Wednesday, December 21, 2011

बिरबलले रानीलाई चिमोटे !!!

यौटा यो घटना बितेछ यसरी दरबारमा एकदिन
बिरबल रानी र बाद शाह अकबर तिनै जना एकछिन


जान्छन घुम्न संगै डुलेर उपबन रानी अगाडी भई
बिरबल बीच बसे पछी पछी हिंडे राजा खुशीले गइ


राजाका मनमा संधै जसरि नै बिरबल पखाल्ने कुरो
उठ्दा एकछिन सोची कम्मर महा चिमोटीदे भै शुरो


रानीलाई चिमोटी लिन्छु बदला ठानेर उनले लिए
प्रत्युत्पन्न मति थिए ति बिरबल जवाफ यसको दिए



रानी रंजित भै मुहार हँसिलो रिसले अति लाल भयो
फर्किन झट्ट पछाडी बीरबलको गालामा थप्पड गयो


के गर्छस अब हे बिमुढ़ ! बिरबल सोची बस्यो एकछिन
फर्क्यो तत्क्ष्ण बादशाह पटि नै कसेर झापड दिन


राजा क्रुद्ध भएर झापड लिइ भन्छन कि हे बीरबल
तिम्रो साहस दण्डनीय ,कसरी सक्यौ प्रयोग गर्न बल


उत्तरमा बिरबल गमेर मनमा जवाफ यो गर्दछन
हे सम्राट! म ता हुलाकी बिचमा जो कोहि भर पर्दछन


जे शन्देस हजुरले दिन भनि साम्राज्ञीका बाहुमा
प्रेषित गर्नुभयो प्रत्युत्तर पनि फर्केछ त्यै नाउमा


टक्र्याए खुशीले म गदगद भए सेवा गरे ज्यानले
बक्सियोस इनाम भारि अब ता बस्छु खुशी ज्ञानले

नगरबधुको आव्हान !

टाढा भो मन माधुरी सखी सखा यी बस्त्र जन्जाल छन् /
ढाक्यो वृक्ष सुस्वादु उष्ण फलले ढिला भयो चाख्न झन् //
आऊ आउन हातमा लिई छिटै जगाउ बालि धुप /
हे मंडूक निमन्त्रणा छ तिमीलाई आव्हान गर्छन् कुप //

आँखामा घसी गाजलु नजरले खोजि रहन्छन् क्षुधा /
लालियुक्त अधर चुमु चुमु भनि मागी रहन्छन् सुधा //
धड्कनले दिलको कुना पसि बसी छाम्दै छ तिम्रो चुप /
हे मंडूक निमन्त्रणा छ तिमीलाई आव्हान गर्छन् कुप //

मेरा अंग अति सुकोमल अहा देउ न ! दृस्टी यता /
आफै हेर्छु रमाउछु लुकी छिपी तिम्रो जवानी उता //
नाङ्गो हेर हिमाल प्राकृतिक ति सजाई बस्छन् रुप /
हे मंडूक निमन्त्रणा छ तिमीलाई आव्हान गर्छन् कुप //

श्रीस्टिका नमुना हरु प्रकृतिका बिहिन पर्दा बसी /
आफ्नो रूप र शानमा मिलनको सुगन्ध अत्तर घसी //
बास्नाले रसले कि रूप बशले आकृस्ठ गर्छन् खुप /
हे मंडूक निमन्त्रणा छ तिमीलाई आव्हान गर्छन् कुप //

आर एस भी पी

निम्ता पत्र मिल्यो खुशी हद भएँ के गर्नु मुग्लानिमा
चिन्ता मात्र थपिन्छ के गरु सुनी देशको खबर ग्लानिमा
यो यौटा मनको धनि पर बसी बिमूढ़ कर्तब्य किम्
सोच्दै बस्छ बिहानी साँझ घरको आँखा गरि चिम्म चिम्


आँशु रक्त प्रबाह त्यो कति भयो शहिदको देशमा
नेताको मनमानी खप्न न हुने ब्वासा ति हुन् भेषमा
चिन्ता ग्रस्त सबै मिलेर एकजुट हुनु पर्यो लौ सब
तारे होटल भासी श्रोत बटुली पुलमा लगाउ अब


मेलम्ची पनि आँशु हो गरिबको फ़र्काइदेउ भन
भेरीको जलले भिजाई हरिया पाखा, फलाउ सुन
खोसी देउ सबै फलाम र सिमेंट् निर्माण पुलको गर
संख्यामा जनता कति कति बढी भत्काउ बानेश्वर


