Sunday, April 11, 2010

मेरो अक्षरारम्भ

मेरो त्यो ब्रतबन्धको बय थियो उमेर सात बर्षको
मनमा केहि थिएन भाव खुसीको अंकुर उठ्यो हर्षको
गाउ बेसी गरेर अग्रज संगै हातमा हंसीया लिई
गोठालो म गएर काटी दिन ति बित्थे भरोसा दिई
छैटौ बर्ष बितेछ धन्य यसरी गाउमा कटेका दिन
कान्छो लाई पढाउनु अब पर्यो भन्दै उता छिनछिन
आमाको कचकच सुनेर म संगै बुबा तलाई अब
काठमान्डौ गुरुको लगेर घरमा राख्ने तँ पढ्नु सब
त्यो भन्दा पहिले जरुरि अहिले यौटा छ बन्धन खुला
गर्नुपर्छ रिति रिवाज अनि पो मनमा म ढुक्कै हुंला
भन्दै त्यो ब्रतबन्धको पनि कुरा गर्दै तयारि गरि
भर्दै ग्यान अनेक बालमनमा साँच्चै गुरुले सरि
व्याख्या जीवनको गरेर सुरुमा श्रीपंचमिको दिन
अक्षरको पहिलो "क" लेख्नु यसरि सोध्छु पछी लौ चिन
भन्दै यो क्रमले लिएर मुठीमा माटो पिंधेको धुलो
पाटि नाम रहेछ कापी पहिले काठको कलम त्यो ठुलो
गाउका तीन अरु समान बयका साथि बटोली पिंणी
भर्दै लाम लगाई पन्डित बुबा बन्नुभो हाम्रो रिणी
जिल्ला धादिंग गाँउ "मान्खु पहिरे" सन्सार देख्या थलो
बाबा पन्डित बालकृष्ण सबको डुलेर गर्ने भलो
आमा टोप कुमारी गाउ घरमा "पन्डितनी" नामले चिन
रुपाखेती भनेर सम्झ थर त्यो आउदैन सोध्ने दिन

Monday, April 5, 2010

हेर भाई के के कालो

औंसीको रात कालो
कपटिको जात कालो
न्याय बेचेर खल्ती भर्दा
न्यायमूर्तिको नोटको खात कालो


भूकम्पपछि कम्पनको लात कालो
शनिको दशामा लाग्ने साढे सात कालो
नीचताको पराकास्टा कति सम्म
बिस्वास गरिसकेपछिको घात कालो

व्यभिचार मा लाग्नेको बात कालो
स्वार्थ परक राजनीतिको मात कालो
सुपर सेन्टर मा क्यामरा छल्दै
ब्याग भर्नेको लामो हात कालो

Thursday, March 25, 2010

जय श्री राम !

राम राम जय राम म राम
रामको अतुलनीय छ नाम !
शुद्ध पारि मन धोई पखाली
ज्ञान भर्छ मनमा छरी घाम !

भित्र बस्छ मन देह हो खाम
फाली कल्मष खुला गरी धाम !
ग्यान भर्नु मनमा तम नाशी
सम्झी नाम रघुको भब थाम !

आज पुण्य नबमी तिथि छाम
नेत्र बन्द गरी भक्तको लाम !
लागि भित्र पसी मन्दिर मुर्ति
गर्नु दर्शन चढाएर दाम !

Saturday, March 20, 2010

महासागर

छातिभित्र थुपारेर अनगिन्ति माल
बाहिर भने नक्कल पारि देखाउने छाल
उर्ली उर्ली चन्द्रलाई माया गर्न खोज्ने
रहस्य यो बुझ्दिन म के हो तिम्रो चाल

ओकेटर तेस्रो खण्ड प्रिथिबिको थाल
जुहार मोति लुकाउने बनि आफै ढाल
कहिले काही रिसाउदा सुनामीको आशु
भोग्नु पर्ने हामीले नै बन्दा तिमि काल

सम्पन्नता इर्स्या गर्नु, चुहाउनु मात्रै राल
सकिदैन साधनबिना छुन तिम्रो बाल
तिम्रो आफ्नै नियमकानुन अटल बस्ने बानि
टुक्रा टुक्रा पार्न खोजे बनिदिन्छ्यौ ताल

जताततै बेरिएर बुनेकी छ्यौ जाल
लुछाचुडी गर्न खोजे आइलाग्नेछ गाल
तेरो मेरो एती उति भन्दै भोग गर्छन
हरिदैन खोसिदैन सबको आफ्नै खाल

