ओम शान्तिको कामना !!
माटो पानि र बायु तेज रुपको चैतन्य चोला लिइ
जन्मी यो जगमा समस्त जिवमा अनन्य माया दिइ !
हिम्सा काट र मार देखि न निको त्यो मन दुखाइ बसि
वैष्णब मार्ग ग्रहण गरेर श्री तिलक उचो ललाटमा घसी !
शान्ति मन्त्र फिजाई गाउ घरमा श्री ब्रह्म ज्ञानी हुँदै
आत्मा लाई जगाई भक्ति नभमा ब्रम्हाण्ड लाइ छुदै !
पुरा आयु बिताई शान्त मनले कुलमा उज्यालो छरि
श्री नारायणमा समाहित हुदै यो लोक जन्जाल तरि !
जान्छन जो जग छाडी सन्ततिहरु गर्छन् क्षमा याचना
त्यस्ता ज्ञानी मुनि दिबंगत हुदा छ शान्तिको कामना !!
Sunday, December 12, 2010
झ्याउरे
छहारीमा रोजी बसें कदमको छाया
सपनीमा ब्युझाउन आइछिन् मेरी माया
परेलीमा लुकी छिपी आँखा खोल्न लाइन्
मन मेरो खोतलेर मेरै गित गाइन्
भन्छिन मेरो ह्रीदयको धड्कन छामी छामी
तिमि र म दुबैजना घुम्न जाउ हामि
भन्दै उठिन् हात तानी डोर्याउन थालिन्
झिटी झाम्टा सबै मेरो अर्कैतिर फालिन्
मैले भने जान्न म ता ठिक छ मेरो घर
बुढेस्काल मा पर्दिन म कसैको नि भर
भन्छिन् उनि जीवनमा एकबारको चोला
मेरो गाउको आगनीमा नाचे कसो होला
खुट्टा मेरो थाकिसक्यो सन्सार नाची नाची
तिम्रो आँगन् न नाचेर राख्या छैन साँची
कति कति नाचें मैले मेरो आजीवन
फर्क, फर्की जाउ अब बुझाएर मन
क्रमश ....
सपनीमा ब्युझाउन आइछिन् मेरी माया
परेलीमा लुकी छिपी आँखा खोल्न लाइन्
मन मेरो खोतलेर मेरै गित गाइन्
भन्छिन मेरो ह्रीदयको धड्कन छामी छामी
तिमि र म दुबैजना घुम्न जाउ हामि
भन्दै उठिन् हात तानी डोर्याउन थालिन्
झिटी झाम्टा सबै मेरो अर्कैतिर फालिन्
मैले भने जान्न म ता ठिक छ मेरो घर
बुढेस्काल मा पर्दिन म कसैको नि भर
भन्छिन् उनि जीवनमा एकबारको चोला
मेरो गाउको आगनीमा नाचे कसो होला
खुट्टा मेरो थाकिसक्यो सन्सार नाची नाची
तिम्रो आँगन् न नाचेर राख्या छैन साँची
कति कति नाचें मैले मेरो आजीवन
फर्क, फर्की जाउ अब बुझाएर मन
क्रमश ....
यो दिन्लाई धन्यबाद !
धन्यबाद दिने,धन्यबाद लिने, सबैलाई धन्यवाद !
हावा र पानि, माटो र तेज प्रकाशलाई धन्यबाद !
हजुरबा बुवा हजुरिआमा आमालाई धन्यबाद !
सगरमाथा छ उच्च शिर पृथ्वीलाई धन्यबाद !
डोको र नाम्लो हलो र जुवा पालिलाई धन्यबाद !
बारीको पाटो मलिलो माटो फालिलाई धन्यबाद !
उक्के र जग्ते बुचे र माइलो लाटेलाई धन्यबाद !
भगटे बोट पत्करी खेत घट्ट लाई धन्यबाद !
त्यो काली लेक थाकल घारी बाँस लाई धन्यबाद !
सालको पात भोर्लाको घारी तामालाई धन्यबाद !
मासको बारी बन्सोको भारि भैंसीलाई धन्यबाद !
