पुतली
by Chacha Bihangam on Thursday, June 23, 2011 at 6:42am
आमा घट्ट गइन बुबा पनि कता बाख्रा फुकाईकन
बस्नु घर कुरदै भनेर ढीकीमा साँचो लुकाईकन
खोपामा दही भात छोपी दिदीले राखी दियेकी छ रे
खेल्नु खानु घरै बसिरनु तं है छिट्टै म आऊंछू भरे
गाउको छ पुछारमा घर धुरी बेशी नजिकै छ नै
बेशिकै डिल बाट कलकल गरि बग्ने त्रिशूली बनै
ढुंगा को पहरा वरिपरी घुमि ताल बन्छ पानी जहा
गर्मीका दिनमा अहा! कति मजा मन भन्छ पौडू त्यहा
यो मौक़ा घरको भएर एकलै उंघेर बस्नु किन
बिर्खे, च्यांनटी र कांछीको संगमहा म खेल्छु एकै छिन
भन्ने यो मनमा लिएर पुतली घरबाट निस्की गई
खोज्दै घर्तिरबाट बेशी झरदा ताल्मै उ पुग्दी भई
खेलौ पौड़ी सबै मिली कन भनी सल्लाह गर्दा भये
पांच बरसै मुनीका थिए तिनिहरू नाँगै ति ताल्मा गये
हाहा ही ही गरि डराई नदीको चिसो जलैले छुदा
निधर्क्कै मनमा स्वभाब स्वरूपी ति बाल्यकाले हुदा
खेले मस्ति गरे र औंजुली भरी छ्यापेर पानी मुनि
डुब्दै फेरी उठेर हेर म त भनी उत्रेर बोली ,सुनी
चिंता छैन सिबाय खेल्नु र संगी हरु बटोल्नु अनि
हास्नु किलकिल मारी, भाग्नु दगुरी भेट्टाऊ मलाई भनि
भोकै लाग्यो अनि झलक्कघरको यादआउन थाल्ने मन
मनको भित्र अलिकती डर पनि छूने हुदा लौ भन
निस्की पोखरिबाट झट्ट पुतली बिर्सेर भोटो लिन
कुद्दै घर्तिर फाल हानि बिचरी बिर्सेर साथी बिन
फर्किदा घरमा उ आइ पुगी लौ आमा संगै उ पसि
नांगै बस्त्रबिहिन गालि उसले आमाको सुन्दै बसि
Saturday, June 25, 2011
डब्लु .भी . बृन्दाबन
डब्लु .भी . बृन्दाबन
by Chacha Bihangam on Sunday, June 19, 2011 at 6:15pm
पश्चिम भर्जिनिया अबस्थित थलो ब्रिनदाबनै नामको
तिर्थस्थान छ हेर सुन्दर पुरी सम्पूर्णता धामको
बृन्दाबन बनमा छ मन्दिर हरि-याली अनि जंगल
जंगलको बिचमा रचाई मन-मोहन को शिला मंगल
राधाकृष्ण भनेर जोडी दुइको संयुक्त मुर्तिहरु
गोस्वामिहरुको मिलाई क्रमले मुर्ति रहेका अरु
छेवैमा छ तलाउ एक गहिरो वरिपरी वृक्ष छन्
नाच्ने पंख फिजाई ति मयुरका ताँती पनि बस्दछन्
गाइ गोरु र हात्तिको पनि ठुलो मुर्ति बनाइवरि
क्रिडा हंसहरु रमाई घुमने तलाउमा दिनभरि
पूजा साँझ बिहान को पनि भजन गाएर नाच्ने प्रथा
मन्मा शान्ति हुने अचम्मसंग लौ बसेर सुन्दा कथा
बस्नु रात बिताई एक लजमा भोजन गरि सात्विक
जाड रक्सि मदिरा त बर्जित छ नै न गर्नु क्रिडा दिक
घुम्नु डुल्नु छ माथि बाग छ ठुलो गुलाब फुल्ने जहा
गौशाला पनि एक गाईहरू नै छन् पालिएका त्यहा
गोलो वृत्त खुला छ गुम्बज सरि मन्दिर सुनौलो त्यहा
संख्यामा एकतीस झ्याल हरु छन मयुरी झ्याल् चार जहा
यौटा झ्याल बन्यो जडी जडी शिशा संख्या भए डेढ हजार
भित्तामा भुइमा छ मार्बल खरी ढुंगा छ छाप्या बजार
झाड फानुस ठुलो छ भित्र हलमा फ्रान्सबाट आयातित
