भर्खर बस्यो जुँगाको रेखी म माया लाउन मान्दिन
सुन्नु र बुझ्नु धेरै छ बाकि मायाको भाका जान्दिन
सिक्ने र जान्ने उमेर मेरो अल्लारे मलाई भन्दैछन्
दाइहरुसग गएर भट्टी म सर्को तान्दीन
पढेर लेखि म ठुलो बन्छु किताब काखी च्यापेर
अँध्यारो भित्र प्रकाश छर्छु म गोलि हान्दीन
पुर्ख्यौली रित थाम्नु छ मलाई बिकृतिहरु रोकेर
अइलेको युबा पिढिको बांगो चलन धान्दीन
परिक्षा पास गरेर मेरो जिन्दगि सफल पार्नलाई
जानी र बुझी कदम चाल्छु न हुने कुरा छान्दीन
समय खेर न फाली अब सुमार्ग रोज्दै लम्केर
मौकामा हिरा न फोरी बस्न म उचित ठान्दिन
भर्खर बस्यो जुँगाको रेखी म माया लाउन मान्दिन
सुन्नु र बुझ्नु धेरै छ बाकि मायाको भाका जान्दि
Tuesday, January 25, 2011
बिजुली
हो , नाम हो बिजुली तर नेपालको !
अनि किन न हुनु त झुलुक्क,
थाहै न पाई आउछिन पुलुक्क ,
यिनको बानि यस्तै हो बराजु
गएको थाहै हुदैन लुरुक्क ,
आफिसमा हाकिम जस्तै गुडेर
आउछिन अनि जान्छिन भुरुक्क ,
कोसेली खान पल्केपछी के त !
आउदा जो पनि हुन्छ फुरुक्क ,
यहा पानि पनि त यस्तै हो नि !
आउछिन र गैहाल्छिंन सुरुक्क ,
एकछिन न गा भे नि हुन्थ्यो
अंध्यारोमा को उठ्छ जुरुक्क ,
भुइचालो जस्तै छ त यिनको बानि
गएपछि डरले सबै तुरुक्क ,
यो भन्दा त बरु 'हाइटी' राम्रो
कतिसम्म रुवाएको एसले धुरुक्क ,
के तलब बढ्न पांच वर्ष कुर्नु पर्दैन र !
आ`वोस भनेर सबै हुन्छन हुरुक्क ,
केहि लछार्दैन इन्टर पोल एफ बि आइ ले
कसैको प्राणै जावस न घुरुक्क ,
असनमा फाला फाल छ रे !
लालटिन किन अब खुरुक्क !
अनि किन न हुनु त झुलुक्क,
थाहै न पाई आउछिन पुलुक्क ,
यिनको बानि यस्तै हो बराजु
गएको थाहै हुदैन लुरुक्क ,
आफिसमा हाकिम जस्तै गुडेर
आउछिन अनि जान्छिन भुरुक्क ,
कोसेली खान पल्केपछी के त !
आउदा जो पनि हुन्छ फुरुक्क ,
यहा पानि पनि त यस्तै हो नि !
आउछिन र गैहाल्छिंन सुरुक्क ,
एकछिन न गा भे नि हुन्थ्यो
अंध्यारोमा को उठ्छ जुरुक्क ,
भुइचालो जस्तै छ त यिनको बानि
गएपछि डरले सबै तुरुक्क ,
यो भन्दा त बरु 'हाइटी' राम्रो
कतिसम्म रुवाएको एसले धुरुक्क ,
के तलब बढ्न पांच वर्ष कुर्नु पर्दैन र !
आ`वोस भनेर सबै हुन्छन हुरुक्क ,
केहि लछार्दैन इन्टर पोल एफ बि आइ ले
कसैको प्राणै जावस न घुरुक्क ,
असनमा फाला फाल छ रे !
लालटिन किन अब खुरुक्क !
Wednesday, January 19, 2011
चट्ट गुन्द्रूक साँधी !!
गाउँ पाखा सखिहरु संगै डण्डीब्यो खेली बन्मा
बित्ने जीवन सहज रुपले सम्झदा भित्र मन्मा
पढ्दै खेल्दै गुरुघर गइ काममा ब्यस्त बन्दा
सादा जीवन कति सरल थियो कम्प्युटर टिभी भन्दा !
फर्की हेर्छु छ दसक अघिको दिब्य त्यो काम काज
भन्छु, नातिहरु सब सुनी पर्दछन् छक्क आज
घरका सारा जनहरु उपर बाबुआमा छहारी
खेतीबारी समय समयको चाड बित्थ्यो लघारी !
