Monday, March 28, 2011

होलि !!

पुर्ब पश्चिम मेची काली उत्तरबाट धुन्चे
दक्षिणबाट नारायणी कान्तिपुर छुन्छे


चार जाति यी हुन् हेर रंग भर्ने झोला
छत्तिसै रंग यै झोलामा मिसाए के होला


चियापत्ति माड़ी माड़ी निकालेर रंग
डेउडा नाच नाच्नेलाई बनाएछ दंग

काम्लोमाथि बस भन्दै स्याखु फुकालेछ
भाङको लड्डु चखाउन पोको निकालेछ


असनदेखि इन्द्रचोक, बसन्तपुर माझ
नगरा र मादलुले गुन्जिएको सांझ


सबै व्यस्त सबै मस्त हातमा पिचकारी
सबै हामि एकै होउँ यउट़ा फूलबारी


आऊ खेलौ मिलिजुली आजको यो होलि
जे जे होला राजनीति यो देशमा भोलि


पर्ब चाड बाडौ साझा छाम्दै फरक झोली
खेल्दै जाउ सुन्दै आज चाचाको यो बोलि

चाचा - दर्पण

चाचा - दर्पण

धेरै कि थोरै न भन अब बुजिदेउ मर्मलाई
अक्षर गनी छुट्ट्याउ तिमि पाप र धर्मलाइ
खोजेर भर्न भरिन्न कैल्यै आधै छ धन्सार
आए र गए टिकेनन् कोहि भरि छ सन्सार
दिनमै चन्द्र उदाए पनि भेटिने रातमा हो
भोक र तिर्खा न मेटे सम्म चिनिन्न आत्मा यो
रिस र द्वेष मनमा राख्नु यो मात्र धोका हो
जिन्दगि यौटा कर्कलोमाथी पानीको फोका हो
बादल बर्षा सात दिने झरी आठौँ दिन टिक्दैन
कहिले काही अप्रिय सोचे संसारमा बिक्दैन
समय आउछ पर्खेनेछैन पारखी चुक्दैन
घमण्डी हुनु हुदैन हेर स्वाभिमान झुक्दैन
चिन र जान मानिस दुइ खाले हुन् संसारमा
जटाको भित्र नरिवल बिक्छ फायदा छ व्यापारमा
देखेर राम्रो बयर झांग्मा न पस लोभले
घुम्रेका तिखा काँडा ले कोर्दा झस्क्न्छौ क्षोभले
बाहिर देख्दा बयर राम्रो टिप्नलाई होश गर्नु
सफा र सेतो भित्र छ फल जटामा भर पर्नु
साच्चै हो कुरा छ पनि पुरा सुन्दा हो भनिन्छ
सुनेर मनमा खलबली उठे अप्रिय गनिन्छ
बोलेर झुटो मान्छेलाई खुसि पार्नेलाई कसैले
भन्दैन राम्रो न गर्नु आंट सम्झाउनु रसैले
मनको कुरा खुलाई दिल खोलेर पस्कनु
कसैको चित्त दुख्ला कि भनि पैले नै झस्कनु
इलमी बन्नु मनमा गुन्नु बुझेर सन्सार
खालि न बस्नु गरेर केहि बढाउनु बेपार
लिनु है अर्ति न गरि भेद मुर्ख यो भनेर
कमल फुल हिलोमा फुली शिर छुन्छ बनेर
चाचाको बसी बियालो आज यति नै भएछ
भेटौला पछी फुर्सदमा भाइ समय गएछ

नारि दिवस

नारि दिवस

इतिहास राखौ कोरी , नारि दिवसमा
मनमा जे छ ढिका फोरी, नारि दिवसमा


भित्र भित्रै अगम्य छन् जति सरल भए पनि
सकिंदैन लिन चोरी, नारि दिवसमा


लाली पाउडर गाजलुमा सजिएर झुक्क्याउछन्
तर पनि भित्र गोरी, नारि दिवसमा


हिरामोती नानाथरी सागरमा भेटिए झैँ
सबै दिन सक्ने छोरी, नारि दिवसमा


सत्यबान साबित्रिको कथा सम्झी ल्याउदा
को सक्छ र खोज्न जोरी, नारि दिवसमा

हांसी मर्नु बेश !!