डेड सौ बर्ष भयो पुरातन भनि भन्छन ति कर्मी मित
राजस्थान महा छ एक बुझनु दिल्बारा जैन मन्दिर
गर्छन त्यै संग हो बराबर भनि दाजेर ''आबु'' तिर
यस्तो सुन्दर धाम यात्री म हुँदै यात्रा गरि फर्कदा
बाटोमा कबिता रचेर अहिले पस्कन्छु दिन घर्कदा

कचहरि
कचहरि
by Chacha Bihangam on Saturday, June 11, 2011 at 9:46am
जिम्मल्को घरमा बस्यो कचहरि भेला ति पन्चे भए
मुद्दा सानो थियो, भयो तर ठुलो होला कि धनकै जय
पन्ध्रै बीस जति थिए धुरीहरू त्यो गाउको ठाउमा
दुइ घर छाडी सबै थिए खसहरु ठुला बढा नाउमा
कामि एक धुरी दमाइ शिपको छानेर गाउ जुटी
त्यो गाउ भरिमा कमाउन भनि आरन बनाए कुटी
खेति बारी र बस्तु पालन अनि बन्पात दाउरा चुलो
चाहिने व्यवसायको पनि सबै खनी जुटाए कुलो
मेला पात र पर्म गाउभरिमा ज्याला कमाउनेहरू
जिम्मावाल पुरेत मुख्य ति भए बाकि यजैमान् अरु
बोलि धाक रवाफ बिष्णु हरिको गाउमा प्रसंसा बने
गर्थे न्याय निसाफ हेरी निमुखा श्याबास सबले भने
छोरा नातिहरु सबै घरभरि आफु प्रियाले हिन
चिन्ता एक थियो उनिकन यहा एक्लो भयो जीबन
दैनिकी उनको छ नित्य प्रभुमा पुजा र आराधना
गर्दै पुस्तक फोई काट्नु दिन त्यो विरक्तिको सामना
आगन्तुक हरु आउछन समयमा सत्संगतै खातिर
व्याख्या शास्त्र र सेब्य आचरण को गर्छन भई हाजिर
कामि आरनको कमाइ गरदै बस्थ्यो उ छोरी लिइ
हुर्कायो एकलौटी छोरी उसले स्याहार चासो दिइ
घरको काम सगाई हुर्किन गई खेल्दै बनि यौबना
घर घरको हसिया चुलेसी बटुली रमाउथी निर्धना
कामको चाप बिशेस खेति रहंदा त्यो सुन्तलीको भर
आउनु जानु सधै बराबर हुने जिम्मल बढाको घर
पुस्तक बन्द गरेर नाक डिलमा चस्मा चढाई झुकी
आँखा माथि उठाई सुन्तलितिरै ति भद्र हेर्थे लुकी
मनमा बिझ्छ चसक्क यौवन पछी फर्केर हेर्दा तर
सीमा पार भयो समुन्नत भई यो दुखको के कर
गर्छु म उपभोग सुन्तली अबै भन्ने इरादा लिइ
मौका छोपी ति षोडशीकन उनि भन्छन इशारा दिइ
राम्री धेर भईस हुर्कीइ बढीस् मेरै अगाडी यहा
लाज मान्नु किन भन् छछैन घरमा पिठो र चामल त्यहा
बढ्दै जान्छ समुन्नती दिनदिनै चुलिन्छ त्यो एकदिन
झर्नै पर्छ पतन भएर विधिको नियम छ रे भन्छन
शंका गर्न हुदैन जिम्मल ठुला यो गाउका रक्षक
सबका मान्य उनि भए पतन लौ को भन्छ हुन् भक्षक
एक्लो बास बसरे गाउ डुलदै सन्यासी बस्थ्यो कुनै
फुक्दै कान दिइ प्रलोभन ठुलो कबोल्न लाउछन् उनै
सन्यासी अनि सुन्तली दुइ बने गाउभरिको कथा
मनमा पालि बसे ति जिम्मल पनि धन्ले जितेको व्यथा

बाताबरण दिवसमा''एक सबाई''
बाताबरण दिवसमा''एक सबाई''
by Chacha Bihangam on Sunday, June 5, 2011 at 1:51pm
सुन सुन पाँच हो , म केहि भन्छु
बाताबरण दिबसको सबाई कहन्छु
अन्धाधुन्ध प्रिथिबिमा मानिसले चैन
गर्न खोज्दा यस्तो हुन्छ भन हो कि हैन ?
