Wednesday, August 17, 2011

यसरी जन्मिएँ म


by Chacha Bihangam on Monday, July 18, 2011 at 10:13am
जन्म दिनको शुभ कामना व्यक्त गर्नु हुने तथा अभिव्यक्तिको संगै कति बर्ष ? भनेर जिज्ञासा राख्नु हुने समस्त शुभेक्छुक
हरुमा धन्यबाद सहित जन्मदाको घटना बर्णन गरि यो कविता पस्केको छु / के कस्तो लाग्छ , बर्ष छुट्टयाउने अभिभारा
पाठक हरुमै / अभिबादन !
बस्थें हात पछाडी पारि शिरमा घुंडा अगाडी पटि
खुट्टा दोब्रिन गै रह्यो डुबी डुबी त्यो ब्रह्म रसमा कटि
यस्तो गर्भको सालनाल बिचमा सास फेर्न धौ धौ थियो
नौमैना कति दिन बित्यो अनि शरीर खोज्दैथ्यो बाटो चियो
हलचल मच्चिन गो सर्याक् सुरुक भै थैलो निचर्यो पनि
आमा कस्ट महा कति सहनु भो था छैन के भो भनि
कैले माथि पटि घुमेर शिर यो तैरंछ छट्पट भई
कैले घोप्टिन जान्छु द्वारतिर नै हुत्तिन्छ झटपट गई
सोधु सोधु मलाइ लाग्छ मनमा आमा कति भो दुख
कैले निस्कन सक्छु बाहिर त्यहा लौ हेर्न तिम्रो मुख
भन्दै सोची गुमाई होश कहिले कुरा संगाल्दै थिए
व्हात्तै के कसरी ठुलो झटकले संसारमा ओर्लिए
घटना यो परिवारमा हुन गयो पण्डित रुपाखेतीको
पैरेको घरमा पिताश्री, जननी ति केशबी मात्रीको
श्रावन एक गते नक्षत्र गतिलो चित्रापछिल्लो पद
स्वातिको संगमा मिलेर दुइमा राशि तुला भो अब
बिक्रम सम्बत बर्ष बाकि दुइ भै पुगेन हज्जार दुइ
जन्मियो शुभ दिन छ नाम दिउ के भन्दै दिनु भो मुइ
रामको नाम संधै बनेर प्रिय झैँ कनिष्ठ यो झन् प्रिये
आएको दश गर्भमा अति असल नाम् राम होस् है श्रिये
भन्दै नामकरण गरेर बिधिबत दानपुण्य आदि गरि
मायाले खुशीले कनिष्ट म हुँदा कान्छो भएँ घरभरि
धन्यबाद !

संस्मरण भानुको !

संस्मरण भानुको !
by Chacha Bihangam on Wednesday, July 13, 2011 at 8:31am
भानुको शुभ जन्म आज दिन यो टक्र्याउ सौगात के !
काहाबाट जुटाउ घासी र कुवा कंक्रिट बन्यो देश हे !
खुर्पा डाली र ढाकरी र हसिया कुवा सबै मासिए
डोकोमा कुखुरा र गुन्द्री संग भै सबै विदेश भासिए
घासीको उपदेश अर्ति प्रतिकूल बसमा पकेट मार्दछन
मालका हाकिम न्यायका रचयिता पाकेट नै झार्दछन
आँखामा हरिया सुकोमल बनै फाडी सखापै भए
तित्रा कालिज बास बस्न न सकी मान्छेको पेटमा गए
गाई पालनका पिंढी र ढिकीमा कोदो र मर्चा हरु
किन्दै ल्याई बिसाई मद्य मदिरा सिद्रा थुपारे अरु
बालाजु अब छैन यो नजरमा जस्तो पहिले थियो
घुइंचो मानिसको र वाक्क तिनका फोहोरले ठाउ लियो
सिस्नु घारी कतै छ बन्द परखाल कतै छ बाटे-पसल
फुल्थे ति गुन केशरी अब कहा पाउनु कति थे असल
नेपालि अबला पनि अब सबै बम्बै गई बस्दछ्न
लुच्चा चोर हरु घुमी घुमी सधै भन्सार छली पस्दछन
जाउ जुन घरमा सबै घरभरि सोती बुढी बस्दछिन
चिप्लो घस्नु घसेर रात बिचमा पाता कति कस्दछिन
भो भो हेर्नु परेन कान्तिपुरी यो नरक पुरीमा छ है
लम्जुंगको दहि दूध नौनी अब ता न्युरोडमा बस्छ गै
कोशिस गर्छु तथापि त्यो समयको तिम्रो अनुरागको
सम्झन्छु तिमीलाई आज म कति आफ्नो जति भागको
आऊ आऊ सधै बसूँ तिमि संगै यो मन संधै खोज्छ नै
भाकामा लयमा र ताल सुरमा तिम्रै तरफ रोज्छ नै
औंजुली एक घासको र जल त्यो खोची दुनामा भरि
बरको शीतल फेदमा बसी तिमि कनै म आउला मरि
असार २९ ,२०६८

