गार्हो न मानिकन

भन्दै तत्पर हुन्छ निल्न शब त्यो श्मसान नामको ''डन''

//३//

कालो भस्म निशान माझ मुटुमा व्हार्व्हार डढाई सब

छिन्मा स्वात्त निलेर उग्र उ बनि पर्खन्छ अर्को शब

साथि छैन भए अघोरी उसको बाँडेर खाने तन

कैयौ खाइसक्यो र तैपनि सधै श्मसान भोको ''डन''

//४//

हो प्रेमी पनि लुब्ध संगीत विधा हा हा हु हु क्रन्दन

सुन्ने गर्छ लिएर चाख सबको तानी मुटु स्पन्दन

शुन्यैमा उ रमाई बस्छ निशिमा उजाड उसको धन

खुबी राख्छ पचाउने म छु भनि श्मसान भन्ने ''डन''

//५//

यस्तो क्रुर छ बानि निर्दयी सधै नामले डराउने सबै

देख्दा त्यो छ तथापि भित्र मनमा बेत्ता छ त्यो ज्ञानकै

ज्यादा मोह अहम् श्रीसम्पति सबै हे मूर्ख लोभी नबन्

भन्दै बुद्ध बनेर लोकहितको बाटो समा भन्छ ''डन्''

//६//

उसको ब्यङ्ग बुझेर भित्र मनमा सम्झी बुझी ल्याउदा

व्यर्थै यो बिषयादी मोह भ्रमको डुंगा सधै ख्याउदा

कसको चित्त अघाउला र जहिले झसङ्ग पार्नेछ मन्

आउदा हुन्छ बिलम्ब घाट-पथमा चेताबनी दिन्छ ''डन्''

//७//