Wednesday, December 21, 2011

मातृभूमि

खोज्छन तार हरु घुमी रिदयमा कहा छ मेरो धन
झुप्रा गोठ र पालि आँगन जहा खेलेर बित्थे दिन
रुन्छु धर धरि छातीमा गहकिलो बोकेर माया सुन
पीडा मात्रिभुको बिछोड विरहको थाल्नेछ मनले छुन


चिसो त्यो जलको प्रपात सुरिलो मुहान बाटै तल
मेट्थ्यो प्यास भरेर औंजुली महा अमृत्सरी कलकल
भारि वृक्ष मुनि बिसाई भरिया आनन्दमा शीतल
छाया सेवन गर्न बस्छ खुसीले शरीर लि कोमल


अर्को आउछ बस्छ खेल्न दुइमा बाघ चालको खेल त्यो
खेल्दै हाक उ दिन्छ बिस्व भरमा ओलाम्पिकी जोडीको
कोदाली र कछाडमा घर अफिस मस्तिस्कमा कम्पुटर
थर्काई पहरा निकाली गहिरो घन्काउने फोन स्वर


चारै तर्फ छ प्राकृतिक सजिलो जीवन्त नै पात्र छन्
मेलापात छ खेति पाती सबमा उद्योग ले व्याप्त झन्
पौडी खेल्न म जान्छु काली दहमा क्लोरिन ले शुन्य छ
के ब्यायाम पर्यो र गर्नु उसले आहार ले पुण्य छ


यस्तो जीवन यो छ निस्छल जहा मेरो छ त्यो मातृभू
सम्झु कत्ति म दांजु बिस्व भरिमा जसमा संधै हुन्छ कु
हे नेताहरु हो ! पबित्र जननी बस्छौ धमिल्याउदै
पन्छाउ सब बिकृति विरहका पक्कै म छु आउदै

धरोधर्म !

धर्म के हो कहा बस्छ कहा बास निबास छ
काम यो कसरि गर्छ सबमा किन ब्याप्त छ
प्रस्न यो सुनियो आज व्याख्याता कति छन् तर
जिज्ञासा मेट्न खोज्छु म दिएर प्रतिउत्तर

पानीको धर्म हो बग्नु आगोको धर्म पोलनु
धातुको धर्म हो हेर तताएपछि तातिनु
तातो इस्त्री छुदा हात अधर्मै हो न डामिनु
अधर्म हुन्छ पानीले ओरालो लागि थामिनु

फरक तत्व फरक धर्म सबले मनमा गुनी
हेरौ हामि सुनौ छामौ धर्म के हो भनि सुनी
आत्मा बाटै शुरु हुन्छ नत्र धर्म निराश छ
कुरा गर्छु म आत्माको जहा धर्मको बास छ

दुस्ठलाइ दिई दण्ड प्रजाको हित राज्यमा
दौत्य सम्बन्ध गासेर राज्यकै अबिभाज्यमा
सुख सम्पन्न त्यो राज्य राजाले अनुशासित
धर्म निर्बाह गर्ने त्यो राजा हो परिभासित

पठन पाठन गरि शिक्षा शिष्यले लिन सक्षम
गुरु हो गुरुको धर्म निर्बाह गर्छ भन्छु म
बाबु आमा गुरुतुल्य लालन पालन गर्दछन
आफ्ना सन्ततिको लागि मार्ग दर्शक बन्दछन

तिनको त्यो ठुलो धर्म जाँदैन खेर व्यर्थमा
पछी आफै सुखी बन्छन धर्म हो यस अर्थमा
धर्म बुझ्न भनि कर्म यहा म अघि सार्दछु
जीवनरुपी हलो तान्ने जुवामा जोडी नार्दछु

कर्मको अर्थ हो काम; काम हुन् गरिने सबै
गरिने सब हुन् कर्म न हुने गर्नु हुन्न है
गर्ने काम गरे धर्म हुने भो सब काममा
न गर्ने गरिनु हुन्न ढुक्क भै बस घाममा

पहिल्याउन म सक्तिन टुप्पो र छेउ धर्ममा
धर्म यै हो भनि ठान्छु गरिने जति कर्ममा
कुकर्म गरि हिड्नाले अधर्म हुन्छ के गरौँ
धर्म गर्न कठिन छैन कुकर्म न गरि मरौं

यस्तै छ त नेपाल !

