Wednesday, November 25, 2009

kharaayo

खरायो

खरबारी बनमा लिएर मनमा दूबो र झार पातको !
उफ्री हिंड्छ कतै म भेट्छु कि भनि भोकले मिठो जातको !!

चार खुट्टा दुइ कान गरेर पट पट उँधो र उँभो गरि !
खुड़े ओठ चलाई नाक रसिलो चाट्दै ति खुट्टा घरि !!

कोहि छन् भरिला दगुर्न दरिला जिउमा असर खान्किको !
उसको रुप बयान के गरु म खै सेतो सफा बान्कीको !!

कालो केहि कतै छरेर छिरबीर रागे र पाटे अनि !
ढाडमा बेरिन गै पटूकी बहुरंग देखिन्छ खैरे पनि !!

बनको खोंच कतै छ झाडी र गुफा बास बस्न लाएक भए !
घुस्री बस्छ निदाई मस्त दिनभर हुदैन त्यसको जय !!

राति साँझ पर्यो भयानक टर्यो शिकारीको लक्ष्यको !
खोजि गर्न भनेर हिड्छ उ कतै ताकेर त्यो भक्ष्यको !!

यस्तो जीवन साँची बाच्छ बनमा खरायो हो नामको !
घरघरमा पलुवा भएर रतिने भोजन र उन कामको !!

केटाकेटी भुलाई नाच्छ संगमा कैले बनि व्यंजन !
उत्पादन त्यसबाट हुन्छ गतिलो गर्दै मनोरंजन !!

सूधो निर्भयको छ बानि त्यसको गर्दैन हानि कतै !
काखमा बस्छ ,सहन्न दुख तर पी.. गर्दिन्छ जताततै !!

हुस्सुमा पनि त्यो गनिन्छ नि कहिँ दौडमा बन्यो शालिक !
बाठोमा पनि त्यो दरिन्छ कहिले झुक्याई बन्मालिक !!

अँगोरा रसियन र जर्मन अनि अस्ट्रेलियन जातिका !
उत्पादन उन गर्नमा ति पहिला चलाई नाम ख्यातिका !!

दिन्छन मालिकलाई गर्न उपयोग आफ्नो शरीरको भुवा !
जसले पाल्छ र स्यार्छ बर्ष दिनमा भेट्नेछ उसले खुवा !!

Wednesday, November 18, 2009

जिन्दगी - एक नौलो द्रिसटिकोण

जिन्दगि यो शुरु हुँदा सार्है स्वच्छ सरल
आस्पतालको प्रांगणमा नुहाएर खल खल
सोझो बाटो हिडाउन पाउडर घसी घसी
नर्सरी र किण्डरगार्डेन हातमा कलम मसि

भिडाएर बाटै बाटो हिडाउने दाउ
गर्दै मेट्न सिकाउन्छन् जिन्दगीका घाउ
पन्छाएर हिंड्नु पर्ने काँडा कोर्ने बाटाहरु
न हिंडने त जाकिने छन् भंडखारामा लाटाहरू

बाठामात्र हैन साथि धेरै होलान बांगा अरु
गाड्नु पर्छ सोझ्याएर तुलसीका लिंगाहरु
जिन्दगीलाई पाको पार्ने बिस्वलिद्यालय
शिक्षणसंस्था ढोकाखोलि गाउन्छंन यौटै लय

न सोचेको भोग्दामात्र संगालिंछ्न अनुभव
मनपरी त गर्नै हुन्न न्याय कानुन सब
दण्ड दिन्छन मान्छे मार्दा बाटो मोडि मोडी
पाप लाग्दैन फूल टिप्दा बगैंचालाई गोडी

जिन्दगि यो मलाइ लाग्छ सार्है स्वच्छ सरल
लगाएर दाग किन बनाउनु त तरल
अनौठो यो छैन साथि बाटो चिन्नेलाई
सार्है कठिन हुने गर्छ सोझो न हिड्नेलाई

यस्तै नै छन जिन्दगीका बांगा सिधा बाटाहरु
जिन्दगीका मलाई लाग्छन बराबरी पाटाहरु
सार्है कठिन हुने गर्छ बाङ्गो बाटो रोज्नेलाई
अनौठो यो छैन साथि सोझो बाटो हिड्नेलाई

