श्रद्धेय स्वाभिमानी प्रगति पथमा देखिने अग्रगामी !
बिद्या पारङ्गत उचित ब्यबहार शास्त्रको अर्थ कामि !
मायालु स्नेह्दायी अनुजहरुमा योग्य निर्देश दाता !
निष्ठा आस्था जर अजरहरुमा दृस्टी भेदको सुज्ञाता !
उच्चासन्को महिमा अविरल युक्त बिद्या अलंकृत !
ठाडोमस्तक पुजित गुणहरुको मान्यताप्राप्त सु-नृत !
यस्ता सेवी गुरुजन हरु छात्रका हुन् अलंकार !
फेरी फेरी गुरु चरणमा गर्दछु म नमस्कार !
Sunday, July 25, 2010
मूकदर्शक
इच्छा सबै मरिसके जिउदो लास बाच्दै छु म
मन त अब रित्तिसक्यो यौटा आश साच्दै छु म
आर्य घाटमा सुताएको सिङ्गो देश मेरो
फर्काउने आशै आशमा घाटे बैद्य जाच्दै छु म
* * *
होडबाजी गर्दैछन रे सम्पत्तिमा छोराहरु
झट्केला नि निस्किए रे पहिला काँ थे मोराहरु
हल्ला खल्ला छापिएछ घाट लग्या खवर
कात्रो बिक्ने खुसहालिमा रमाउदैछन् गोराहरु
* * *
क्रिया बस्ने कुन ठाउ हो बल्खु बालुवाटार
अड्डी लिदै दुवै थरि मान्या छैनन् हार
यौटा भागमा काट्टो पार्दा चित्त बराबरी
एक्लो दर्शक हैन रेछु साथै रेछन सब सन्सार

Wednesday, July 7, 2010
बुढेसकाल
हातखुट्टा थरथर छ लट्ठी एक भर आयो बुढेसकाल यो
लागे अङ्ग प्रत्यंग झोलिन खुबै चुहाउछ मुख राल त्यो
प्रातकाल कति मनोहर हुँदै उठ्ने रहर वैंशको
लागे थन्किन अल्छी लाग्छ अब ता बितेछ दिन ऐशको
छोरा नातिहरु त छन् घरभरि के गर्नु छैनन् तर !
ताल्चा मार्नु परेन कुर्छ घर यो! भनेर पर्छन भर
मन्मा खेल्छ कुरा कसोरी घरवार धान्छन् यी लालाहरु
सोच्दै खाट छ हात माथि तकिया टाँसेर गालाहरु
सन्सार खुम्चिन गो भयो अब सँघार पानि पँधेरो पनि
चंद्रैलोक समान दूर छ कति भेटिन्न पाइला गनि
बेला आइसक्यो कठैबरी ! कति सन्सार हाँक्नेहरु
टिक्दैनन् अनि जानु पर्छ एक दिन त्यो छैन बाँकी बरु
लामो त्यो बयको छ कत्ति अनुभब् माटोमा मिल्ने भयो
भन्नु बाकि छ सब् सुनाउनु पनि तृष्णा मनैमा रह्यो
यस्तै यो रित हो समस्त जिवको भन्दै बुझाउदा मन
अझै बाच्छु कति भनेर मन यो आश्मा रमाउने झन
कस्तो हुन्छ बुढेसकाल सबको मनमा गुनी सोच लौ
तिम्रो यत्न प्रयत्न केहि छ फरक भने तिमी भिन्न छौ

Wednesday, June 23, 2010
मौरी
सोचौं एकछिनलाई यो जीव यदी अस्तित्वमा छैन रे
बारुला कमिला र पुष्प मधुमा दाजिन्न , हो हैन रे
यसको स्वार्थ पनि छ केहि हदमा निर्बाह गर्नु कुल
संझौ तुच्छ छ त्यो भलाइ जतिको गर्नेछ डुल्दै फुल
आफु मेटिन गै परिश्रम गरि सुख्खा कुसुमको रस
जम्मा गर्छ सदैब भर्छ गुंडमा राख्दैन आफ्नो बश
आउँछन् हुलमा ति बस्न फूलमा फाइदा मलाइ हुने
मादाको भ्रुणमा लगेर नरको सिंचित परागले छुने
यो चाहिन्छ अवश्य खाद्य फलफूल उत्कृष्ठ बालि लिन
मेरा मित्र यिनै सघाउन भनि गर्छन मदत दिनदिन
गर्दैनन् रिसराग हामीसंग ति सोझा र लाटा बनि
आफ्नो कार्य क्रियाकलाप संग नै रमाई पल्पल् गनि
गर्दै काम निरन्तरै सहजमा शिक्षा मलाइ दिंदै
कस्तो व्यस्त बनेर फूलहरुमा गोपेर सूड़ रस लिदै
हेर्छु नाच र गान व्यस्त ति हुँदा फुलबारी मेरो पसी
मीठो दिन्छ मधु म खान्छु दिनहुं लेख्छु कबिता बसी