जुवा गोरु अनि असल हलो बन्चरो मुख्य हूने
गाइ बाख्रा घरभरि भई गोठमा भैसी दूने
पाखा बारी पुगिसरी हुँदा खेतको छैन दुख्ख
कोदो आलु मकई र मुला मासखेती छ मुख्य !
उखु खेति नगद भरने नोकरी छैन काम
लूगा फाटो अनि नुन जिरा किन्न लाइ दिन्छ दाम
गाऊ का घर वरपर छरिई पालि छाना भएका
आँगन जाँतो ढिकी पछि पराल् माच माथि रहेका !
बारी पाखा मलजल थपिने आशमा कोइली गाउछ
मन्सुन् बर्षा ऋतु बद्लिदा जोश तातेर आउछ
डोको नाम्लो घरघर ठडियो भर्न मल् खादी खांदी
खाजा बाड़छिन् घरबुढी खुसीले चट्ट गुन्द्रूक साँधी !

मकर संक्रान्ति
यी सुर्जे भागबान् चढेर रथमा यो विश्व नै हाक्दछन्
बार्है राशि बटोली तिस्दिन बसी बार्है पटक सर्दछन्
हामि हौ अनुयायी सूर्य दिनको सक्रान्ति भन्दै गनी
माछासम्म पुगेर फेर घुमी फिरी भेडैमा आउछन् उनि
यिनको चक्करले दिमाग नरको बसाइ पिच्छे फरक्
सोचाइ र गराईमा पनि सधै उतार चढाब् को हरक्
गोहिमा म त सर्छु आज मनुवा भन्दै हिंडेको दिन
लामो रात घटाई त्यो दिन अझै लम्ब्याउनु पर्ने किन ?
उत्तर दक्षिणको बनाई अखडा एता र कैले उता
गर्दामा सब पृथ्वीमा पनि चहल् पहल् छ देख्छु म ता
घ्यु चाकु तिलको छ लड्डु खँदिलो गाईको होस् ताजा घिउ
पालुंगो हरियो पिंडालु र तरुल , डोलो तरुलको जिउ
के के हो अरु कुन्नि ठाउ र प्रदेश खाने कुरा हो जुन
उखु वा उखुको सखर पनि मिठो मिलाई खाँदा हुन
पापैलाई पखाल्न पानि न पुगी होला नि तिर्थे भनि
उज्जैन ,नासिक ,त्यो प्रयाग र हरि द्वारमा नुहाउने पनि
देखें भोग पनि गरें कति पटक पन्जाबको माघीको
सर्सों साग र रोटि मक्की दि भनि बाल्दै ठुटा टाँगीको
जे गर्दा मन यो प्रसन्न हुन गै थामिन्छ यो भ्रान्ति झैँ
आजै यो दिन पुण्य चाड ऋतुको घुमोस् है संक्रान्ति भै !
जनवरी १४
भर्जिनिया,
चाचा विहंगम

Friday, January 14, 2011
बाल कबिता - भंगेरा
बस्छु झ्यांस र घुस्यान मिसाई
गौथली संगसगै न रिसाई
गाउको घरघरै गरि डेरा
तीन अक्षर छ नाउ भंगेरा !
सानु सानु जिउको छु हलुका
छैन बन्धन कतै म छु फूका
भागि हाल्छु कहिँ लठ्ठी उठाए
खेल्छु बालक संगै न अँठ्याए !
भुर्र भुर्र नभमा उडी चारा
खोज्छु हिंड्छु दिनहुँ भुइँ सारा
देख्छु आँगन भरि छरिएको
पोखी बिस्कुन उठाई रहेको !
भोक प्यास अति नै गरि जाग्छ
बेइमान हरुको डर लाग्छ
चर्न जाउ कि न जाउ नजीकै
देख्दछु घरबुढी पनि ठीकै !
आंट गर्छु अति छिन् ति दयालु
छेउमा गइ बसी बनि चालु
फुर्र फुर्र गरि हेरी खजाना
बढ़दछु अघि निकै टिपी खाना !
पेट सानु त्यसमा पनि पानि
पिउनु पर्छ रसिलो गुण जानी
बच्नु पर्छ कति छन् कति ब्याधा
हुन्छ शोक पिरले जिउ आधा !
गोलि बारुद धराप गुलेली
शत्रु छन् वरिपरी अति झेली
गर्छु तैपनि हितै टिपी कीरा
बालि बोटहरुको बनि हीरा !
