(एउटा भंबरा
रस लिनको लागि एउटा
कमलको फूलमा गएर बसेछ/
भखर फुलेर मदमस्त भएकी
ति अति सुन्दरी फुलको रस
चुस्दा चुस्दा त्यो भंवराको
इच्छा तृप्त हुनुको सट्टा
अतिलग्गु बनेका कारण
फूल छोड्न न मानेर
पुरै दिन बितेछ/
त्यसपछि रात पर्यो र
बिस्तारै बिस्तारै आफ्नो
स्वभाब अनुसार
त्यो फूल चाउरिदै
गएर ठ्याम्मै बन्द भयो/
फलत: त्यो भंवरा
फुल्भित्रै कैद भयो रात भरि
अनि बिहान उठेर भन्छ कि :-)
तिम्रो मीठो रसभरी मधुले लट्ठ पार्यो मलाई
छोडु छोडु भनिकन कति आंट गर्दा लडाई
मेरो यौवन घरि घरी चुसी मात्तिएकी तिमीले
जेलै हाल्यौ थुनिकन मकनै लाज मान्यो जिमीले
उल्टै आफ्नो गल्ती महसुश न गरि
फूललाई मात्तिएकी भन्दाखेरी फूललाइ
पनि रिस उठेर भन्छिन कि :-
मेरो जीवन अति सरल हुदै हुन्छ आखिर कठोर
भोग्नु शारीरिक गति बिधि मातिदै मात्र हो र ?
गल्ति मेरो कति पनि यहा देखिदैन जनाव
तिम्रै लोभी रस बटुली लिने बानि नै हो खराब
मेरो श्रीसटि अझ भनु भने श्रीसटिकर्ता उनैले
भन्छन् हेर्दै मन र नजरले भोग्नु राम्री हुनैले
बस्छु सबको मन महलमा ठाउ छानेर ऊंचो
बाहु बाँधी किन त्यसरी चुस्यौ बानि तिम्रो छ छुचो
अनि भंवरा भन्छ:-
तिम्रो यौबन मद भरिएको मात लाग्ने रहेछ
थोरै थोरै गरि गरी पिउदा लट्ठ पार्ने गरेछ
पाशो जस्तै भ्रमण पथमा फस्छ कि कोहि भन्दै
पाउडर लाली अनि सिन्दुर टिका सोह्र सिंगार गन्दै
बस्छ्यौ बाटो कुरी कुरी ढुकी फस्छ जो कोहि हेर
गल्ति मेरो कसरी हुन गो, बैंश जानेछ खेर
यो सुनेर फूल ले आफ्नो जवाफमा भनिन :-
हेर्नु भोग्नु फरक छ कुरा हेरी आनन्द लिन्छन्
मेरो शैली प्रकृति र बनौट हेर्न मात्रै हो भन्छन्
हिलो गदगद मसी भरिएको पोखरी माझमा म
जन्मन्थे नि किन सहज रुपले नत्र बाच्थे कहा म ?
देख्दैनौ के सगिनी रुपबती नाम उनको गुलाब
कांडे झांग्मा लुकी लुकी नबसे पारिदिन्छन् सखाप
भंवारा भन्छ :-
संसारै यो बिबिध रंगले भोग्नलाई बनेको
आफ्नै स्वाभाविक प्रकृति सबको सुन्छु हुन्छन् भनेको
बन्दै रानीसरि रुपबती झ्यालमा झुल्किएर
बस्दा मेरो मन पनि त्यतै तानियो झुक्किएर
यौटा सानो अनुनय पनि पेश गर्छु म जान
श्रस्टा भन्छन् रस लिन निहुले गर्नु अर्को छ दान
भवरा भन्दै जान्छ -(लय परिबर्तन)
बुझ्नु है तिमीले कसोगरिकनै सन्सार यो चल्दछ
फुल्दै फूल बनेर बीज पछी त्यो रुखमा फलै फल्दछ
तिम्रो त्यो जिउको बनौट अति नै कोमल्र र नाजुक हुदा
हुन्छ्यौ सक्षम श्रीश्टि थाम्न तब पो पराग्ले योनी छुदा
त्यस्को लागि प्रिये ! मलाई विधिले सुम्पेर यो कर्मको
मेरो बर्गमहा अनेकन अरु जिम्मा दिए धर्मको
गर्छु पालन धर्मको घुमिफिरी रसमा अति लोभी भै
घुम्दा जीवन धान्न यो प्रतिक्रिया तिम्रो पनि हुन्छ है
प्राणि हेर कति यसै जगतमा बस्छन यहि रीतले
सन्तान वृद्धि गरेर बंश पनि लौ धान्छन् ठुलो प्रितले
स्तनपायी हरुको समान प्रक्रिया भाले र पोथी भनी
गर्भाधान क्रिया भईकन पुरा जन्मन्छ बच्चा पनि
क्रमश...