बुझ्नु पर्छ खाँटी कुरा कस्तो असर पर्छ
विज्ञानले बासस्थान लाइ हेला गर्छ
दुइ हजार एघार , मैना मे को दिन
बाइस हो तारिख , आंधी आयो लिन
मोंतानाको शिरमाथि उत्तरतिरबाट
तातो हावा मिसिन गो परै थियो फाँट
टोरनाडो ले लियो रुप कैले कहिँ आउछ
आएपछि हेर भाइ प्रलय मचाउछ
चौसथ्ठिका''बिग्ले'' भन्छन् मेरो केशपाक्यो
इएफ़ 5 हो माप यसको,दस माईल ढाक्यो
हस्पिटलको छाना च्याति गारो भित्ता ढाल्यो
वाल मार्ट को सामान जम्मै एकै ठाउमा फाल्यो
के के लग्यो कति लग्यो भनि साध्य छैन
मानिस नै कति लग्यो खोज्दा पाइदैन
घर पालुवा जनावर चरा चुरुंगी र
रुख बारी बगैंचाको पात पतिंगर
मोटर गाडी साइकल् , ट्रक घरको छाना भित्ता
जगैदेखि उखेलेर फ्याकिद्यो बेपत्ता
आकाशमा कालो मुस्लो ढुंगा मुढा जे छ
माथि लागि एकै ठाउमा फेरी फ्याकी दे छ
कठै बरा ! जे जे थियो जहा जहा थियो
सोहोरेर उखेलेर युद्ध मचाइदियो
धन जन जिउ ज्यान कसैको रहेन
हाहाकार मचाइदियो सुरक्ष्या भएन
भुवरीको गति थियो सयेभंदा माथि
चार पाचौटा एकै ठाउमा मिसियो न जाति
गति बन्यो दोब्बर झन्डै बिनासको लीला
सबैलाई सचेत पार्न भईहाल्यो ढीला
खवर पढ्नु पत्रिकामा टि.भी पनि हेर
बिनासको पल्लो छेउ जोप्लिनमा धेर
हराएका जन धन भेटिदैनन काही
रुन थाले बाचेका ती नातेदार चाहि
यस्तो नास बिनासको पैले देखिएन
मोजौरिले भोग्नु पर्यो सेकेन्ड रोकिएन
हल्ला थियो सन्सार नै ध्वस्त हुन्छ भन्ने
खतम भयो जोप्लिन शहर बाकि बचे धन्ने

Saturday, April 30, 2011
मनुस्य चोला
जन्मियो कि फस्यो चक्र ब्युहमा जीवानान्तर
भुबरितुल्य सागरमा डुंगा झैँ घुम्छ यो नर
मलमुत्रादिले ब्याप्त भोक तिर्खा सहिष्णुता
तातो चिसो र ब्याधिको घर नै बन्छ देह ता
लम्पसार छ पृथ्वीमा बाल्यकाल बिताउदै
प्रतिकूल सहि बस्नु नियतिले सताउदै
चल्दैनन् अङ्ग प्रत्यंग आफ्नो काम समाउन
देखेका बस्तु ति के हुन् उ सक्दैन ठम्याउन
आशामा अरुकै खालि भर पर्नु छ केवल
शिशु भै बाच्नु पर्दाको दुख भोगाई पल्पल
बिताई कति दिन यस्तो बल्ल टेकी घुडा जब
उठेर दौडु कि भन्दा बामे सर्ने भयो अब
हेर्छ देख्छ सबैलाई उफ्री उफ्री खडा हुँदै
दौडेका अनि त्यो घरमा भरेंग पनि उक्लंदै
मनले भन्छ झम्टेर अगाडी उसको बढौं
तर के मान्छ खुट्टाले उठ्न खोज्दै कति लडौं
बल्ल बल्ल बिताएर यस्तो यो नर शैशब
प्रवेश गर्छ केटा बा केटीमा हुर्कैदै जब
खेल्न खानु अनि सुत्नु निद्रा भोक हटाउनु
साथीको संगमा बस्नु मन लाग्छ रमाउनु
तर त्यो स्कूल भन्नेले दुख दिन्छ निरन्तर
किताब भारि त्यो बोकी हिड्नाले हुन्छ अन्तर
गुरुको धम्कि त्यो ठुलो बाउ आमा रिसाउने
स्वन्त्रन्त्रता कहा पाउ मन्को बोझ बिसाउने
रिति नै सबको यस्तै थाल्छु मन बुझाउन
बुझ्न थालें सबैको यो मनस्थिति कजाउन
यस्तै गर्दै पढी बढ्दै बल्ल हुर्कें बिते दिन
अब ता मन यो थाल्छ युबतिमा रुची लिन
मन यो गर्छ कोहि होस् माया गर्ने कि मै गरूँ
घरमा अरु कोहिले थाहा पाए म नै मरुँ
लुक्दै चोर्दै जवानी यो हुत्तिन्छ खै भबिष्य के
कसरि हुन्छ निर्बाह खुट्टा चिप्लिन जान्छ हे
दिशा निर्देश को दिन्छ बाबु आमा म मान्दिन