असारे गीत ( असार १५ )


by Chacha Bihangam on Monday, June 27, 2011 at 7:49am
कृषि प्रधान देशमा बेला बखतको कृषि कर्म गर्दा विभिन्न मनोरन्जनात्मक कार्यहरु संगै काम सम्पादन गरिन्छ / यसै क्रममा असार १५ पनि यौटा हो र यो दिन धान रोप्दा बढी उपज हुन्छ भन्ने बिस्वास गरिन्छ/ बाजा बजाएर (बेठी हाल्ने) यौटा परम्परा हो भने आलिमा बसेर युवाहरु गित, जुहारी गाउदै मनोरंजन गर्न पछी पर्दैनन् /यहासम्म कि जुहारीमा हारेपछि केटीले जित्ने केटालाई आफ्नो पति बरण गर्नु पर्ने समेत प्रथा छ कहि कहि पुर्ब शर्त अनुसार /कहलियका गायिका रोपारहरू लाइ बढी ज्यालामा निम्त्याइन्थ्यो पनि पहिले पहिले /
यो असारे गीतको लय बेग्लै हुन्छ र जति सक्यो उति लामो भाकामा गाइनु पर्छ अनि गालामा हात राख्नु पनि जरुरि छ/

आज आउनुहोस त यो यौटा चाचाको असारे गित खेतको आलिमा बसेर गालामा हात राखेर गाउँ है /

चाहाड़ पर्बभरि भाका थरिथरि यो गीत् असार पन्ध्रलाइ.....
खेत्रोप्न जाउँ आउनोस् लय हाली गाउनोस् सम्झी रामचन्द्रलाई....

चेचेले भन्यो लौ बाचेले सुन्यो चेचे बाचे दुइजना ......
चेचे लाउछ मित बाचे गाउछ गित चेचे बाचे दुइजना ......

हलो जुवा काँधमा रिट्ठे माले बाँधमा हली गोरु दुइजना
कान्छी दैलो पोत्ने बाँझो पल्टाई जोत्ने ब्याड़े बाउसे दुइजना

रोपारको ताँती पछी लाग्यो नाति आली ताछ्ने दुइजना
डोकोनाम्लो बिसाई घाँटो नुन्चुक मिसाई खाजा बाड्ने दुइजना

येस्पालिको रोपाइँ पानि न पर्नाले मुहान् बाँध्ने दुइजना
कुलो काटी काटी डोरी नाम्लो बाटी डोको बोक्ने दुइजना

देशी मलको बोरा बोकी आयो छोरा खेतमा छर्ने दुइजना
मैना चरी बोल्यो गंगटाले खोल्यो आली थुन्ने दुइजना

बिउको मुठा फाल ठुटो चुरोट बाल सुर्ती माड्ने दुइजना
टुप्पो भान्च्यो फाली नाच्न थालि शालि गीत गाउने दुइजना

गोठालो छन् बाउ खाजा थाप्न आऊ पानि सार दुइजना
ठेकीमा छ मोही डबकाहरु खोइ दुना गाँस दुइजना

दहि च्युरा खाजा जिम्मल गाउको राजा आउरेबाउरे दुइजना
भोटो भिज्यो छाती कछाड माथि माथि छाता ओढाउ दुइजना


खाजा थाप पोल्टो किन फर्क्यौ कोल्टो गोरु फुकाउ दुइजना
पुवा खाजा बाको चिनी थोरै भाको हात्मा थाप्ने दुइजना


चेचेले भन्यो लौ बाचेले सुन्यो चेचे बाचे दुइजना.......
चेचे लाउछ मित बाचे गाउछ गित चेचे बाचे दुइजना.......