जुवामा बाँध्न डोर्याउदा भाग्ने गोरुलाई धन्यबाद !
भटमास भर्ने मानु र पाथी बोरालाई धन्यबाद !
बिकासको बिउ बाडेर हिड्ने छोरालाई धन्यबाद !
सकारी ऋण मिलाइदिने लमीलाई धन्यबाद !
बचत्को धान झिकेर लान दिनेलाई धन्यबाद !
स्वास्थ्यको चौकी,भेटनरी,कृषि शाखालाई धन्यबाद !
बारीको आँप टिपेर खादै जानेलाई धन्यबाद !
बिकास गर्ने, लाई आँखा तर्ने दुबैलाई धन्यबाद !
जेटिए नानि र बुढी आमा , सांझलाई धन्यबाद !
समय छोटो छ, यत्ति पढी दिनेलाई धन्यबाद !
बिर्सेछ मलाई भनेर दुख मान्नेलाई धन्यबाद !
धन्यबाद दिने,धन्यबाद लिने, सबैलाई धन्यवाद !
धन्यबाद दिन छुट्टयाई राख्या यो दिन्लाई धन्यबाद !
दिनांक :- धन्यबाद डे, २०१०
भर्जिनिया

Thursday, October 28, 2010
अभियान सफल
यौटा टोलि हिम शिखरको बस्तिमा शुभ्र सेब्य
सानो छोटो मिशन रुपको उच्च आदर्श योग्य
मनमा ठूलो हित बचनको पालना गर्न बोकी
उड्दै गुड्दै पवन गतिले स्वप्न झैँ सास रोकी
सम्भव साहस अनि सफलता चित्तमा छैन गम्य
साह्रै छोटो समय अवधिको कार्य ठूलो अगम्य
चड्दै नाउ भुबरी बिचमा होम्मिइ आज आयो
खोजि उसको अभिगमनको हेतु जे हो उ पायो
बाबा आमा स्वजन कुलका बन्धु बांधब र नाता
मामा काका भगिनी दुहिता साथि संगाती दाता
सबको आशिर्बचन र सहि ज्ञेय निर्देश पाई
भेट्यो आखिर अतुल सफलता कार्य त्यो हात लाइ
सेवा पायो अनि दिनदिनै सम्झना मित्रको त्यो
उसको आफ्नो सुमधुर मनको ब्यक्त उद्गार हो यो
माया तन्तु अति नरम त्यो चित्तमा स्नेह घस्ने
आउदा जादा अनि मन भरि सम्झना तिब्र बस्ने
नासो उसको अब जननीको काखमा छाडी न्यानो
बिन्ति गर्दै सबसँग बिदा माग्छ यो टोलि सानो
महा नवमी २०६७,
चापागाउ

बाजा नौमती भन्छ आज 'दुलही'
सृष्टिको नमुना छ लायक कतै आँखा भरि हेरिने
स्रींगारै रसमा डुबेर रहदा कथासरी लेखिने
उनलाई म भनु कि उर्वशी कतै यौबन र रुप कि धनि
पाउदेखी लिएर बक्ष शिरतक शोभायमानकी तिनी
बस्छिन ति यसरी नुहेर बिचमा लज्जा छ मुस्कानमा
घुम्टो खोलि चियाउदा शशिकिरण पोखिन्छ है शानमा
हासको चाल गरेर ढल्किकन ति हिडछिन झुकाई नयन
हल्का बग्छ पवन नुहाई उनको शरीर गर्दै चयन
बास्ना मगमग चल्छ आभूषणको चम्केर छन छन गरी
मनको भित्र संगाली ढुकढुकी सगै कोइ बस्छ आसन धरी
पृथ्बीमा यदि पूर्णचन्द्र अहिले ओर्लेर आउने भए
झुक्किन्थे कुन हो बधु ? भनि सबै बरसाथ जन्ती गए
बारम्बार मिठो बहन्छ मनमा टुलुक्क हेर्दा पर
जोडले हान्छ मुटु नि तिब्र गतिले मुसुक्क हास्छन बर
एक्लो प्राणि म नै छु लक्ष्य सबको छु घेरिएकी म नै
बाजा नौमती भन्छ आज 'दुलही'काउकूती लाग्ने झनै
बाबा मामु र दाइ ,भाइहरुको देख्छु मलिनो मुहार
सबको भन्छ तथापि भित्रि मनले भेट्टाईहाली जुहार !