Monday, March 28, 2011
जापानाप्रति.!!!
ओहो कस्तो दैब लाग्यो भन्छु कठैबरी !
हरेशिब कति लाश ! गन्छु कठैबरी !
भाई बढे जन्ती बढ्छन मर्दा पर्दा मलामी,
सानो हात अघि सार्दै खन्छु कठैबरी !
सयौ झट्का दिनका दिन खपी बस्ने तिमीसंगै,
सुनामीको भागिदार बन्छु कठैबरी
हरेशिब कति लाश ! गन्छु कठैबरी !
भाई बढे जन्ती बढ्छन मर्दा पर्दा मलामी,
सानो हात अघि सार्दै खन्छु कठैबरी !
सयौ झट्का दिनका दिन खपी बस्ने तिमीसंगै,
सुनामीको भागिदार बन्छु कठैबरी
केके जाति
उद्योगको घेराभित्र बैरिसित लड्नु जाति
टोके टोक्ला जावो मौरी गुलियोमा बढ्नु जाति
दाउ पेच लडाएर दिमागिको शेखी झार्दै
आँखाबाट ओझेलीइ कुना काप्चा सड्नु जाति
बृहस्पति एक्लो हुदा ठहरिए झूटा नर
न्यायमाथी हाँक दिदै तिखो शुली चढ्नु जाति
उच्च स्थान योग्यताको हुन्छ कदर गर्नेलाई
मुण्डन गरि भिक्ष्या मागी गुरुसँग पढ्नु जाति
बाक्पटुको पिठो बिक्छ मूकबाणी पण्डितको
ज्ञान कोची कान भित्र हिरा मोति जड्नु जाति
टोके टोक्ला जावो मौरी गुलियोमा बढ्नु जाति
दाउ पेच लडाएर दिमागिको शेखी झार्दै
आँखाबाट ओझेलीइ कुना काप्चा सड्नु जाति
बृहस्पति एक्लो हुदा ठहरिए झूटा नर
न्यायमाथी हाँक दिदै तिखो शुली चढ्नु जाति
उच्च स्थान योग्यताको हुन्छ कदर गर्नेलाई
मुण्डन गरि भिक्ष्या मागी गुरुसँग पढ्नु जाति
बाक्पटुको पिठो बिक्छ मूकबाणी पण्डितको
ज्ञान कोची कान भित्र हिरा मोति जड्नु जाति
होलि !!