चाहाड़पर्ब भरि भाका थरिथरि यो गीत् असार पन्ध्रलाइ....
खेत्रोप्न जाउँ आउनोस् लय हाली गाउनोस् सम्झी रामचन्द्रलाई ...

२७ जुन २०११,
भर्जिनिया.

Saturday, June 25, 2011

पुतली

पुतली
by Chacha Bihangam on Thursday, June 23, 2011 at 6:42am
आमा घट्ट गइन बुबा पनि कता बाख्रा फुकाईकन
बस्नु घर कुरदै भनेर ढीकीमा साँचो लुकाईकन

खोपामा दही भात छोपी दिदीले राखी दियेकी छ रे
खेल्नु खानु घरै बसिरनु तं है छिट्टै म आऊंछू भरे

गाउको छ पुछारमा घर धुरी बेशी नजिकै छ नै
बेशिकै डिल बाट कलकल गरि बग्ने त्रिशूली बनै

ढुंगा को पहरा वरिपरी घुमि ताल बन्छ पानी जहा
गर्मीका दिनमा अहा! कति मजा मन भन्छ पौडू त्यहा

यो मौक़ा घरको भएर एकलै उंघेर बस्नु किन
बिर्खे, च्यांनटी र कांछीको संगमहा म खेल्छु एकै छिन

भन्ने यो मनमा लिएर पुतली घरबाट निस्की गई
खोज्दै घर्तिरबाट बेशी झरदा ताल्मै उ पुग्दी भई

खेलौ पौड़ी सबै मिली कन भनी सल्लाह गर्दा भये
पांच बरसै मुनीका थिए तिनिहरू नाँगै ति ताल्मा गये

हाहा ही ही गरि डराई नदीको चिसो जलैले छुदा
निधर्क्कै मनमा स्वभाब स्वरूपी ति बाल्यकाले हुदा

खेले मस्ति गरे र औंजुली भरी छ्यापेर पानी मुनि
डुब्दै फेरी उठेर हेर म त भनी उत्रेर बोली ,सुनी

चिंता छैन सिबाय खेल्नु र संगी हरु बटोल्नु अनि
हास्नु किलकिल मारी, भाग्नु दगुरी भेट्टाऊ मलाई भनि

भोकै लाग्यो अनि झलक्कघरको यादआउन थाल्ने मन
मनको भित्र अलिकती डर पनि छूने हुदा लौ भन

निस्की पोखरिबाट झट्ट पुतली बिर्सेर भोटो लिन
कुद्दै घर्तिर फाल हानि बिचरी बिर्सेर साथी बिन

फर्किदा घरमा उ आइ पुगी लौ आमा संगै उ पसि
नांगै बस्त्रबिहिन गालि उसले आमाको सुन्दै बसि

