Thursday, October 28, 2010

अभियान सफल

यौटा टोलि हिम शिखरको बस्तिमा शुभ्र सेब्य
सानो छोटो मिशन रुपको उच्च आदर्श योग्य
मनमा ठूलो हित बचनको पालना गर्न बोकी
उड्दै गुड्दै पवन गतिले स्वप्न झैँ सास रोकी
सम्भव साहस अनि सफलता चित्तमा छैन गम्य
साह्रै छोटो समय अवधिको कार्य ठूलो अगम्य
चड्दै नाउ भुबरी बिचमा होम्मिइ आज आयो
खोजि उसको अभिगमनको हेतु जे हो उ पायो
बाबा आमा स्वजन कुलका बन्धु बांधब र नाता
मामा काका भगिनी दुहिता साथि संगाती दाता
सबको आशिर्बचन र सहि ज्ञेय निर्देश पाई
भेट्यो आखिर अतुल सफलता कार्य त्यो हात लाइ
सेवा पायो अनि दिनदिनै सम्झना मित्रको त्यो
उसको आफ्नो सुमधुर मनको ब्यक्त उद्गार हो यो
माया तन्तु अति नरम त्यो चित्तमा स्नेह घस्ने
आउदा जादा अनि मन भरि सम्झना तिब्र बस्ने
नासो उसको अब जननीको काखमा छाडी न्यानो
बिन्ति गर्दै सबसँग बिदा माग्छ यो टोलि सानो

महा नवमी २०६७,
चापागाउ

बाजा नौमती भन्छ आज 'दुलही'

सृष्टिको नमुना छ लायक कतै आँखा भरि हेरिने
स्रींगारै रसमा डुबेर रहदा कथासरी लेखिने
उनलाई म भनु कि उर्वशी कतै यौबन र रुप कि धनि
पाउदेखी लिएर बक्ष शिरतक शोभायमानकी तिनी
बस्छिन ति यसरी नुहेर बिचमा लज्जा छ मुस्कानमा
घुम्टो खोलि चियाउदा शशिकिरण पोखिन्छ है शानमा
हासको चाल गरेर ढल्किकन ति हिडछिन झुकाई नयन
हल्का बग्छ पवन नुहाई उनको शरीर गर्दै चयन
बास्ना मगमग चल्छ आभूषणको चम्केर छन छन गरी
मनको भित्र संगाली ढुकढुकी सगै कोइ बस्छ आसन धरी
पृथ्बीमा यदि पूर्णचन्द्र अहिले ओर्लेर आउने भए
झुक्किन्थे कुन हो बधु ? भनि सबै बरसाथ जन्ती गए
बारम्बार मिठो बहन्छ मनमा टुलुक्क हेर्दा पर
जोडले हान्छ मुटु नि तिब्र गतिले मुसुक्क हास्छन बर
एक्लो प्राणि म नै छु लक्ष्य सबको छु घेरिएकी म नै
बाजा नौमती भन्छ आज 'दुलही'काउकूती लाग्ने झनै
बाबा मामु र दाइ ,भाइहरुको देख्छु मलिनो मुहार
सबको भन्छ तथापि भित्रि मनले भेट्टाईहाली जुहार !
जन्मी हुर्किनगै बढें सखी सगै यो काल शैशब बित्यो
आकान्क्ष्या मनमा उठे रहरका वात्सल्यले मन जित्यो
आजैदेखि नया छ जीवन शुरु गरेर सन्सार त्यो
आफ्नै एक सुरम्य चट्ट घरबार हुर्काउने मन छ यो !
बाबाका घरमा छ स्नेह भरिलो सम्झन्छु आजीवन
बिन्ति गर्छु बिदा म माग्छु शुभ यो मुहुर्त रोजिकन
देबी देब गरुन सदैब घरको रक्षा, फुलुन माइती
गाउको र छिमेकीको पनि खवर पाइरहुं श्री इति

Wednesday, October 20, 2010

.....आशिर्बचन लिन भनि उठ्छ काठ्मान्डु आज

बर्सौ कोलाहल समय संगै दीर्घ कालीन साँझ

खेप्दै खप्दै भुबरी बिचमा मुन्टीई युद्ध माझ

कालो बादल गहन घन घटा फाली च्यापेर राज

नौलो सेतो शुभ सगुन लि उठ्छ काठ्मान्डु आज !



इर्श्या बाधा लुट फुट झगडा बाँधी पोको कुनामा

रातो टिका जऊ तिल जमरा धूप बत्ति दुनामा

बाल्दै उठ्दै शुभ बचन मुरी बोकी ल्याउने जहाज

माथि हेर कति कति उडी आउँछ काठ्मान्डु आज !



हेरौ भोगौ गृह कलह पछिको देशमा विद्यमान

नौलो ताजा प्रण र प्रविधिको आत्म संयम र मान

बाडौ एकापस बीच घुमी रास्ट्रको काम काज

भन्दै गन्दै दिन हरु कुरी बस्छ काठ्मान्डु आज !


ज्ञाता भ्राता स्वजन गुरुहरु मातृ पितृ जमाता

नेता संचालक हरु सबै देशमा चित्त दाता

आफ्नो आफ्नो रुचिअनुरुपको स्निग्ध सौगात लाज

बोकी टिका लिन दिन भनि हिड्छ काठ्मान्डु आज !


