पत्रोत्तर भाग २
मलाई मित्रले फेरी धकाली अति मानमा!
मेरो मनको तरानामा उठेको न्यून भावना!!
कोट्याएर अति सूक्ष्म गर्दै आलोचना पनि!
झटारो हानि सोध्नुभो गास बासको कुरा पनि!!
के त अझै कमाएर कमाउदैछस कि खानलाई!
के तेरो छैन पृथ्वीमा आवास खुम्चि बस्नलाई!!
प्रत्युत्तर एसको पाउन पर्दैन दूर धाउन !!
एकपल्ट बिदेशैमा गएको घर आउन !!
दिएर सोध्नुहोस, भन्नुस,गरिनस फोन नै किन!
घरमा आमा पिरैपिरले न पाई चाडको दिन !
स्वरमात्र पनि सुन्न धौ धौ भो यसरी किन !!
गइस कि गइनस आउदा बाटोमा ड्युटी फ्री लिन!!
बिदेसमा त सुनेको थे फ़ल्छ रे रुखमा डलर !
किन यस्तो हबिगत भो खल्ती र अनुहार तरल!!
न सोध्नुस यसरि उसलाई गरेर मर्म भेदन !
गास बासले न छाडेको कुराले आउला रोदन !!
बिस्वको कुन दाजोमा देश नेपाल पर्दछ !
सोझो श्रम र कमाईले के गरि पेट भर्दछ!!
देसका बहु संख्यक यी विदेशवासी वीरलाई !
नाता कुटुम्ब यै सोध्छन बिर्सेर उसको पीर भाई!!
भ्रम त्यो मनमा पालि धनाड्य भैसक्यो भनि!
राग गाएको ठानेर न झार्नुस गफमा पनि !!
जिग्यांसा राजनीति र साथीभाईको घरायसी !!
इति वृत्तान्त राखेर सोध्नुभो देसमा बसी !
देसबाहिर बस्दाको पीडाको त्यो अनुभव !
जान्न बाँकी भए भन्नुस म छु तैयार लोउ अब !
Wednesday, October 28, 2009
Sunday, October 25, 2009
patrottar bhag 1
पत्रोत्तर (भाग १)
मित्रको पत्र पाएर लामो त्यो अन्तरालमा!
खुशी भो मन यो सार्है जेटको गतिचालमा!!
धन्यबादोक्ति स्वीकार गरियोस साधुबाद नै!
टक्र्याउन म चाहन्छु न छुटोस पछी सम्झनै!!
जिज्ञासा पूर्ण त्यो पत्र को कौतुहल मेटन!
पत्रबाटै पुरा गर्छु पाइन्न दिन भेटन!!
आशा ठुलो दिलाएर देशमा परिवर्तन!
ल्यायेछन,अनि झुक्क्याई नेताको कपटी मन!!
स्वार्थ पुरा गरि अइले जनतालाई होमिन!
धकेली क्रान्तिमा पैले,आफ्नो भाग ठुलो लिन!!
सत्तामा उक्लिए चाडै हत्पत भो भाग लाउन !
तानातान लुछाचुडी असन्तोस मिलाउन !!
चर्काएर कतिपल्ट मन्त्रीमंडल भंग झैँ!
गरि,अइले बसी देसमा देसको नागरिक भै!!
भाषा त्यो देसको सर्ब प्रिय हुन्छ हुदाहुदै!
सत्ताको उच्चकोटीको पद्मा बसी कलम छुदै !!
भाषा विवाद चर्काइ बिर्सेछन देसको भलो!
थिएन र उनीलाई योग्य अन्त कतै थलो!!
यदि योग्य थिएनन त सफल ति कसरि भए!
पदमा पुग्न त्यो देसको सर्बोच्च मानमा गए!!
ऐले ढाटेर जान्दिन भाषा बोल्न भनिकन!
देशैमा छन् लुकाएर योग्यता ढाट्न त्यो मन!!
गरेका हुन् कि होइनन पाइन्छ कि कतै सुराक!
मित्र मेरो कति उज्ज्वल खोजेको हो कि यै खुराक!!

Friday, October 23, 2009
Yek chhoto bilauna
एक छोटो बिलौना
तिर्खा भोक हराई छैन निदरी मरौ कि बाचौ भयो! एक्लै स्वामी मलाइ छाडी घरमा परदेश लाग्नुभयो !
घर कोठा धनसार मन्दिर शहर खोजेर पाउदिन म!मनको भित्र जलन अति हुन गयो शृंगार गर्दिन म !
गरथ्यौ हामि टुलुक्क हेरी एकले अर्को मुसुक्कै पनि!हुन्थ्यो खेल कति न बोलि ति कुरा एक्लो भयो जीवनी !
कस्ता हात नरम घुमाई शिरमा फेरेर मुस्काउदै!आखाले इ कुरा समेटी मनमा ल्याएर डोर्याउदै!
बाहुपास उठाई छाती रसिलो छामेर आलिंगन !भर्दै चुम्बन ओठमा घरि घरि टास्दा नि मेरो तन!
लज्जाले म झुकी छुटाउन भनि दाउ हेरी गर्दै बल!बाहुबाट छुटेर फुत्कन पुगे गर्नुभो फेरी छल!
भन्नु हुन्छ कि केहि गर्दिन प्रिये साथमा बसाऊ नगै! तिम्रो सुन्दर रुप स्नेहभरिलो गर्छु म सेवन सगै!
निद्रामा पनि झस्की बाहु बलले तानेर झन्झन् नजिक!न्यानो सासजुधाई प्रेमरसमा डुब्दा म हुन्थेफजित!
सपनामा बिउझी म खोज्छु मनको देउता हरायो कता! देख्ने कोहि भएन रुन्छ मन यो छ शुन्य हेर्यो जता!
मेरोकर्म रहेछ भाग्यबिपरित धिक्कार जिउनु कति!सम्झन्छु यी कुरा फुटेर मनमा शोकास्रुबग्छन अति !