डब्लु .भी . बृन्दाबन

डब्लु .भी . बृन्दाबन
by Chacha Bihangam on Sunday, June 19, 2011 at 6:15pm
पश्चिम भर्जिनिया अबस्थित थलो ब्रिनदाबनै नामको
तिर्थस्थान छ हेर सुन्दर पुरी सम्पूर्णता धामको
बृन्दाबन बनमा छ मन्दिर हरि-याली अनि जंगल
जंगलको बिचमा रचाई मन-मोहन को शिला मंगल
राधाकृष्ण भनेर जोडी दुइको संयुक्त मुर्तिहरु
गोस्वामिहरुको मिलाई क्रमले मुर्ति रहेका अरु
छेवैमा छ तलाउ एक गहिरो वरिपरी वृक्ष छन्
नाच्ने पंख फिजाई ति मयुरका ताँती पनि बस्दछन्
गाइ गोरु र हात्तिको पनि ठुलो मुर्ति बनाइवरि
क्रिडा हंसहरु रमाई घुमने तलाउमा दिनभरि
पूजा साँझ बिहान को पनि भजन गाएर नाच्ने प्रथा
मन्मा शान्ति हुने अचम्मसंग लौ बसेर सुन्दा कथा
बस्नु रात बिताई एक लजमा भोजन गरि सात्विक
जाड रक्सि मदिरा त बर्जित छ नै न गर्नु क्रिडा दिक
घुम्नु डुल्नु छ माथि बाग छ ठुलो गुलाब फुल्ने जहा
गौशाला पनि एक गाईहरू नै छन् पालिएका त्यहा
गोलो वृत्त खुला छ गुम्बज सरि मन्दिर सुनौलो त्यहा
संख्यामा एकतीस झ्याल हरु छन मयुरी झ्याल् चार जहा
यौटा झ्याल बन्यो जडी जडी शिशा संख्या भए डेढ हजार
भित्तामा भुइमा छ मार्बल खरी ढुंगा छ छाप्या बजार
झाड फानुस ठुलो छ भित्र हलमा फ्रान्सबाट आयातित
डेड सौ बर्ष भयो पुरातन भनि भन्छन ति कर्मी मित
राजस्थान महा छ एक बुझनु दिल्बारा जैन मन्दिर
गर्छन त्यै संग हो बराबर भनि दाजेर ''आबु'' तिर
यस्तो सुन्दर धाम यात्री म हुँदै यात्रा गरि फर्कदा
बाटोमा कबिता रचेर अहिले पस्कन्छु दिन घर्कदा

कचहरि

कचहरि
by Chacha Bihangam on Saturday, June 11, 2011 at 9:46am
जिम्मल्को घरमा बस्यो कचहरि भेला ति पन्चे भए
मुद्दा सानो थियो, भयो तर ठुलो होला कि धनकै जय
पन्ध्रै बीस जति थिए धुरीहरू त्यो गाउको ठाउमा
दुइ घर छाडी सबै थिए खसहरु ठुला बढा नाउमा
कामि एक धुरी दमाइ शिपको छानेर गाउ जुटी
त्यो गाउ भरिमा कमाउन भनि आरन बनाए कुटी
खेति बारी र बस्तु पालन अनि बन्पात दाउरा चुलो
चाहिने व्यवसायको पनि सबै खनी जुटाए कुलो
मेला पात र पर्म गाउभरिमा ज्याला कमाउनेहरू
जिम्मावाल पुरेत मुख्य ति भए बाकि यजैमान् अरु
बोलि धाक रवाफ बिष्णु हरिको गाउमा प्रसंसा बने
गर्थे न्याय निसाफ हेरी निमुखा श्याबास सबले भने
छोरा नातिहरु सबै घरभरि आफु प्रियाले हिन
चिन्ता एक थियो उनिकन यहा एक्लो भयो जीबन
दैनिकी उनको छ नित्य प्रभुमा पुजा र आराधना
गर्दै पुस्तक फोई काट्नु दिन त्यो विरक्तिको सामना
आगन्तुक हरु आउछन समयमा सत्संगतै खातिर
व्याख्या शास्त्र र सेब्य आचरण को गर्छन भई हाजिर
कामि आरनको कमाइ गरदै बस्थ्यो उ छोरी लिइ
हुर्कायो एकलौटी छोरी उसले स्याहार चासो दिइ
घरको काम सगाई हुर्किन गई खेल्दै बनि यौबना
घर घरको हसिया चुलेसी बटुली रमाउथी निर्धना
कामको चाप बिशेस खेति रहंदा त्यो सुन्तलीको भर
आउनु जानु सधै बराबर हुने जिम्मल बढाको घर
पुस्तक बन्द गरेर नाक डिलमा चस्मा चढाई झुकी
आँखा माथि उठाई सुन्तलितिरै ति भद्र हेर्थे लुकी
मनमा बिझ्छ चसक्क यौवन पछी फर्केर हेर्दा तर
सीमा पार भयो समुन्नत भई यो दुखको के कर
गर्छु म उपभोग सुन्तली अबै भन्ने इरादा लिइ
मौका छोपी ति षोडशीकन उनि भन्छन इशारा दिइ
राम्री धेर भईस हुर्कीइ बढीस् मेरै अगाडी यहा
लाज मान्नु किन भन् छछैन घरमा पिठो र चामल त्यहा
बढ्दै जान्छ समुन्नती दिनदिनै चुलिन्छ त्यो एकदिन
झर्नै पर्छ पतन भएर विधिको नियम छ रे भन्छन
शंका गर्न हुदैन जिम्मल ठुला यो गाउका रक्षक
सबका मान्य उनि भए पतन लौ को भन्छ हुन् भक्षक
एक्लो बास बसरे गाउ डुलदै सन्यासी बस्थ्यो कुनै
फुक्दै कान दिइ प्रलोभन ठुलो कबोल्न लाउछन् उनै
सन्यासी अनि सुन्तली दुइ बने गाउभरिको कथा
मनमा पालि बसे ति जिम्मल पनि धन्ले जितेको व्यथा