सात, सतचालिस, सत्रमा कति भए सत्ता परिबर्तन
सतसठ्ठी कुरी बस्दथे म त यहाँ पाएँ बुहारी तन
कमजोरी सब यो दलालहरुको अठसठ्ठीमा धेर भो
संस्था शिक्षणले दुहेर दक्षिणा प्रदत्त ग्यान खेर गो


कुम्लो बोकी म आउने पनि थिए होस्टेमा हैंसे दिन
पुजा गर्न म आउंछु तर पुजा सर्जाम पैले किन
भक्ति ! सुनुहबस् पढाइ अपुरो, पढ्दैछ कान्छो यहा
उसकै ढाल अति जरुरि छ त्यहा अग्रिम पंक्ति महा


पुरा गर्छु वचन् स्वीकार छ निमन्त्रणा हिराको पनि
बाड्नु होस् सबमा खवर गरि दिनोस् आउनेछ चाचा भनि
यो ठुलो रणभूमि नै पनि हुने संकेत पाउछु म ता
आर यस भी पी छ यो बुझिलिनु हवस् न आइ जाउ कता

मातृभूमि

खोज्छन तार हरु घुमी रिदयमा कहा छ मेरो धन
झुप्रा गोठ र पालि आँगन जहा खेलेर बित्थे दिन
रुन्छु धर धरि छातीमा गहकिलो बोकेर माया सुन
पीडा मात्रिभुको बिछोड विरहको थाल्नेछ मनले छुन


चिसो त्यो जलको प्रपात सुरिलो मुहान बाटै तल
मेट्थ्यो प्यास भरेर औंजुली महा अमृत्सरी कलकल
भारि वृक्ष मुनि बिसाई भरिया आनन्दमा शीतल
छाया सेवन गर्न बस्छ खुसीले शरीर लि कोमल


अर्को आउछ बस्छ खेल्न दुइमा बाघ चालको खेल त्यो
खेल्दै हाक उ दिन्छ बिस्व भरमा ओलाम्पिकी जोडीको
कोदाली र कछाडमा घर अफिस मस्तिस्कमा कम्पुटर
थर्काई पहरा निकाली गहिरो घन्काउने फोन स्वर


चारै तर्फ छ प्राकृतिक सजिलो जीवन्त नै पात्र छन्
मेलापात छ खेति पाती सबमा उद्योग ले व्याप्त झन्
पौडी खेल्न म जान्छु काली दहमा क्लोरिन ले शुन्य छ
के ब्यायाम पर्यो र गर्नु उसले आहार ले पुण्य छ


यस्तो जीवन यो छ निस्छल जहा मेरो छ त्यो मातृभू
सम्झु कत्ति म दांजु बिस्व भरिमा जसमा संधै हुन्छ कु
हे नेताहरु हो ! पबित्र जननी बस्छौ धमिल्याउदै
पन्छाउ सब बिकृति विरहका पक्कै म छु आउदै

धरोधर्म !

धर्म के हो कहा बस्छ कहा बास निबास छ
काम यो कसरि गर्छ सबमा किन ब्याप्त छ
प्रस्न यो सुनियो आज व्याख्याता कति छन् तर
जिज्ञासा मेट्न खोज्छु म दिएर प्रतिउत्तर

पानीको धर्म हो बग्नु आगोको धर्म पोलनु
धातुको धर्म हो हेर तताएपछि तातिनु
तातो इस्त्री छुदा हात अधर्मै हो न डामिनु
अधर्म हुन्छ पानीले ओरालो लागि थामिनु

फरक तत्व फरक धर्म सबले मनमा गुनी
हेरौ हामि सुनौ छामौ धर्म के हो भनि सुनी
आत्मा बाटै शुरु हुन्छ नत्र धर्म निराश छ
कुरा गर्छु म आत्माको जहा धर्मको बास छ

दुस्ठलाइ दिई दण्ड प्रजाको हित राज्यमा
दौत्य सम्बन्ध गासेर राज्यकै अबिभाज्यमा
सुख सम्पन्न त्यो राज्य राजाले अनुशासित
धर्म निर्बाह गर्ने त्यो राजा हो परिभासित

पठन पाठन गरि शिक्षा शिष्यले लिन सक्षम
गुरु हो गुरुको धर्म निर्बाह गर्छ भन्छु म
बाबु आमा गुरुतुल्य लालन पालन गर्दछन
आफ्ना सन्ततिको लागि मार्ग दर्शक बन्दछन

तिनको त्यो ठुलो धर्म जाँदैन खेर व्यर्थमा
पछी आफै सुखी बन्छन धर्म हो यस अर्थमा
धर्म बुझ्न भनि कर्म यहा म अघि सार्दछु
जीवनरुपी हलो तान्ने जुवामा जोडी नार्दछु

कर्मको अर्थ हो काम; काम हुन् गरिने सबै
गरिने सब हुन् कर्म न हुने गर्नु हुन्न है
गर्ने काम गरे धर्म हुने भो सब काममा
न गर्ने गरिनु हुन्न ढुक्क भै बस घाममा

पहिल्याउन म सक्तिन टुप्पो र छेउ धर्ममा
धर्म यै हो भनि ठान्छु गरिने जति कर्ममा
कुकर्म गरि हिड्नाले अधर्म हुन्छ के गरौँ
धर्म गर्न कठिन छैन कुकर्म न गरि मरौं

यस्तै छ त नेपाल !