जन्मी हुर्किनगै बढें सखी सगै यो काल शैशब बित्यो
आकान्क्ष्या मनमा उठे रहरका वात्सल्यले मन जित्यो
आजैदेखि नया छ जीवन शुरु गरेर सन्सार त्यो
आफ्नै एक सुरम्य चट्ट घरबार हुर्काउने मन छ यो !
बाबाका घरमा छ स्नेह भरिलो सम्झन्छु आजीवन
बिन्ति गर्छु बिदा म माग्छु शुभ यो मुहुर्त रोजिकन
देबी देब गरुन सदैब घरको रक्षा, फुलुन माइती
गाउको र छिमेकीको पनि खवर पाइरहुं श्री इति

Wednesday, October 20, 2010
.....आशिर्बचन लिन भनि उठ्छ काठ्मान्डु आज
बर्सौ कोलाहल समय संगै दीर्घ कालीन साँझ
खेप्दै खप्दै भुबरी बिचमा मुन्टीई युद्ध माझ
कालो बादल गहन घन घटा फाली च्यापेर राज
नौलो सेतो शुभ सगुन लि उठ्छ काठ्मान्डु आज !
इर्श्या बाधा लुट फुट झगडा बाँधी पोको कुनामा
रातो टिका जऊ तिल जमरा धूप बत्ति दुनामा
बाल्दै उठ्दै शुभ बचन मुरी बोकी ल्याउने जहाज
माथि हेर कति कति उडी आउँछ काठ्मान्डु आज !
हेरौ भोगौ गृह कलह पछिको देशमा विद्यमान
नौलो ताजा प्रण र प्रविधिको आत्म संयम र मान
बाडौ एकापस बीच घुमी रास्ट्रको काम काज
भन्दै गन्दै दिन हरु कुरी बस्छ काठ्मान्डु आज !
ज्ञाता भ्राता स्वजन गुरुहरु मातृ पितृ जमाता
नेता संचालक हरु सबै देशमा चित्त दाता
आफ्नो आफ्नो रुचिअनुरुपको स्निग्ध सौगात लाज
बोकी टिका लिन दिन भनि हिड्छ काठ्मान्डु आज !
मानौ सबले प्रण यहि गरौ स्वार्थ छोडी झमेला
भाइचारा हित बचन सिकौ छोपी आउदैछ बेला
बूढा पाका हरु संग गइ बाहु फैलाई ताज
झुक्दै आशिर्बचन लिन भनि उठ्छ काठ्मान्डु आज

Wednesday, September 29, 2010
तीन मुक्त्तक
बाउ भन्दा छोरो जान्ने
स्वास्नी भन्या कैल्यै न मान्ने
बाउ छोराको भट्टी मै भेट
एक से एक छन दाउ हान्ने
शिक्षक भन्छ चुरोट न खाउ
आफु खोज्छ बाथरुममा दाउ
दिन अर्ति सबै जान्ने
सन्सार यो कम्पास बिनाको नाउ
न्यायालयमा छन् न्यायको मूर्ति
न्याय गर्छु भनि लाउछन फूर्ति
भन्छन काम्लो गाईले खायो
माग्दै बस्छन एक चुट्की सुर्ती
स्वास्नी भन्या कैल्यै न मान्ने
बाउ छोराको भट्टी मै भेट
एक से एक छन दाउ हान्ने
शिक्षक भन्छ चुरोट न खाउ
आफु खोज्छ बाथरुममा दाउ
दिन अर्ति सबै जान्ने
सन्सार यो कम्पास बिनाको नाउ
न्यायालयमा छन् न्यायको मूर्ति
न्याय गर्छु भनि लाउछन फूर्ति
भन्छन काम्लो गाईले खायो
माग्दै बस्छन एक चुट्की सुर्ती
Subscribe to:
Posts (Atom)