Wednesday, August 17, 2011

मौका


by Chacha Bihangam on Saturday, June 18, 2011 at 9:33am
पाठशाला संगै पढ्दा ''आइ लव यु'' को नारा दियौ
कलेजमा पुग्दा संधै ''होम वर्क को'' चारा दियौ


केके दिन्छ्यौ भन्ने आशा मनमा छदै थियो
डिग्री पनि भयो अब ''डकटोरेट को'' भारा दियौ


दूरगामी निर्णयको दुबिधामा थियौ हामि
थप्नु सम्म खुशी थप्दै ''लव्ली लव्ली '' तारा दियौ


प्रस्न उठ्यो अब के त गाडी ? बङ्गला ? कि मंटेसरी
गर्नु गर्यौ हदै सम्म ''प्रस्पेरीटि'' सारा दियौ


धोका पक्कै पनि हैन क्लबमा भेट्यौ सेक्रेटरी
हिरा फोर्ने मौका खोज्दा आँशुका यी धारा दियौ

सांसदसुक्त


by Chacha Bihangam on Wednesday, June 15, 2011 at 7:39am
काटी कुटी सकल मिल्छ आफ्नै बराजुको
देख्यो भने झंटि हाल्छ लड्डु तराजुको
कैले हुन्छ मानिस उ कैले जनावर
एक्लो दुक्लो भेटिदैन भाग्छ परपर


टिपी खान्छ, झिकी लान्छ, झ्यालबाट पस्छ
तलतिर झर्न परे एकैचोटी खस्छ
मागी खान जान्दैन त्यो खोसी लान खोज्छ
निद्रा भोक लाग्यो भने हाँगा बिंगा रोज्छ


बच्चालाई सुताउछ झोलूंगेमा उल्टो
हात्ती माथि माउते जस्तै बोक्दाखेरी सुल्टो
निको पार्न खोज्दा उसको चर्कन्छ झन घाउ
आँखाकान संधै भरि पर्खी बस्छन दाउ


बस्न डुल्न रुचाउछ मन्दिर कि बनमा
पढ्न लेख्न कैले पनि सोच्दैन त्यो मनमा
पानि खान जान्दछ उ धारा पनि खोलि
नकल गर्न सिपालुको छैन तर बोलि


जिस्क्याउदा गिज्याउछ बोलि फर्काउदैन
केटाकेटीलाई जस्तो मलाई थर्काउदैन
बनाउदैन आफ्नो घर भत्काइदिन्छ बरु
यस्तै भए पनि बेश फैलियुन है अरु


तर हेर उच्छ्रीन्खल सभासद जस्तो
यिनीहरु न भै दिए देश हुन्थ्यो कस्तो
सांसद र बादरको संयुक्त यो बोलि
पस्किदिउला मिठो लागे अरु पनि भोलि

हावापानी


by Chacha Bihangam on Tuesday, July 12, 2011 at 11:38pm
यौटा कुरा थाहा छ कि काहा हुन्छ धन
हावा पानि दुवै मिल्दा के के हुन्छ भन


हावा छुट्टै पानि छुट्टै आफै आफै हुन
हावा दिन्छ सास फेर्न समुद्रले नुन


जलबायु भनिने यी अति लाउछन् गुन
खाचो कैल्यै हुनेछैन छुन जान्छन जुन


गर्मि देश ठण्डी देश कुनचाहि हो कुन
छुट्ट्याउन गर्मि देशमा फ़ैलाइदिन्छन् घुन

तातो हावा चिसो पार्छन् हिमाल गै छुन
फर्की आउदा चट्टानमा बनाउछन चुन


फेरीजान्छन् फर्कि आउछन् प्रिथ्बिमानै पुन
मानिसले यिनैबाट सिक्यो लुगा धुन


हावापानी न हुदामा पाइदैनथ्यो सुन
हावापानी राम्रो पाए भेडा दिन्छन उन


यिनीबाटै बनेको छ घाटी मैदान दून
स्वच्छन्द भै घुम्छन् डुलछन् थुन्न सके थुन

महादेव बेशी


by Chacha Bihangam on Friday, July 8, 2011 at 10:17am
मान्खु पैरे शिर माथि पहरा र भिर
जोगी डाडा बाट झर्छ खहरेको शिर
अमर्खु र महेश खोला मिलेको दोभान
मादेउ बेशी दुरुस्तै छ त्रिखुट्टी ओदान