म सुत्छु हाली हिउको सिरानी
बिहिन राजा म छु यौटी रानी
छु देश सिङ्गै कति गर्ब गर्नु
जडिबुटीको छ हिमाल खानि


नदीहरुमा अति स्वच्छ पानि
कुलो खने आउछ खेत जानी
फलाउने छन् फल फूल अन्न
जमीन माटो रस छानी छानी


गुराँस फुल्ने ढकमक्क लेक
ति शृंखला युक्त पहाडी भेक
चिसो छ झरना मुनि ताल् गहिरो
चट्टान भिरमा जसरि छ केक


बनस्पतिका थरि रूप नाना
दिन्छन यिनैले परखाल छाना
आजन्म तिनको उपयोग हुन्छ
पशुहरुको पनि मुख्य खाना

अति छ सुन्दर हिउको पहाड
उ तान्छ घुम्ने हरुको बहाड
सम्हाली थाम्छु थर जात जाति
फरक फरक छन् सब को चहाड


समुद्र सपना सरिको छ मेरो
तराइदेखि मुगलानी घेरो
सुबर्ण नाना थरि द्रब्य दिन्छन
बटुल्छु डुल्दै रमणीय फेरो


छन् दून भ्याली र उपत्यका कि
बिशाल छाती भर गर्दछन यी
अडाउँदै यान बिमान अंगमा
डुलेर ब्यापार ती गर्दछन नि


बुलाकी लाउछु बुकी नै फुलेको
छ केश बाट्दा चउंरी झुलेको
मुनाल डाँफे हरु गीत गाउँछन्
मयुरको पंख अति खुलेको


धिमाल देउडा अनि थारु नाच
भजन र किर्तन अरु नै समाज
कति थरिका म समेटी बस्छु
हर्छन् सबैका मन छामी जांच


नदि र नाला पसिना बगाउछु
बेरोजगारी पहिल्यै भगाउछु
म पाल्छु पेशा कति भिन्न भिन्न
कुमालको पात्र झिकी सजाउछु


ती लेक दिन्छन रसदार स्याउ
उद्योग खोल्नेछु म हेरी भाउ
बन्नेछ नाना थरि पेय सर्बत
सुकाई साँच्ने गरि हेर दाउ


जति म झर्छु तलको बिसौनी
छुर्पी छ दुध्को अनि चीज नौनी
फलाउछु अन्न मलै जलैले
उद्योग गर्ने तिमि आफु हौ नि


तराइ हास्छन् दुइ हात् फिजाई
पसारी गोडा जलले भिजाई
भकारी थापी भर अन्न मेरो
भनि म बस्छु सबलाई गिज्याई

पछ्यौरी मा चन्द्र र सूर्य लिन्छु
निधारमा सिम्रिक बोकी हिड्छु
सहन्न हिँसा अनि काटमार
दुहेर गाइ अरुलाई म दिन्छु


यदि कसैले हतियार ल्याई
बिथोल्छ शान्ति दुख दिन्छ आइ
भने सहन्न प्रतिरोध गर्छु
म जाइ लाग्छु खुकुरी समाई


सिधा सफा जीवन उच्च शैली
कमाइ केवल पसिनाको थैली
लिएर मनमा सबको स्वतन्त्रता
सीमासुरक्षा गरि बस्छु फैली

हिरालाई चिठ्ठी !!

प-हिराको छेउ कसरि खपी लेखुं म कबिता
ख-रानीले जस्तै जिउभरी अतर घस्छु अब ता

क-तारालाई हेर्दै जसरि दहीको स्वाद म लिउ
ब-हिराले जस्तै स्वर पछी मिठो ताल म दिउ

म-सिनोको बास्ना सरि वरिपरी फैलिन गएँ
गु-हार्छु चिच्याई पर पर हिरा बाट म भएँ

च-मेरो हालतमा बसी पसी गुफा सोचुं कि भनि
बि-चार अक्षर कोर्दा पनि मन अझै शुन्य त छनि

प-हाडैको भोजन गरि पछी चुठे पेट भरिने
ब-ताउ जस्तै क्यै हबिगत कुनै डामी मरिने

Sunday, December 4, 2011

धन्यबादका तीन पत्र

''थमस एल्बा एडिसन'' लाइ पहिलो धन्यबाद छ
प्रकाश मात्र होइन कारखाना अपबाद छ


कस्तो मस्तिस्क उनको त्यो रुची विज्ञानमा लिए
अनुसन्धानमा लागि आविस्कार गरि दिए


उज्यालो हुन गो सर्ब सुलभ बिस्वमा कति
अन्धकार बिलाएर रात भागे भए जति


प्रादुर्भाव भयो ''बल्ब'' हराए टुकी दीप ति
छैन लालटिनको काम हिड्ने छन् बरु टर्च लि

उर्जाशक्ति त्यसैबाट तातो चिसो नरम गरम
बगेको नदीको पानि बिजुली दिन्छ त्यो परम


तिम्रो त्यो पुण्य हो कर्म जसले लाखौ समेटियो
आजको दिनमा सम्झी तिमीमा मरि मेटियो


* * * * *

''एडिसन''को पछी आए ''कोनराड़''लाइ साधुबाद छ
यिनको अर्को ठुलो देन बाकसको भित्र कैद छ


आफ्नो मस्तिष्क मा जे हो थियो संसारको धन
सानो बाकसमा सारी ताल्चा मारी दिए झन


व्यक्ति व्यक्ति फरक साँचो आफैमा राख भन्दिए
कसैले चोर्न सक्दैन सम्पत्ति दृढ बंदिए


अब हेर यो संसार अड्डा अफिस बैंक नै
त्यै बाकस भित्र नै हुन्छ चल्नेछन् काम ढुक्क भै