Tuesday, November 10, 2009

हाईकु‏

कुहाई-हाईकु
--------

परिवर्तीत नेपाल.
गरिब भो गोपाल.
चैन गर्दैछ यशपाल.
ooo
नेपालीले छाडे देश.
विदेशीले रंगाये केश.
मात्रिभूलाई लाग्यो ठेस.
ooo
कान्डै काण्डको क्रान्ति.
मनमा सबको भ्रान्ति.
पाइने छैन शान्ति .
ooo
देशको भलो कुभलो.
राज्निति नाच्ने थलो.
जोत्न छाडे हलो.
ooo
स्कूल मन्दिर लथालिङ्ग.
मास्टर पुजारी ठिङ्ग.
देशको टालो बिनाहिङ्ग.
ooo
सार्ब भौम अलपत्र.
उडिहाल्यो राजाको छत्र.
नेतालाई पारेर सत्र.
ooo
जनता भन्छन कताजाउँ.
परिवर्तनको गीता गाउँ.
अवसर्बादिले पाए ठाउँ.
ooo
कुराकानी जानी जानी.
बुझ पचाएको ठानी.
गरिरहेछन मनोमानि.
ooo
देशको सम्पदा सब्कोतारो.
देस्बासिको आँखामा छारो.
हराभरा मुहान थारो.
ooo
कलासंस्कृति बचाउन गाह्रो.
आँगकन्याई ऊडाउ छारो.
बिदेशीको नीति साह्रो.
ooo
न्याय कानून डाडापारि.
सर्बोच्चमा बाँडे सारी.
बिद्वत्बर्ग देशलाई भारि.
ooo
*नपचेकोले दिई दुहाइ.
यो परिवर्तन कुहाई.
आउला आर्को हाई-हाई.

Sunday, November 1, 2009

naseeb

अण्डा ट्वाक्क फुटाइ खुर्र दगुरी माउको पछाडी गयो!
चारो टिप्न भनेर तालिम लिदै अभ्यास गर्दैछ छ यो!
पेटमा बोकी रहेछ 'योक ' उसको डल्लो पहेलो खुराक!
पच्दैजान्छ उ बाच्छ भोजनबिना जन्मेकोदिन र त्योरात!
जीवनको क्रम त्यो शुरु अब भयो हुर्केर बढ्नु पनि !
दाना पानि र वाह्य शत्रुसगको मुकाविला झन अनि !
जुठाल्नु र बढार कुढारजतिको ठ्याम्मै उ राजा भयो!
चिलको दाउ र वाज श्याल जतिको छायाले सातो गयो!
माउको चाल सुनेर बुझ्नु छ कति अर्ति र निर्देशन !
आफ्नो सीमित छेत्र बाहिर न गइ बाच्नु छ दिन्कादिन!
हुर्क्यो पुष्ट भयो शरीर उसको ढाकेर बोसो भरि !
फेर्यो मालिकले कुद्रिस्टि उ प्रति जानु छ उसले मरि!
पाउने छैन उ भन्न मर्दिन भनि ईच्छा अरुकै ठुलो !
घर घरमा त कुरेर धार उजिलो राख्या छ स्यांगी चुलो!
एकदिनको सपना अनिस्ट हुन गै खुट्टामा डोरी कस्यो !
ईतिहास मिटाउन ग्राहक ठूलो पिंढिमा आइ बस्यो !
सुत्केरी घरमा बसेकी छ कुरी भन्दै लखेट्यो हरे!
घांटी रेटी रगत बगाई छिनमा भुटन बनायो अरे!
यस्तो कर्म र भाग्यको मिलनले संसार बढने अघि!
आफ्नो आफ्नो नसीव चल्छ सबमा चल्दैन ठगको ठगि!

Wednesday, October 28, 2009

patrottar bhag 2

पत्रोत्तर भाग २
मलाई मित्रले फेरी धकाली अति मानमा!
मेरो मनको तरानामा उठेको न्यून भावना!!
कोट्याएर अति सूक्ष्म गर्दै आलोचना पनि!
झटारो हानि सोध्नुभो गास बासको कुरा पनि!!
के त अझै कमाएर कमाउदैछस कि खानलाई!
के तेरो छैन पृथ्वीमा आवास खुम्चि बस्नलाई!!
प्रत्युत्तर एसको पाउन पर्दैन दूर धाउन !!
एकपल्ट बिदेशैमा गएको घर आउन !!
दिएर सोध्नुहोस, भन्नुस,गरिनस फोन नै किन!
घरमा आमा पिरैपिरले न पाई चाडको दिन !
स्वरमात्र पनि सुन्न धौ धौ भो यसरी किन !!
गइस कि गइनस आउदा बाटोमा ड्युटी फ्री लिन!!
बिदेसमा त सुनेको थे फ़ल्छ रे रुखमा डलर !
किन यस्तो हबिगत भो खल्ती र अनुहार तरल!!
न सोध्नुस यसरि उसलाई गरेर मर्म भेदन !
गास बासले न छाडेको कुराले आउला रोदन !!
बिस्वको कुन दाजोमा देश नेपाल पर्दछ !
सोझो श्रम र कमाईले के गरि पेट भर्दछ!!
देसका बहु संख्यक यी विदेशवासी वीरलाई !
नाता कुटुम्ब यै सोध्छन बिर्सेर उसको पीर भाई!!
भ्रम त्यो मनमा पालि धनाड्य भैसक्यो भनि!
राग गाएको ठानेर न झार्नुस गफमा पनि !!
जिग्यांसा राजनीति र साथीभाईको घरायसी !!
इति वृत्तान्त राखेर सोध्नुभो देसमा बसी !
देसबाहिर बस्दाको पीडाको त्यो अनुभव !
जान्न बाँकी भए भन्नुस म छु तैयार लोउ अब !