पश्चिम पट्टि निकासमा सिम्ले फाट हास्छ
घले गाउ पुछारमा मायाप्रीति गास्छ
सातघुम्तीको रानीबारी पखेर डाडा सिमा
द्याले आपको मुनि बाट झर्नुपर्छ डिमा


मुहानमा साठीमुरे पुछारमा घट्ट
कटरबोट गोठबाट देखिदैन झट्ट
दक्षिण पट्टि घाम तापेर फैलिएको फाट
अक्षते को कुवा बाटै सिम बनेको छाट


महेश खोला पारिपर्छ महादेव थान
दर्शन गरि माफी माग समाएर कान
पोखरा र नारन घाट पश्चिम भेग जोड्ने
थानकोटबाट निस्केपछि सात्घुम्तिलाई छोड्ने


पृथ्बी मार्ग धार्के हुदै जानुपर्छ जाउ
बीच बिचमा बेमौसमको काक्रो पनि खाउ
खोला किनार उतापट्टी लाम्पाटाको डिलमा
दायाबाया साहुहरू पैसा लेख्छन बिलमा


सानो सानो बस्ति बाजार बाक्लिदैछ आज
पेशा भने थरि थरि व्यापारीको माझ
इतिहास उता बोकी बस्छ संग्राम टार
बाढीबाट ठुलो क्षति सम्झाउछ एघार


खेति हुन्छ उखु गहुँ पिडालु र धान
फलफुल मौसमको पाइहालिन्छ खान
गाइ भैसी बाख्रा पाले माछा खोलैमा छ
सोध्न मन लाग्छ मलाइ को को त्यहा गा'छ

गाउ मान्खु पैरे


by Chacha Bihangam on Sunday, July 3, 2011 at 2:06pm
धादिंग जिल्ला गोगन पानि गाउ मान्खु पैरे
मान्खु पैरे छुट्टयाउने सीमा खोल्चो जैरे
काठमान्डौ को घाटिबाट ऊकलेको मान्छे
भिम ढुंगा बाट ओर्ली तल तलै जान्थे


खोला तर्दै आँगन छिर्दै नागबेली घुम्दै
पिप्लामेट मुखमा हाली रमाएर झुम्दै
डढुवा को उकालोको फेदी सम्म पुग्दा
घाटी मुख सुकि सक्थ्यो आउदैनथ्यो थुक्दा


बाल्य काल स्कुले केटो खुट्टी साना साना
उकालोले सातो लिदा मनै रुने नाना
एकै छिन चौतारीमा थकाई मार्ने मन
हुदा हुदै हिड्न पर्ने कति गाह्रो झन


घाटी सुक्यो पानि छैन खुर्खुरे त्यो डांड़ो
सर्किनिको चौतारोमा थकाइ मार्न चाडो
पुगी बसौ भन्दा भन्दै घाम् ओइलायो हेर
जिबन्पुर पण्डित पौवा केबलपुर् छ धेर


तेर्सो बाटो बल्ल बल्ल आयो अब भन्दै
पारि पटि सात्घुम्तिको मोटरगाडी गन्दै
पैरे घर पुग्ने बेला झम्मक्क भो साँझ
सिंगै दिन बिताएर आमा बा को माझ


दशैँ आयो तिहारको रमझम छायो
पन्ध्र दिने छुट्टी हुदा मनयो रमायो
आइस् बाबु कति पढ़िस के छ तेरो हाल
सबै जना बुझ्न खोज्ने खेली खाको चाल


गाउ घर साथि भेट्न भित्र मन देखि
कैले पुगी भेटौ भन्ने कौतुहल लेखि
बल्ल बल्ल घर पुग्दा पढाइ को कुरा
दिक्क लाग्ने कस्तो बेला सबै हामि भुरा


खेली खायो मस्त संग पन्ध्र दिन सम्म
फर्की जाने बेला भयो जिउ हुन्छ झम्म
थाल्नु हुन्छ आमा अब के के लान्छस् भनी
मस्यौरा र गुन्द्रुकको पोका गनी गनी