Wednesday, June 9, 2010
भ्रम
भ्रम
इशारा पाउछु कि भन्ने आशमा बसिरहें
हिम्मत बांधेर कम्मर कसिरहें
निष्ठुरी छ्यौ भन्ने मनमा न लाग्दै
सीमा नाघ्यो, तलतलै खसिरहें
बदलामा तिमीले धोका पाउदा
शब्दमाधुर्य घसिरहें
दिशाबोध भयो फर्कीआयौ
पलपलमा ब्यङ्ग बाणले डसीरहें
चाहना तिम्रो घट्दै जांदा
मनको अभिलाषा धसिरहें
यो जीवन त यस्तै बित्यो
तिम्रै जालमा फसिरहें
इशारा पाउछु कि भन्ने आशमा बसिरहें
हिम्मत बांधेर कम्मर कसिरहें
निष्ठुरी छ्यौ भन्ने मनमा न लाग्दै
सीमा नाघ्यो, तलतलै खसिरहें
बदलामा तिमीले धोका पाउदा
शब्दमाधुर्य घसिरहें
दिशाबोध भयो फर्कीआयौ
पलपलमा ब्यङ्ग बाणले डसीरहें
चाहना तिम्रो घट्दै जांदा
मनको अभिलाषा धसिरहें
यो जीवन त यस्तै बित्यो
तिम्रै जालमा फसिरहें
Wednesday, May 26, 2010
याद याना हल:
याद याना हल: याद याना हल:
मचाबिल्या गुच्चा म्हिटिउ
याद याना हल:
आख ब्वंगु, स्कुले वंगु
पासा नाप विसु वंगु
बसी खुया, उखे च्वंगु
याद याना हल:
मैचा नाप पौ न्यानागु
चाना हैगु भटिमाली ज्वंगु
स्विमिंग यात छाउनी वंगु
याद याना हल:
फेल जुइगु सबजेक्त प्यंगु
माँ न बोबिया पाजुछें वंगु
छें ल्या वया सुन्क च्वंगु
मास्टर भाजुं न्ह्यापं ज्वंगु
याद याना हल:
मचाबिल्या गुच्चा म्हिटिउ
याद याना हल:
आख ब्वंगु, स्कुले वंगु
पासा नाप विसु वंगु
बसी खुया, उखे च्वंगु
याद याना हल:
मैचा नाप पौ न्यानागु
चाना हैगु भटिमाली ज्वंगु
स्विमिंग यात छाउनी वंगु
याद याना हल:
फेल जुइगु सबजेक्त प्यंगु
माँ न बोबिया पाजुछें वंगु
छें ल्या वया सुन्क च्वंगु
मास्टर भाजुं न्ह्यापं ज्वंगु
याद याना हल:
आफै गरुँ आंट कि ?
चिन्ता यो छ मलाई मान्यबर हो बढ्दैछ झन् झन् कति
देशको हाल खवर खस्यो तल अझै सुध्रिन्छ भन्दा जति !
आफ्नो मान र शान हेर बिपरित नेता पसे स्वार्थमा
इच्छा छैन रहेछ माथि उठने पद ओकटे व्यर्थमा
पृथबिले जसरि परिश्रम गरि दिएर नासो गए
दर सन्तान फुटेर शासन गरि लुटेर खांदा भए
पार्टीको बलमा कपट र छलमा सोझ्याई आफ्नो दुनो
तानतान गरेर देश गरिमा पार्दैछन झन्झन् झिनो
यस्तै हो त स्थिति संधै भरि हुने देशको कुचाला हरे
नामोनाम निशान मेटिन गई के होला देशमा भरे
यौटा फुल फुट्यो त के भनु भने सिंगै जहाजै डुबी
नेपालै न रहे म हुन्छु कसरि देखिन्छ मेरो खुबी
कोहि सक्षम कोटी कोटी जनमा यौटा त पाइन्छ कि ?
हात खुट्टा अब ता शिथिल भई सके आफै गरुँ आंट कि ?

Subscribe to:
Posts (Atom)