Sunday, October 25, 2009

patrottar bhag 1

पत्रोत्तर (भाग १)
मित्रको पत्र पाएर लामो त्यो अन्तरालमा!
खुशी भो मन यो सार्है जेटको गतिचालमा!!
धन्यबादोक्ति स्वीकार गरियोस साधुबाद नै!
टक्र्याउन म चाहन्छु न छुटोस पछी सम्झनै!!
जिज्ञासा पूर्ण त्यो पत्र को कौतुहल मेटन!
पत्रबाटै पुरा गर्छु पाइन्न दिन भेटन!!

आशा ठुलो दिलाएर देशमा परिवर्तन!
ल्यायेछन,अनि झुक्क्याई नेताको कपटी मन!!
स्वार्थ पुरा गरि अइले जनतालाई होमिन!
धकेली क्रान्तिमा पैले,आफ्नो भाग ठुलो लिन!!
सत्तामा उक्लिए चाडै हत्पत भो भाग लाउन !
तानातान लुछाचुडी असन्तोस मिलाउन !!

चर्काएर कतिपल्ट मन्त्रीमंडल भंग झैँ!
गरि,अइले बसी देसमा देसको नागरिक भै!!
भाषा त्यो देसको सर्ब प्रिय हुन्छ हुदाहुदै!
सत्ताको उच्चकोटीको पद्मा बसी कलम छुदै !!
भाषा विवाद चर्काइ बिर्सेछन देसको भलो!
थिएन र उनीलाई योग्य अन्त कतै थलो!!

यदि योग्य थिएनन त सफल ति कसरि भए!
पदमा पुग्न त्यो देसको सर्बोच्च मानमा गए!!
ऐले ढाटेर जान्दिन भाषा बोल्न भनिकन!
देशैमा छन् लुकाएर योग्यता ढाट्न त्यो मन!!
गरेका हुन् कि होइनन पाइन्छ कि कतै सुराक!
मित्र मेरो कति उज्ज्वल खोजेको हो कि यै खुराक!!

Friday, October 23, 2009

Yek chhoto bilauna

एक छोटो बिलौना
तिर्खा भोक हराई छैन निदरी मरौ कि बाचौ भयो! एक्लै स्वामी मलाइ छाडी घरमा परदेश लाग्नुभयो !
घर कोठा धनसार मन्दिर शहर खोजेर पाउदिन म!मनको भित्र जलन अति हुन गयो शृंगार गर्दिन म !
गरथ्यौ हामि टुलुक्क हेरी एकले अर्को मुसुक्कै पनि!हुन्थ्यो खेल कति न बोलि ति कुरा एक्लो भयो जीवनी !
कस्ता हात नरम घुमाई शिरमा फेरेर मुस्काउदै!आखाले इ कुरा समेटी मनमा ल्याएर डोर्याउदै!
बाहुपास उठाई छाती रसिलो छामेर आलिंगन !भर्दै चुम्बन ओठमा घरि घरि टास्दा नि मेरो तन!
लज्जाले म झुकी छुटाउन भनि दाउ हेरी गर्दै बल!बाहुबाट छुटेर फुत्कन पुगे गर्नुभो फेरी छल!
भन्नु हुन्छ कि केहि गर्दिन प्रिये साथमा बसाऊ नगै! तिम्रो सुन्दर रुप स्नेहभरिलो गर्छु म सेवन सगै!
निद्रामा पनि झस्की बाहु बलले तानेर झन्झन् नजिक!न्यानो सासजुधाई प्रेमरसमा डुब्दा म हुन्थेफजित!
सपनामा बिउझी म खोज्छु मनको देउता हरायो कता! देख्ने कोहि भएन रुन्छ मन यो छ शुन्य हेर्यो जता!
मेरोकर्म रहेछ भाग्यबिपरित धिक्कार जिउनु कति!सम्झन्छु यी कुरा फुटेर मनमा शोकास्रुबग्छन अति !