मानौ सबले प्रण यहि गरौ स्वार्थ छोडी झमेला

भाइचारा हित बचन सिकौ छोपी आउदैछ बेला

बूढा पाका हरु संग गइ बाहु फैलाई ताज

झुक्दै आशिर्बचन लिन भनि उठ्छ काठ्मान्डु आज

Wednesday, September 29, 2010

तीन मुक्त्तक

बाउ भन्दा छोरो जान्ने

स्वास्नी भन्या कैल्यै न मान्ने

बाउ छोराको भट्टी मै भेट

एक से एक छन दाउ हान्ने

शिक्षक भन्छ चुरोट न खाउ

आफु खोज्छ बाथरुममा दाउ

दिन अर्ति सबै जान्ने

सन्सार यो कम्पास बिनाको नाउ


न्यायालयमा छन् न्यायको मूर्ति

न्याय गर्छु भनि लाउछन फूर्ति

भन्छन काम्लो गाईले खायो

माग्दै बस्छन एक चुट्की सुर्ती

सम्झना मा मात्र छ अब दशैँ !

पैले पैले स्कूल पढ्दा पन्ध्र दिने बन्द

नया जुत्ता नया लुगा मनमा चल्थ्यो द्वन्द

मासु च्युरा मामा घरको जमरा र टिका

स र र र पिंग को सर्को हावा मन्द मन्द !



लह लह धानका बाला चंगा अकासिदै

चाड बस्थ्यो अनुभूति मनमा पर्व यो गासिदै

सोह्र सराद लाग्यो भन्दै घरमा हजुर आमा

सालको पात,रातो माटो गएछ अब मासिदै !



मगमग बास्ना चल्ने उसिनेको धान

घरै पिच्छे ढिकी चल्थ्यो च्युरा कुट्ने घान

आंगनैमा छाडा हुन्थ्यो यौटा घोर्ले खसी

माइली कान्छी ठिक्क पर्थे तोरी पेल्न जान !



इतिहास भयो अब घोर्ले खसी, भाले

दशैँ तिम्रो फर्कदैन भन्नु भयो बाले

दसैँ भन्नु दसा हो रे पैसा न हुनेलाई

बढा घरमा दशैँ देखि जिल्ल पर्छ काले

नेपाल यो बन्छ है

नेपालीहरुको मुटु र धड़कन् नेपाल नै बन्छ कि ?
पुर्खाको इतिहास जाँगर लुटी समुन्नतै हुन्छ कि ?

हेरौ एक बिहानी त्यो हिमचुली चुमेर नौलो दिन
पक्कै आउछ बन्छ स्वर्ग सरि यो आशा न गर्नु किन ?

गोर्खालीहरुको छ नाम रणमा छैनन् पछाडी कुनै
गाउ बेशी गरेर मात्रिभूमिमा गर्छन परिश्रम उनै

धाइ देश विदेश जोखिम पनि खप्दै सबै क्षेत्रमा
इमान्दार कति परिश्रमी इ छन् विदेशीका नेत्रमा

हाम्रै बुध्द ति हुन् सिता पनि उनै कर्णाली हाम्रै भयो
देशका कर्मठ बुद्धिजीवी हरुको मन पग्लिए भै गयो

होस्टेमा एक स्वर मिलाई सबले बिकासको यज्ञमा
हातमा हात मिलाई बढ्नुछ अघि विस्वास् गरी भाग्यमा

छाडौ त्यो कु-कथा ब्यथा करुणका पैले बितेका कुरा
लागौ एक भएर देश हितमा बल् बाँधी सब्ले पुरा

इच्छा राखी भविष्यमा कि एकदिन् फूल्ला अवस्यै भनि
मेरो देश भनेर गर्ब ति गरुन जस्तै विपत्मा पनि

छोडी देश जति पलायन भए भन्दै "अमिलो रस "
देखाउँ तिनलाई हेर ल भनि के चल्नु तिनको बश

नीतिमाथि भूकम्प आंधी पहिरो क्रान्ति सधै हुन्छ रे
नेपालि हरु नै जुटी दृढ रहे नेपाल यो बन्छ रे

फर्कू फर्कु विदेशबाट म घरै यो मन सधै भन्छ है
काँधमा काँध दिएर पत्थर थपे नेपाल यो बन्छ है

भर्गीनिया,सेप्टेम्बर,२०१०

Saturday, September 18, 2010

यसो गरे कसो होला !

ठिकठाक् गर्नु क्रियाकलाप दिनदिन् चाईदैन जिम्नासियम
सोफा छाडी उठी जुरुक्क हिडने कडा बनाउनु नियम् !
ढोका खोलि पवन खुला प्रकृतिको गर्दै गरि सेवन
ताजा राख्नु शरीर रोग विपरीत् प्रसन्न पारि मन !
टिभी मोभी र फेस-बुक इतिको सिमित गर्दै प्रयोग
आवश्यक जति पर्छ अध्ययनकै लागि गरे भाग्छ रोग !
आस्था ईश प्रति लगाई मनमा छोडेर आडम्बर
छोटो चालचलन चुटुक्क गरिदा समाजको के डर !
आफ्नो हुन्छ सदैब दैनिकी सधै कर्तब्य दिन्का दिन
गर्ने गर्नु लगाई ध्यान रुचिले त्यो बन्छ योग्यै लिन !
मध्यम्मार्ग सुगम् छ गर्नु अबलम्बन् छाडी टुप्पो र छेउ
ज्यादा लोभ न गर्नु केहि चिजमा पुगेपछि छोडी देउ !
मिठो बोलि बचन् कुरा बहसमा सुन्दै अरुको कुरा
तर्कैसंगतले रिझाई मनमा टुंगेर जावस पुरा !
मन्को द्वन्द लडाई झर र झगडा यी कैची हुन् आयुका
तापको उच्च तनाब चाप् रगतको दुस्मन् भए स्नायुका !
पालन् गर्नु सदैब अल्छी न गरी कडा नियम् दाँतको
मेरो बिन्ति सबै युवा युबतिमा गम्भीर यो बातको !