यौवन छदै रुप तिम्रो छोडी दिएं मैले
तिमि संगै जिउने नाता तोडी दिए मैले


सपनाको लहरसंगै सजाएको महल
भत्काएर ईटाहरु फोडी दिए मैले


गोडी मेलि हुर्काएको सुन्दर त्यो फूल
उखेलेर चितासंग जोडी दिए मैले


तिम्रा मेरा स्मृतिहरू टाँगिएका चित्र
आँखाबाट आँशु झार्दै कोरी दिए मैले


मरी मरी बाच्नुभंदा हांसी मर्नु बेश
मन परेको छान्ने बाटो गोडी दिए मैले

उत्तरार्ध जीवनको आंधी संगै उड्यो
बाँध्ने आंट अझै भए डोरी दिए मै

Friday, March 4, 2011

गजल- लव म्यारिज

कसो गरि बाच्ने हजुर चिप्लो घस्न सकिएन
अधिनमा बस्नै पर्ने, गुन्टा कस्न सकिएन


तल माथि जे भए 'नि समाजकै चल्छ यहा
मन मिल्ने साथि लिदा घरमा पस्न सकिएन


आफ्नो इच्छा सगालेर दुनियालाई रिझाउन
जाँदा जाँदै दलदलेमा फस्न सकिएन


ठुला बढा मुखियाको निरङ्कुश मनोमानी
नमानेर घमण्डी भै मिलि बस्न सकिएन


'छिटो' हाले चोखो हुने मुटुभित्र लुकाउदा
जनै फ्याकी सिनोभित्र आफै खस्न सकिए

गजल- ''मेरो पिर''

फेस्बुक्मा शेर, शायरी, स्टाटस कुर्न गाह्रो भो
दुर्लभ भए कबिता काब्य प्रतिभा फुर्न गाह्रो भो


सपनाभरि मन्चन हुन्छन गोष्ठी र सम्मेलन
गजल तिरै ढल्कियो मन छन्दमा घुर्न गाह्रो भो


देखिए नयाँ फूलका गुच्छा रंगी र चंगी फुलेका
परिधिभित्र संयमित रही यो विधा तुर्न गाह्रो भो


छ सये एक लागेर भिड भत्ताको मुहान सुके झैँ
मक्ता र रद्दीफ सिद्दीन आँट्यो सामग्री जुर्न गाह्रो भो


बिभिन्न पेशा बिस्तृत बर्ग फरक छ ध्येय सबैको
सबैलाई यौटै साँचोमा ढाली भंडखारो पुर्न गाह्रो भो


छन्दमा मात्र कबिता कोर्ने यो '' विहंगमलाई''
संगसंगै टिप्दै पोल्टाको खाजा दगुर्न गार्हो भो

नशेमे बहो !!

तीनै नेत्र लिएर लोक तिनमा हर्ता र कर्ता बनी
त्यो चर्मासन को अगाडी भुइमा त्रिशुल गाड्ने पनि
घस्ने रंग बिरंग भस्म जिउमा हातमा लिंदै डबड़बे
शिरमा केश घुमाइ कुण्डली बन्यो गंगाजी भित्रै दबे
ओहो शान कति छ गोमन त्यहा बेरेर कन्ठै भरि
कोदाली सरिको फंडा गरि खडा सतर्क पाले सरि
ध्यान्मा मग्न भएर योगिहरुको आराध्य चिन्तन हुदा
रक्ष्या गर्नु छ काम मात्र जगमा अनिष्ठ्ले है छुदा
यस्ता शंकर बम् सदाशिब संगै गाँजा धतुरो जहर
तान्दै टोलभरि मुढाहरु धुनी बालेर रातको प्रहर
भोले बम् वमको लगाई रटना ''चाचा विहंगम'' पनि
भांगमा लट्ठ भएर बस्छ अहिले लौ आऊ तानौ भनि
मन्ले कर्म वचन् र ध्यान सबले यो कालरात्रि अहो !
कम्से कम् धतुरो भए पनि चलोस् भन्दै नशेमे बहो !!
महाशिब रात्रि ,