पुर्ब पश्चिम मेची काली उत्तरबाट धुन्चे
दक्षिणबाट नारायणी कान्तिपुर छुन्छे
चार जाति यी हुन् हेर रंग भर्ने झोला
छत्तिसै रंग यै झोलामा मिसाए के होला
चियापत्ति माड़ी माड़ी निकालेर रंग
डेउडा नाच नाच्नेलाई बनाएछ दंग
काम्लोमाथि बस भन्दै स्याखु फुकालेछ
भाङको लड्डु चखाउन पोको निकालेछ
असनदेखि इन्द्रचोक, बसन्तपुर माझ
नगरा र मादलुले गुन्जिएको सांझ
सबै व्यस्त सबै मस्त हातमा पिचकारी
सबै हामि एकै होउँ यउट़ा फूलबारी
आऊ खेलौ मिलिजुली आजको यो होलि
जे जे होला राजनीति यो देशमा भोलि
पर्ब चाड बाडौ साझा छाम्दै फरक झोली
खेल्दै जाउ सुन्दै आज चाचाको यो बोलि
दक्षिणबाट नारायणी कान्तिपुर छुन्छे
चार जाति यी हुन् हेर रंग भर्ने झोला
छत्तिसै रंग यै झोलामा मिसाए के होला
चियापत्ति माड़ी माड़ी निकालेर रंग
डेउडा नाच नाच्नेलाई बनाएछ दंग
काम्लोमाथि बस भन्दै स्याखु फुकालेछ
भाङको लड्डु चखाउन पोको निकालेछ
असनदेखि इन्द्रचोक, बसन्तपुर माझ
नगरा र मादलुले गुन्जिएको सांझ
सबै व्यस्त सबै मस्त हातमा पिचकारी
सबै हामि एकै होउँ यउट़ा फूलबारी
आऊ खेलौ मिलिजुली आजको यो होलि
जे जे होला राजनीति यो देशमा भोलि
पर्ब चाड बाडौ साझा छाम्दै फरक झोली
खेल्दै जाउ सुन्दै आज चाचाको यो बोलि
चाचा - दर्पण
चाचा - दर्पण
धेरै कि थोरै न भन अब बुजिदेउ मर्मलाई
अक्षर गनी छुट्ट्याउ तिमि पाप र धर्मलाइ
खोजेर भर्न भरिन्न कैल्यै आधै छ धन्सार
आए र गए टिकेनन् कोहि भरि छ सन्सार
दिनमै चन्द्र उदाए पनि भेटिने रातमा हो
भोक र तिर्खा न मेटे सम्म चिनिन्न आत्मा यो
रिस र द्वेष मनमा राख्नु यो मात्र धोका हो
जिन्दगि यौटा कर्कलोमाथी पानीको फोका हो
बादल बर्षा सात दिने झरी आठौँ दिन टिक्दैन
कहिले काही अप्रिय सोचे संसारमा बिक्दैन
समय आउछ पर्खेनेछैन पारखी चुक्दैन
घमण्डी हुनु हुदैन हेर स्वाभिमान झुक्दैन
चिन र जान मानिस दुइ खाले हुन् संसारमा
जटाको भित्र नरिवल बिक्छ फायदा छ व्यापारमा
देखेर राम्रो बयर झांग्मा न पस लोभले
घुम्रेका तिखा काँडा ले कोर्दा झस्क्न्छौ क्षोभले
बाहिर देख्दा बयर राम्रो टिप्नलाई होश गर्नु
सफा र सेतो भित्र छ फल जटामा भर पर्नु
साच्चै हो कुरा छ पनि पुरा सुन्दा हो भनिन्छ
सुनेर मनमा खलबली उठे अप्रिय गनिन्छ
बोलेर झुटो मान्छेलाई खुसि पार्नेलाई कसैले
भन्दैन राम्रो न गर्नु आंट सम्झाउनु रसैले
मनको कुरा खुलाई दिल खोलेर पस्कनु
कसैको चित्त दुख्ला कि भनि पैले नै झस्कनु
इलमी बन्नु मनमा गुन्नु बुझेर सन्सार
खालि न बस्नु गरेर केहि बढाउनु बेपार
लिनु है अर्ति न गरि भेद मुर्ख यो भनेर
कमल फुल हिलोमा फुली शिर छुन्छ बनेर
चाचाको बसी बियालो आज यति नै भएछ
भेटौला पछी फुर्सदमा भाइ समय गएछ
धेरै कि थोरै न भन अब बुजिदेउ मर्मलाई
अक्षर गनी छुट्ट्याउ तिमि पाप र धर्मलाइ
खोजेर भर्न भरिन्न कैल्यै आधै छ धन्सार
आए र गए टिकेनन् कोहि भरि छ सन्सार
दिनमै चन्द्र उदाए पनि भेटिने रातमा हो
भोक र तिर्खा न मेटे सम्म चिनिन्न आत्मा यो