पनदुब्बी जहाज र डुंगा पोत पाल
पेटभित्र छातीमाथि जतासुकै फाल
घोच्नु पोल्नु केहि छैन, छैन रिसराग
संधैभरी ज्युका त्यु छ, उस्तै हुन्छ हाल

पाथी झिक्दा मुरी बन्ने टालियेर प्वाल
कसैले नि गलाउन सक्नेछैन दाल
क्षमता छ बिस्वलाई सधैभरी पाल्ने
कछुवादेखि कार्निभलसम्म सबै तिम्रै लाल

न भै हुन्न हामीलाई तिम्रो छयाल ब्याल
कहिले काही उठ्ने रिस तिमि आफै टाल
यात्रा भरि नानाथरी कल्पना यो कोर्दा
कलम मेरो रोकिदैन भेटौ आर्को साल

Tuesday, March 16, 2010

पिलो

कसैलाई चांडो कसैलाई ढिलो !
एकपल्ट आउछ रे सबैलाई पिलो !
बस्दा खेरि पिंधमा आआअ गर्दै
छाम्दा खेरि फेला पर्ने यौटा तिखो गिलो !

टुप्पो त्यसको दुरुस्तै घोच्ने किलो !
हेर्दा कालो कालो प्रस्टै हुन्छ खिलो!
कुरकुरे बैंसको मुखैमा आउने रेछ !
यो कस्तो नकच्चरो टीलो!

धन्दा न मान सबलाई बाडिन्छ यो बिलो !
निचोर्दा म त भएथे कालो निलो !
यसलाई निचोर्न मुटु न भाको चाहिन्छ भन्छन !
डाक्टरको हातभरी लोपरिन्छ रे पिप्को हिलो !

न पाकी निचोर्नु हुन्न हुनेछ थिलथिलो !
कचलटिदा छरिन्छ जसरि तोरीको रिलो !
त्यसकारण यो सधै आवोस नेतालाई मात्र !
अनी पो टासिनदैनकी कुर्सीमा फिलो !

Friday, March 12, 2010

हेर आयो बसन्त

जाडो सिरसिर त्यो हटेर अब ता मत्थर भयो कोप त्यो
हिउको शान सबै गलेर भूमिमा बिर्साउदै लोप भो
आफ्नो आयु पनि घटेर दिनदिन छोटो हुँदै गो भनि
सुर्ता मानि निशा ति चन्द्र संग गै पोख्छिन गुनासो पनि
लठ्ठी टेकी जसै दिवाकर पनि भर्दै घटेको बल
यत्नैसाथ उठी जुरुक्क नभमा कान्ति फिजाउँछन तल
सुख्खा जर्जर भूमि बन्जर सबै त्यागेर निद्रा गई
बनका पंक्षी पशु चराचर सबै मनमा खुशी जो भई
आयो हेर बसन्त उज्ज्वल अहा! बिर्साउदै त्यो शरद
पाउला बोकी तयार फुल्न भरिलो ब्रिक्षादी झुल्छ्न बृहद
मन हर्छन फूल ति फुलेर बनमा सुबासका अंकुर
भागे दुख्ख सबै अकाल जति जो थिए ति क्षण भंगुर
बर्षा पानि हिउ तुषार शितले जमिन थियो बन्जर
तातो राप लिएर सुर्य संगको बन्दै गयो उर्बर
प्रात कालमहा चराहरु उठी गाउदै खुशीले गित
उड्दै भुर्भुर वारि पारि नभमा खोजेर हिड्छन हित
यस्तै यो छ सुरम्य राज ऋतुको पर्खेर बस्छन सबै
आयो हेर बसन्त उज्ज्वल अति आनन्दायी खुबै

बधाई छ होलीको !!

जान्न जान्न म त खेल्दिन लोला
होलीको जति उछ्रिंखल गोला
रंग पानि बदला भरि नाली
छ्याप्दछं अबुझ भै बनि भोला



पर्व यो मिलनको मन छोला
मात्र सिमित भई रंग झोला
बाट फुस्स झिकदै शिरमाथि
फ्याकी खेल्नु ठिक हो घुमी टोला



छाडी अंकुश लगाम सु-बोला
नालीबाट बलले भरि घोला
लेप्दछ्न निरस भै जनलाई
रुप त्यो कुरूप भै मन रोला



साँच्नु पर्छ सब संस्कृति चोला
रोक्नु पर्छ बिकृति गनी तोला
सोच्नु पर्छ खहरे पनि बाढी
उर्लिंदा कति विध्वंसक होला