खेतीबाट आउछ तेल भैंसी बाट घिउ
लिएर जा सखर्बेसार बिग्रदैन जिउ
चामल् कति हालिदिउ फेरी आउने कैले
दहि दुध टन्न खानु हिड्नु भन्दा पैले


भन्दा भन्दै पोको बाध्दा डोको जत्रो भयो
कसो गरि बोकी लानु देख्दै सातो गयो
सात बर्षको फुच्चे केटो भारि आठ धार्नी
कूम्मा भिरी हिड्नु पर्दा छिन् छिनमा सार्नी


सारै ठुलो भयो पोको पाइन्छ कि कोइ
सखर बेच्नजाने कुनै भेटिन्छ कि खोइ
तल्लो बाटो जानुपर्छ धार्के खानि खोला
थानकोट सम्म पुग्न पाए ट्रक पाइन्छ होला


लटरम्म धानको बाला दाया बाया झुल्छ
मुन्सिर मा बारी पाखा तोरी फूल फुल्छ
दाइँ पछी शुरु हुन्छ उखु पेल्ने काम
डण्डीब्यो र कुस्ती खेल्न प्यारो लाग्ने घाम


जाडो भरि स्कुल छुट्टी मिन पचासको
छाप्रो भित्र सुत्न पर्छ सिरक कपासको
शुरु भयो उखु पेल्न गोरु धपाउ कान्छो
सारै मिठो लाग्ने गर्थ्यो सिल उनेको माछो

बार्थन चौर गोठालोमा कुस्ती खेल्ने ठाउ
पण्डितको कान्छोको छ जिताहामा नाउ
डिहिमा छ गोठमुनी कटरको रुख
दिनभरी उखु हाडे चपाउन के दुख


महेश् खोला भ्यांग्ले मुनि परेको छ ताल
दनुवार आइ संधै फ्याक्ने गर्छ जाल
साझा हो त्यो गोठालाको पौडी खेल्ने ठाउ
सार्है साना जान हुन्न साथ लाग्छन् बाउ


सम्झना त्यो आउने गर्छ जनै बगाएको
साथि हरु मिलि मलाइ झन्डै डगाएको
दुख परि डर लागे बचाउने साथि
सुनामी नै आए जस्तो लाग्ने त्यस माथि


गायत्री र जनैसुत्र ब्रतबन्ध पछि
बाधिएर बन्नु हुन्न मान्छे सर्ब भक्षी
कडा नियम् मान्नु पर्ने बालमस्तिश्कमा
सातै जान्थ्यो बोझ ठुलो बोक्नुपर्दा कांधमा


त्यस्तै गाउ त्यस्तै ठाउ घर परिबार
कल्पनामा गासि गासि खाइसके हार
फेरी आए हुन्थ्यो तर यस्तै भएपनि
बाल्यकाल फर्काएर गरि देउन जनि


सुख दुख दाजी ल्याउदा ऐले सुख टन्न
तर मन उतै जान्छ त्यो पो सुख भन्न
थाक्दीन म बाल्यकाल बर्णन गरि गरि
सिद्धिले त भनेकै हुन् तर गए मरि !

भोटे सेलो


by Chacha Bihangam on Saturday, August 13, 2011 at 11:28am
पाठकबृन्द !
घुमी फिरी येस्पाली पनि जाईजात्रा पर्व ढोकामा आइपुगेको छ / यो पर्वमा केहि बिशेष आकर्षण
सहित देखा पर्नु कुनै नौलो कुरा होइन /बिगत तीन बर्ष देखि नै चली आएको कलम यो मौका मा येस्पाली पनि केहि
भिन्नता साथ मनोरंजन गराउन चाहन्छ पाठक हरुलाई / तर यहा प्रयोग गरिएको शब्द बा भाषा ले भने कुनै जाति बा
भाषालाई न छोइकन स्वमुर्त रुपमा आफ्नो मनबाट प्रस्फुटित भएका हुन् / सन्जोग बश व्यक्ति बा शब्द संग तादात्म्य
मिल्न गएमा त्यो केवल सांयोगिक मात्र भएको बुझ्नु पर्नेछ /
प्रस्तुत छ यौटा यौटा गित भोटे सेलो लयमा:-