बाताबरण दिवसमा''एक सबाई''

बाताबरण दिवसमा''एक सबाई''
by Chacha Bihangam on Sunday, June 5, 2011 at 1:51pm
सुन सुन पाँच हो , म केहि भन्छु
बाताबरण दिबसको सबाई कहन्छु
अन्धाधुन्ध प्रिथिबिमा मानिसले चैन
गर्न खोज्दा यस्तो हुन्छ भन हो कि हैन ?
बुझ्नु पर्छ खाँटी कुरा कस्तो असर पर्छ
विज्ञानले बासस्थान लाइ हेला गर्छ
दुइ हजार एघार , मैना मे को दिन
बाइस हो तारिख , आंधी आयो लिन
मोंतानाको शिरमाथि उत्तरतिरबाट
तातो हावा मिसिन गो परै थियो फाँट
टोरनाडो ले लियो रुप कैले कहिँ आउछ
आएपछि हेर भाइ प्रलय मचाउछ
चौसथ्ठिका''बिग्ले'' भन्छन् मेरो केशपाक्यो
इएफ़ 5 हो माप यसको,दस माईल ढाक्यो
हस्पिटलको छाना च्याति गारो भित्ता ढाल्यो
वाल मार्ट को सामान जम्मै एकै ठाउमा फाल्यो
के के लग्यो कति लग्यो भनि साध्य छैन
मानिस नै कति लग्यो खोज्दा पाइदैन
घर पालुवा जनावर चरा चुरुंगी र
रुख बारी बगैंचाको पात पतिंगर
मोटर गाडी साइकल् , ट्रक घरको छाना भित्ता
जगैदेखि उखेलेर फ्याकिद्यो बेपत्ता
आकाशमा कालो मुस्लो ढुंगा मुढा जे छ
माथि लागि एकै ठाउमा फेरी फ्याकी दे छ
कठै बरा ! जे जे थियो जहा जहा थियो
सोहोरेर उखेलेर युद्ध मचाइदियो
धन जन जिउ ज्यान कसैको रहेन
हाहाकार मचाइदियो सुरक्ष्या भएन
भुवरीको गति थियो सयेभंदा माथि
चार पाचौटा एकै ठाउमा मिसियो न जाति
गति बन्यो दोब्बर झन्डै बिनासको लीला
सबैलाई सचेत पार्न भईहाल्यो ढीला
खवर पढ्नु पत्रिकामा टि.भी पनि हेर
बिनासको पल्लो छेउ जोप्लिनमा धेर
हराएका जन धन भेटिदैनन काही
रुन थाले बाचेका ती नातेदार चाहि
यस्तो नास बिनासको पैले देखिएन
मोजौरिले भोग्नु पर्यो सेकेन्ड रोकिएन
हल्ला थियो सन्सार नै ध्वस्त हुन्छ भन्ने
खतम भयो जोप्लिन शहर बाकि बचे धन्ने