मनमा बस्छ जो मेरो अरु कोहि म जान्दिन
शिक्ष्याले दिनुपर्थ्यो जे सबै गर्छन् कहाँ पुरा
म मेरो भाग्यलाई नै थोपिरिदिन्छु त्यो कुरा
यसरि नै बिताएर जवानी भरको रिन
बोझ संसारको बोकी सहन्छु दुखको दिन
यहि हो नियति भन्दै मन मेरो कराउछ
पश्चाताप कति गर्नु होश मेरो हराउछ
बटुलीन्छ यहा नेर जिन्दगीको अनुभब
बेलैमा सबले थाहा पाई राख ल है अब
संसारभरमा कत्ति आउदै जादै चराचर
घुम्छन् यै रीतले हेर तिम्रै छ दृस्टी गोचर

गजल
राजनीति बिबेचना गालि नै गालि देख्छु
मन्त्रीपद सभासद जाली नै जाली देख्छु
देशको भाग्य लम्कियो कता कहाँ छ प्रसासन
वरिपरि भरौटेको तालि नै तालि देख्छु
को छर हेर्ने जन्ताको गास बास र कपास
समाई कुर्सि बस्नेको लागि छाली नै छाली देख्छु
पर्यटकलाई घुमाइ कतै देशको कथा सुनाउ भने
फोहोर थुप्रो वरि र परि नाली नै नाली देख्छु
गाउ र बेशी डुलेर कति पसिना बगाएको
सम्झना आज फर्काउँ भने बालि नै बालि देख्छु
कस्ता दिन गए यस्ता दिन आए भन्छ यो ''चाचा विहंगम''
गाउका भेना लाहुरे सबै शालि नै शालि देख्छु

रामनवमी
भारत्बर्ष भनेर भारत महा नामले थियो ''कोसल''
कोसल को पनि राजधानी उहिले उत्तर प्रदेशको बल
राजा एक थिए रजाइ गरने पुरी अयोध्या महा
नाम उनको दशरथ दिशा दस तिरै प्रख्यात हुन्थे जहा
राज्यै उन्नतिको पुग्यो शिखरमा राजा प्रजाबत्सल
प्राणि देखि लिएर राज्यभरिमा कोइ हुन्नथे दुर्बल
यस्तो चैन अंगाली आफु र प्रजा बस्थे बिताई दिन
यौटा पीर थियो तनाब मनमा होला र साचै किन
रानी तीन थिए तथापि उनमा आफ्नो पहुच बाहिर
मनमा ताप सधै बसिरहन गो घोची रहन्थ्यो तिर
सारा राज्य सुखी प्रजा पनि सुखी सबै चराचर सुखी
के होला त्यसतो भयंकर कुनै राजा रहन्थे दुखि
त्यो सुख् के सुख हो नि सन्तति बिना रानी तिनौटी हुदा
बस्थे ब्याकुल शोक विह्वल बनि पुंसत्व लोक्ले छुंदा
बारम्बार सधै उनिकन निकै ठानेर एक्लो भनि
रावण दक्षिण बाट छल् कपटले खोज्थ्यो नि मौका पनि
लंकाको गरि राज्य दानव हरु रिझाई बस्थ्यो उ ता
मौका हेरी ऋषि मुनिहरुकनै खुब दुख्ख दिन्थ्यो यता
यस्तो चाल गरि भएन ब्यबहार कस्तो सुखी भाग्यमा
भन्दै ति गुरु जो बशिष्ठ एकदिन आउँदा भए राज्यमा
राजा सुन्नु हवस् उपाय त कुनै गर्ने पर्यो आज है
सन्तान को सुख भोग मिल्छ कि कहि भलो कुरा स्वर्गमै
अर्थ्याए ऋषिले छ यज्ञ कि कुनै ति अग्निहोत्री संगै
जान्छु गर्छु बिचार सन्तति हुने आज्ञा म पाउ अबै
भन्दै छलफल भो दुइ बिचमहा निष्कर्ष भो यज्ञको
बिष्णु ले पनि ध्यान दि प्रिथिबिमा हालत बुझे विज्ञको
त्यो यग्यै ऋषिको बचाउन पनि कर्तब्य उनको मनै
प्रादुर्भाव भए लिएर बटुकी खिरले भरेको कुनै
भन्छन कि खिर यो ति रानी तिनमा बाँडी बराबर दिनु
सन्तानको बरदान यो भई गयो उपाय जानी लिनु
राजाले पनि त्यो खुशी अति भई बाडी दिए पायस
कौसल्या तीन रानीमा प्रथमले जन्माई पाइन् यश
ति हुन् राम पछी गएर बनबास् लिला अनेकौ गरे
रावण मारी बिनासी दैत्यकन सब सन्ताप लोकको हरे
जसको जन्म दिवस छ आज नवमी श्री रामका नामले
जानी राख्नु भविष्यका पिढी हरु सम्झिरनु ज्ञानले

Subscribe to:
Posts (Atom)