Thursday, October 22, 2009
Regret
Whether the root cause lied on me or other's
looking at once on my past..
how was the cradle swung by mothers
now is the time to look on brothers...
how well they have not done, uncovers...
my life and their's past whosoever compares
i am to regret not to blame others!

Tihaar
गोठैबाट म जान्छु ल्याउन दिदि भनेर माइलो हिड्यो !!जेठी माइली दुवै बुहारी पनि लौ भुटेर छाडी पिडो !!लाग्यो पंचक हामि माइत तिरै लाग्यौ नि बाबै भनि !!सासूलाई टसक्क ढोग भरदै हिडे ति ठालु बनि !!जेठो बाठो पनि उ छैन घरमा परदेशवासी भयो !!लाहुर जान्छु बुवा भनेर उ धरान रिक्रुट क्याम्पमा गयो !!साइलो क्याम्पस छुट्टी भो अब भनि पढाई छोडी घर !!आइ गाउतिरै गयो अब जुवा फुक्यो नि के को डर !!दिब्यानन्द असि पुगे ति बिचरा गैभैसी गोठै भरि !!माइलोको भरमा छ खेति व्यवहार धानोस वरा! के गरि!!कस्तो हेर चहल पहल छ भखरै बिदा दसैंले लियो !!जिन तिन पार लगाई बोकी रिनको भारि शिरैमा छ यो !!आयो फेरी तिहार वर्ष दिनको हो चाड लौ यो भनि !!गाउले र समाजको समुहमा मिल्नु छ हामि पनि !!गोरु किन्न भनि जुगाड गरिदै राखेर थैली भरि !!साचेको सब खर्ची चाड बितिगो के गर्नु ऋणमा परि!!जुवाबाट पनि धकेली ऋणमा साइलोले फोर्यो घर !!झर्को लाग्छ मलाइ देउसी भइलो मनमा छ साउको डर !!आउदो बर्ष हुदैन खेति ब्यबहार गोरु बिना के गरु !!छोडी जाउ बसै कि भागु म कतै कस्तो हिसाबले मरु!!फ़ालौ चाड सबै मिलेर महगा छोडेर आडम्बर !!फाल्तु खर्च बचाई संस्कृति पनि जोडेर थामौ घर !!
Tuesday, October 13, 2009
मुला (gaijatra 2066)
जापानिज मुला र फर्पिङे मुला, रातो मुलाको मुला !!दामन्को नि मुला अघोरको मुला त्यो भक्तपुर्को मुला!! साना साना मुला सलाद खाने मुला र सेतो टाउके मुला!! किर्तिपुर्को मुला र गाण्टेको मुला भट्टे डाडाको मुला!! चित्लाङमा उहिले प्रशिध्द थ्यो मुला प्युठानमा झन अरे !!ढाक्ने छोप्ने मुला र नक्कली मुला सब देखिएकै छरे !!चाना काट्ने मुला सुकाउने मुला सब देखिराकै हुंला !! छक्कै पर्छु म ता कतातिर लुकी बसेछ ज्याङगो मुला !!
Oo Ke Bhanchha (gaijatra 2066)
थाङ्नामा म थिए दिगम्बर पहिले बिस्टामा लत्पत भुइं !
आठ मैना बिती गो सुरम्य अती भो देख्नेले खान्थ्यो मुइ !
डाइपर कट्टु गनेर बर्ष दुई तीन ढाकेर राखें झुकाइ !
जिस्क्याउदा कतिले ढुकुर ढुकुर भनी लाज्मानी बस्थें लुकाइ !
पाँच बर्शे जतिमा त मन्द गतिमा उठ्ने जमर्को गरी !
उठ्बस्को क्रम त्यो चल्यो पछी ठुलो हुदैंछ इन्दु सरी !
आस्चर्यै म भएं दसक जती हुंदा कस्तो अनौठो रवाफ !
जिउमा देखिन गो अली अली कतै झुस्ले भरेको स्वभाव !
पन्ढ्रै बर्ष जती पुगेपछी म ता जुंगाको रेखी संगै !
देखासिखी गरी बढ्यो कती भुवा जारी छ बढ्नु अझै !
बिसौ बर्ष बिति गयो नि अब ता सब्ले बिचारै गरी !
राम्रो नाम दिएर इज्जत गरी हेर्छन नि पाले सरी !
गैजात्रा भनी नाम लिएर अहिले "ज्याङगो मुला" मा लगी !
मेरो नाम बिगारी हेप्न तिमीले सक्यौ कसोरी हगी ? !

Subscribe to:
Posts (Atom)