रात पर्छ अब दिन् बितिहाल्यो
पेटमा अलिकति परि हाल्यो
बच्नु पर्छ गुंडमा छली आंधी
लोभ छाडी अब बस्छु समाधि !
तीन अक्षर छ नाउ भंगेरा
बाबु हो मकन देउ सहारा
पाठ घोक पिंडी मा बसी हेर्दै
चित्रमा कलमले रंग फेर्दै !
चाचा विहंगम ,
भर्जिनिया, जनवरी १२
गौथली संगसगै न रिसाई
गाउको घरघरै गरि डेरा
तीन अक्षर छ नाउ भंगेरा !
सानु सानु जिउको छु हलुका
छैन बन्धन कतै म छु फूका
भागि हाल्छु कहिँ लठ्ठी उठाए
खेल्छु बालक संगै न अँठ्याए !
भुर्र भुर्र नभमा उडी चारा
खोज्छु हिंड्छु दिनहुँ भुइँ सारा
देख्छु आँगन भरि छरिएको
पोखी बिस्कुन उठाई रहेको !
भोक प्यास अति नै गरि जाग्छ
बेइमान हरुको डर लाग्छ
चर्न जाउ कि न जाउ नजीकै
देख्दछु घरबुढी पनि ठीकै !
आंट गर्छु अति छिन् ति दयालु
छेउमा गइ बसी बनि चालु
फुर्र फुर्र गरि हेरी खजाना
बढ़दछु अघि निकै टिपी खाना !
पेट सानु त्यसमा पनि पानि
पिउनु पर्छ रसिलो गुण जानी
बच्नु पर्छ कति छन् कति ब्याधा
हुन्छ शोक पिरले जिउ आधा !
गोलि बारुद धराप गुलेली
शत्रु छन् वरिपरी अति झेली
गर्छु तैपनि हितै टिपी कीरा
बालि बोटहरुको बनि हीरा !
रात पर्छ अब दिन् बितिहाल्यो
पेटमा अलिकति परि हाल्यो
बच्नु पर्छ गुंडमा छली आंधी
लोभ छाडी अब बस्छु समाधि !
तीन अक्षर छ नाउ भंगेरा
बाबु हो मकन देउ सहारा
पाठ घोक पिंडी मा बसी हेर्दै
चित्रमा कलमले रंग फेर्दै !
चाचा विहंगम ,
भर्जिनिया, जनवरी १२
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !
by Chacha Bihangam on Friday, January 7, 2011 at 5:45am
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !
बन्जर मेरो छातीमा माया दरेर हुन्थ्यो के !
माछाको पित्त दुबैको चित्त लट्टाई मा बेर्या धागो झैँ !
पैलेको बाचा कबुल पुरा गरेर हुन्थ्यो के !
खनि र खोस्री मल्जल गर्दा हुर्कने माया बेलैमा !
पत्थर बाँझो खेतमा गाइ चरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !
मनको भित्र पलाई टुसा झाँगिन पर्नेमा !
देखेको सिको बतासे माया छरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के
देखाउने माया बाहिरमात्र साच्चिकै माया रसाउदा !
असिना जस्तै दर्कने फाटो टरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !
किनारा वारि किनारापारी अँगालो मारी बस्ने मन् !
दुबैले हात समाई जघार तरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !
पहिलो भेट गाढा र लामो बिहानी छाया झैँ !
न सकी थाम्न अरु नै मन परेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !
भनिन्छ माया पाथीले नापे चुलिदै भैमा झर्छ रे !
छातीको न्यानो सासले माया भरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !
छत्तीसे माया के माया भो र त्रिसठ्ठी माया न पाए !
दिएर धोका छिमेक्मै डेरा सरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !
जनवरी ७ ,
भर्जिनिया.

मनको बह !
मनको बह न पोखिकनै आफ्नै मन् भाचुं कि ?
एकबारको चोला यस्तै हो भनि मुटुमै साचुं कि ?
नियाली हेर्दा देखिन्छ धब्बा पूर्णेको चन्द्र मा !
नम्बरी सुन्मा के लाग्यो दाग कसीमा जाचुं कि ?
बनमा न्याउली बिरह बोल्छ जुनतारा देख्दैन !
बिसाई भारि चौतारिमाझ एक्लै पो नाचूँ कि ?
मनको मैलो साबुन दली पखाल्न सकिन्न !
पिएर बिष जिन्दगि भरि दोषी भै बाचूँ कि
virginia
jaunary.

Subscribe to:
Posts (Atom)