रिस र द्वेष मनमा राख्नु यो मात्र धोका हो
जिन्दगि यौटा कर्कलोमाथी पानीको फोका हो
बादल बर्षा सात दिने झरी आठौँ दिन टिक्दैन
कहिले काही अप्रिय सोचे संसारमा बिक्दैन
समय आउछ पर्खेनेछैन पारखी चुक्दैन
घमण्डी हुनु हुदैन हेर स्वाभिमान झुक्दैन
चिन र जान मानिस दुइ खाले हुन् संसारमा
जटाको भित्र नरिवल बिक्छ फायदा छ व्यापारमा
देखेर राम्रो बयर झांग्मा न पस लोभले
घुम्रेका तिखा काँडा ले कोर्दा झस्क्न्छौ क्षोभले
बाहिर देख्दा बयर राम्रो टिप्नलाई होश गर्नु
सफा र सेतो भित्र छ फल जटामा भर पर्नु
साच्चै हो कुरा छ पनि पुरा सुन्दा हो भनिन्छ
सुनेर मनमा खलबली उठे अप्रिय गनिन्छ
बोलेर झुटो मान्छेलाई खुसि पार्नेलाई कसैले
भन्दैन राम्रो न गर्नु आंट सम्झाउनु रसैले
मनको कुरा खुलाई दिल खोलेर पस्कनु
कसैको चित्त दुख्ला कि भनि पैले नै झस्कनु
इलमी बन्नु मनमा गुन्नु बुझेर सन्सार
खालि न बस्नु गरेर केहि बढाउनु बेपार
लिनु है अर्ति न गरि भेद मुर्ख यो भनेर
कमल फुल हिलोमा फुली शिर छुन्छ बनेर
चाचाको बसी बियालो आज यति नै भएछ
भेटौला पछी फुर्सदमा भाइ समय गएछ
नारि दिवस
नारि दिवस
इतिहास राखौ कोरी , नारि दिवसमा
मनमा जे छ ढिका फोरी, नारि दिवसमा
भित्र भित्रै अगम्य छन् जति सरल भए पनि
सकिंदैन लिन चोरी, नारि दिवसमा
लाली पाउडर गाजलुमा सजिएर झुक्क्याउछन्
तर पनि भित्र गोरी, नारि दिवसमा
हिरामोती नानाथरी सागरमा भेटिए झैँ
सबै दिन सक्ने छोरी, नारि दिवसमा
सत्यबान साबित्रिको कथा सम्झी ल्याउदा
को सक्छ र खोज्न जोरी, नारि दिवसमा
इतिहास राखौ कोरी , नारि दिवसमा
मनमा जे छ ढिका फोरी, नारि दिवसमा
भित्र भित्रै अगम्य छन् जति सरल भए पनि
सकिंदैन लिन चोरी, नारि दिवसमा
लाली पाउडर गाजलुमा सजिएर झुक्क्याउछन्
तर पनि भित्र गोरी, नारि दिवसमा
हिरामोती नानाथरी सागरमा भेटिए झैँ
सबै दिन सक्ने छोरी, नारि दिवसमा
सत्यबान साबित्रिको कथा सम्झी ल्याउदा
को सक्छ र खोज्न जोरी, नारि दिवसमा
हांसी मर्नु बेश !!
यौवन छदै रुप तिम्रो छोडी दिएं मैले
तिमि संगै जिउने नाता तोडी दिए मैले
सपनाको लहरसंगै सजाएको महल
भत्काएर ईटाहरु फोडी दिए मैले
गोडी मेलि हुर्काएको सुन्दर त्यो फूल
उखेलेर चितासंग जोडी दिए मैले
तिम्रा मेरा स्मृतिहरू टाँगिएका चित्र
आँखाबाट आँशु झार्दै कोरी दिए मैले
मरी मरी बाच्नुभंदा हांसी मर्नु बेश
मन परेको छान्ने बाटो गोडी दिए मैले
उत्तरार्ध जीवनको आंधी संगै उड्यो
बाँध्ने आंट अझै भए डोरी दिए मै
तिमि संगै जिउने नाता तोडी दिए मैले
सपनाको लहरसंगै सजाएको महल
भत्काएर ईटाहरु फोडी दिए मैले
गोडी मेलि हुर्काएको सुन्दर त्यो फूल
उखेलेर चितासंग जोडी दिए मैले
तिम्रा मेरा स्मृतिहरू टाँगिएका चित्र
आँखाबाट आँशु झार्दै कोरी दिए मैले
मरी मरी बाच्नुभंदा हांसी मर्नु बेश
मन परेको छान्ने बाटो गोडी दिए मैले
उत्तरार्ध जीवनको आंधी संगै उड्यो
बाँध्ने आंट अझै भए डोरी दिए मै
Subscribe to:
Posts (Atom)