आजुल च्याम्बुल स्यान्स्यान्ग्दी
दोर्माल मि खारि तिम्लान्ग्दी
स्याबा स्युमारी खुम्लाबा
घोर्लांग त्रिप्ते मिर्लावा


चान्ग्जुंग चिंगटो फेलान्ग्री
प्रात्पुत ढ्याङ्गो अचलान्ग्री
मेला तिमरी पुन्टारी
लासोम उम्ब्रे खेलारी


आदन ट्याम्पा उदारे
सिमरांग बांगो भूदारे
ढांम ढिम करसो बन्सादै
मन्मांग स्याप्पो बिनादै


कुरकुर कुम्बा हिमालरी
चुनारी गुम्बा मार्स्यान्ग्दी
पैला पावा मुस्तान्ड़े
बिरबल बाबा घुमरान्गे

बिस्वेस्वोरला तरपनदि
कांग्रेस बोक्ला खर्पन रि
पार्टी पुर्टि टांग छिरी
सात साल क्रान्ति चिर्बिरी


बागमती बाग्ला आचिरो
भट्टला काम्मर भाचिरो
बिस्व साम्पादा मासियो
हाकिमला ऑइलान गासियो


मावोला बादन सेतुन्गो
हेडला पगरी दे भुंग्रो
अदल काडा ट्याक्केरि
मास्टरला छाम छुम छिनेरी


खन खण चालाम् मत्यान्ग्रो
झाल नाल गाला चट्यान्ग्रो
माझि क्न्फुस बक्बासो
सेइस भिल्ला डुबलासो


चिउला च्यांग्रो तिब्बत घ्यांग
खासारी पानथो बुर्तिबांग
हाडरि छाला निर्धनलांग
मोट्रा घाट्रा प्राचांडांग


आबा खावा विदेशमांग
देशला कङ्गाल भुटिभांग
नाता गोता लाख पाखांग
सूंघरी घ्युरो हातरी छांग


अर्थ न बर्थ गोबिन्द गाइ
निधार टिकुली गोडमा लाइ
कुरला कामरेड झुस्दारी
सम्बिधान पांग्रो फुंटारि

ख्याप्पा खुइयाला कालान्घ्री
युवाला नेटो काटान्घ्री
भान्टांग भुनटुन्ग भोक्लासे
अनुराधा काप्रो टोक्लासे


मेलम्ची आँखा चिम चिम्लिंग
जुद्ध साम्शेर्ला टालोमा हिंग
कोदारी चाइना ढलपलरी
दुर्लूंग काभ्रे टिपटापरी


नयाधीशाला भाषाला क्वांग
माधब ला शाला क्ल काट्यांग
विद्याला ओली उपर ट्यांग
राम राम बाबु झुस खौरांग


ओल्टयांग पोल्त्यांग एन जी ओ
ख्याप्प्लाक्क भुंडी झुण्डियो
खोप्लांग गाला भुक्कैलांग
देशला बिकास ट्र्यु मुग्लांग


चल्ला जुन्गो कुर बुझ्लांग
कुक्कुर पुच्छो बांगै बांग
गाँड ला तन्त्र ताल्चारी
झन्डै झन्डा खुस्कारी


आर्थ न बार्थ गोबिन्द गाइ
माया गार बि . चाचालाई
आर्को जात्रामा भेटुला हाइ
आइहिले जान्छु बिदा भाइ

१३ अगस्त २०११,
जनै पुर्णिमा
भर्जिनिया.