म सुत्छु हाली हिउको सिरानी
बिहिन राजा म छु यौटी रानी
छु देश सिङ्गै कति गर्ब गर्नु
जडिबुटीको छ हिमाल खानि


नदीहरुमा अति स्वच्छ पानि
कुलो खने आउछ खेत जानी
फलाउने छन् फल फूल अन्न
जमीन माटो रस छानी छानी


गुराँस फुल्ने ढकमक्क लेक
ति शृंखला युक्त पहाडी भेक
चिसो छ झरना मुनि ताल् गहिरो
चट्टान भिरमा जसरि छ केक


बनस्पतिका थरि रूप नाना
दिन्छन यिनैले परखाल छाना
आजन्म तिनको उपयोग हुन्छ
पशुहरुको पनि मुख्य खाना

अति छ सुन्दर हिउको पहाड
उ तान्छ घुम्ने हरुको बहाड
सम्हाली थाम्छु थर जात जाति
फरक फरक छन् सब को चहाड


समुद्र सपना सरिको छ मेरो
तराइदेखि मुगलानी घेरो
सुबर्ण नाना थरि द्रब्य दिन्छन
बटुल्छु डुल्दै रमणीय फेरो


छन् दून भ्याली र उपत्यका कि
बिशाल छाती भर गर्दछन यी
अडाउँदै यान बिमान अंगमा
डुलेर ब्यापार ती गर्दछन नि


बुलाकी लाउछु बुकी नै फुलेको
छ केश बाट्दा चउंरी झुलेको
मुनाल डाँफे हरु गीत गाउँछन्
मयुरको पंख अति खुलेको


धिमाल देउडा अनि थारु नाच
भजन र किर्तन अरु नै समाज
कति थरिका म समेटी बस्छु
हर्छन् सबैका मन छामी जांच


नदि र नाला पसिना बगाउछु
बेरोजगारी पहिल्यै भगाउछु
म पाल्छु पेशा कति भिन्न भिन्न
कुमालको पात्र झिकी सजाउछु


ती लेक दिन्छन रसदार स्याउ
उद्योग खोल्नेछु म हेरी भाउ
बन्नेछ नाना थरि पेय सर्बत
सुकाई साँच्ने गरि हेर दाउ


जति म झर्छु तलको बिसौनी
छुर्पी छ दुध्को अनि चीज नौनी
फलाउछु अन्न मलै जलैले
उद्योग गर्ने तिमि आफु हौ नि


तराइ हास्छन् दुइ हात् फिजाई
पसारी गोडा जलले भिजाई
भकारी थापी भर अन्न मेरो
भनि म बस्छु सबलाई गिज्याई

पछ्यौरी मा चन्द्र र सूर्य लिन्छु
निधारमा सिम्रिक बोकी हिड्छु
सहन्न हिँसा अनि काटमार
दुहेर गाइ अरुलाई म दिन्छु


यदि कसैले हतियार ल्याई
बिथोल्छ शान्ति दुख दिन्छ आइ
भने सहन्न प्रतिरोध गर्छु
म जाइ लाग्छु खुकुरी समाई


सिधा सफा जीवन उच्च शैली
कमाइ केवल पसिनाको थैली
लिएर मनमा सबको स्वतन्त्रता
सीमासुरक्षा गरि बस्छु फैली

हिरालाई चिठ्ठी !!

प-हिराको छेउ कसरि खपी लेखुं म कबिता
ख-रानीले जस्तै जिउभरी अतर घस्छु अब ता

क-तारालाई हेर्दै जसरि दहीको स्वाद म लिउ
ब-हिराले जस्तै स्वर पछी मिठो ताल म दिउ

म-सिनोको बास्ना सरि वरिपरी फैलिन गएँ
गु-हार्छु चिच्याई पर पर हिरा बाट म भएँ

च-मेरो हालतमा बसी पसी गुफा सोचुं कि भनि
बि-चार अक्षर कोर्दा पनि मन अझै शुन्य त छनि

प-हाडैको भोजन गरि पछी चुठे पेट भरिने
ब-ताउ जस्तै क्यै हबिगत कुनै डामी मरिने