मनबाट झिकी साँचो औलाको छेउमा उनि
''कि बोर्ड ''को सहाराले खोल्नुपर्छ चुनि चुनि


कोसौ टाढा रहेको त्यो खवर शन्देस यावत
मिनेटौ भित्र आउँछ कत्रो छ हेर तागत

* * * * *

कान्छो सन्तानको रुप ''स्टिव जब्स'' रहन गए गुनी
एक्काइसौ शताब्दीमा देखिए उर्बरक उनि


उनले जे गरे काम त्यो हो काखको बाकस
खुम्च्याएर लघु पार्दै हत्केलामा गरे बश


खल्तीमा राख कि हातमा बस कि उठ रातमा
तुरुन्तै मान्छ त्यो आज्ञा जे भन्यो उही बातमा


देखाउछ , गराउछ , कराउछ , अराउछ
पलभित्रै सबै काम सिध्याई उ हराउछ


मनोरंजन पनि गर्छ पर्दामा चित्र नाचदै
कानमा पस्छ संगीत निस्केर स्वर जाचदै


तिमीलाई न भै हुन्न अगाडी बढ्न काममा
''जबस'' लाइ धन्य हौ भन्दै चलाउ गाडी ''जाममा'

* * *

शिशिर कसरि पार गरु म !

अहो ! कस्तो चिसो शिशिर ऋतुको कोमल रबि
प्रतिक्षा गर्दैमा दिन पनि बिलाए ढलि छबि


सुकेका सर्लक्कै सकल रुखका हातहरु छन्
हरिया देखिन्नन् सब झरी गए पातहरु झन्


तुषारो सर्बत्रै छरिएर जमेको छ गहिरो
चहुर डाडा पाखो सब नजरमा फुंग कुहिरो


ठिहिरोले काम्दै थर थर गरि सब जनहरु
घुमी खोज्छन न्यानो सिरक कि त अंगेनो भनि बरु


लुकेका हुन्छन कि घरि मुनि दुइ पाखुरी हरु
घुसारी खल्तीमा मुठी कसी जसै अंगुल तरु


निशाको लामो त्यो गहन अति नै क्रुर चकमन्
पुकार्छन् निद्रामा सबितरी !भगाई देउ भनि जन्


मिठो चिल्लो तातो मनभरि आहारा लिई कुदि
शरीरमा उर्जाले भरिन गइ लाग्ने गुद गुदि


लुकामारी खेल्छन प्रिथिबी र यी तारागण हरु
चिसो तातो छ्याप्दै मकन अति दिन्छन दुख अरु


बरु फर्कि जावस द्रुत गति लिदै फेर्छु म दम
ऋतु खप्नै गाह्रो शिशिर कसरि पार गरु म !

Friday, November 11, 2011

मुसाको कथा

मुसाको कथा
by Chacha Bihangam on Tuesday, November 1, 2011 at 4:00pm
मुसाको जीवनी ,हाल खवर त्यो बुझ खेतमा !
परिश्रम- थकाईको फल चोरेर रेतमा !!


जसरि पानि टिक्दैन बालुवामा खन्याउदा !
त्यसरी धानका बाला काट्दै लान्छ ढिला हुंदा!!


बालि भित्र्याउने मास मंगसिर दिन आउंदा !
सात ओटी बिहे गर्छ मुसाले खान पाउदा !!


न कमाइ गरि बस्छ , उद्द्योग नाम शुन्य छ !
नाची नाची रमाएर भन्ठान्छ त्यहि पुण्य छ !!


तर हेर हिरा कोबिद नेताको त्यहि रूप हो !
मुसाभंदा फरक छैनन् घुस ता मात्र धुप भो !!


खाला त्यो श्रम चाटेर कमाइ अरुको जब !
जुनी चोरमुसा जस्तै भोग्नेछ भेटिंदा तब !!


धान काटी सकी खेतमा किसान जब टेक्दछ !
बाला चोरी दुलाभित्र लुकाको पनि देख्दछ !!


प्वाल प्वाल गनी गन्दै अन्दाज गरि बालीको !
क्षति भाको जति मात्र न भै बचन गालीको !!


दिदै खन्ती र कोदालो काँधमा बोकी रीसले !
धुबाको मुस्लो बोकेर दुलो भत्काउछ बिषले !!


सातौटी स्वास्नी को साथ मुसो पर्छ बिचल्लीमा !
छाडेर भाग्नु पर्दाको कस्ठ भोग्नेछ गल्लीमा !!


जस्तो आली मुनि आफ्नो कमाइ पसिना भनि !
चिहान सब मूसाको यौटै हुन्छ खनी खनी !!


दुस्ठको हाल त्यस्तै नै हुने बाला छदैछ नि !
न डराउ तिमि धैर्य धारण गर्नु त पर्छ नि !!