जादा जादै एउटा पेरोड़ी(Lampoon)

गाई जस्ती सोझिलाई खोजि रोजी किन
जात्रा भन्ने मात्रा जोडी काउ कुति लिन
मानिसले चलाएको रिति रिबाजले
मख्खै पार्छ गाउबाट, हेर्न आउछ घले


बिग्रिएर भत्किएको जति सबै कुरा
राम्रै भएपनि त्यहि न हुदामा पुरा
मात्रा थप्दा मात्र हैन झिकी लिदा पनि
जात्रा भनि भन्दारेछ्न उठ्छ हाँसो अनि


गाइजात्रा त्यो हुने गर्छ के के गरि भन
गनी साध्ये छैन हेर बिचार गर्दा झन
जे बिग्रन्छ त्यहि जात्रा न भएर त्याहा
सधैभरी गाइजात्रा किन भाको याहा


भीरबाट भैंसी लड्यो गिदी छताछुल्ल
दौडी दौडी हेर्न गयो रणे रनभुल्ल
फर्की आइ घरमा भन्छ गाईजात्रुई भा'छ
गाइजात्रा नै हुनुपर्ने भैंसी जात्रा काँ' छ


श्रीमतीले छानी छानी सारी चोली लाइन
दिदि कस्ती भइन भन्दै बैनी हेर्न आइन
कुर्कुच्चा त छोपेनछ सारी माथि गा'छ
गाइजात्रा नै भयो भन्छिन सारिजात्रा काँ' छ


आविस्कार नया नया खोज थरि थरि
नौलो फेसन निस्क्यो हेर जात्रै हुने गरि
अनिता र विनिताले कट्टु लाको हेरे
अचम्म भै जिभ्रो टोक्छन् गाइजात्रा नै भो'रे


गाउबाट भिड लाग्न आए सभासद
कोहि होचा कोहि अग्ला थिए पुड्का कद
देश प्रेम झल्काउने तीव्र इच्छा उनको
कालो चस्मा लगाएर घडी लाए सुनको


मायामोह टाई माथि लाउछु भन्दै लाए
दौरा माथि टाई भिर्दै गित गुन्गुनाए
यसलाई पनि भनु अब गाइजात्रा नै है'त
सुट बाट बसै सर्दा टाई जात्रा खै 'त


देश भयो भताभुंग लाखा पाखा सबै
सुर्खेतबाट डोको बोकी तर्न लाग्यो बबै
झिटी झाम्टा डोको भरि कुखुराको कोक्रो
बिचमा खुट्टा धर्मरायो पेट थियो खोक्रो


थाप्लोबाट डोको फुस्क्यो बबै खोला भित्र
दाया बाया सबै थिए डोको बोक्ने मित्र
कठै बरा ! सबै भन्थे भयो गाइजात्रा
रमिता भो वरिपरी खै'त देशजात्रा

जय नेपाल !

नेतोपदेश

by Chacha Bihangam on Sunday, August 7, 2011 at 10:06am
नेता भन्नु गुरु भन्नु बाबु -आमा बराबर
म नेता मात्र हुँ भन्नु कसरि ठीक हुन्छ र
देशको हितमा नेता छात्रका हितमा गुरु
बाबु-आमा पनि गर्छन् जसरी घरमा शुरु
गोठमा जसरि गाइ, भैंसी, बाख्रा, खसिहरु
आफ्नै आफ्नै थलो बारी मिलि बस्छन् उनीहरु
नेताको स्थानमा मान कामले मात्र पाउँछ
जनताको भलाइमा बुद्धि जसले चलाउँछ
सृजना गर्न नेताको प्रेरणादायी को थिए
इतिहास, परिपाटी सद्बुद्धि कसले दिए
भ्रस्टाचार ,अहंकार लुटपाट सबै छुट
देखेर मनमा आँट आयो कि भिर्न त्यो सुट
लालची मनमा लोभ नाता मात्र रिझाउने
स्वार्थ पुरा गरि आफ्नो अरुलाई बिझाउने
आस्वासन दिदै झुटो म गरिदिन्छु लौ भनि
न हुने काममा बाचा कबुल गर्दछौ पनि
स्वार्थ पुरा भए मात्र अघि बढ्छौ तिमि यहा
नत्र काम झुलाएर भोलि भन्छौ तिमि त्यहा
बधु हैनौ बधु शिक्षा किताप खोजि पढ्नलाई
सेवाको भावले मात्र चेतिन्छ अघि बढ्नलाई
बढाई योग्यता आफ्नो आदर्श र असल बन
नेतृत्व अनि पो तिम्रो मान्य हुन्छ नि लौ भन