बस्छु झ्यांस र घुस्यान मिसाई
गौथली संगसगै न रिसाई
गाउको घरघरै गरि डेरा
तीन अक्षर छ नाउ भंगेरा !
सानु सानु जिउको छु हलुका
छैन बन्धन कतै म छु फूका
भागि हाल्छु कहिँ लठ्ठी उठाए
खेल्छु बालक संगै न अँठ्याए !
भुर्र भुर्र नभमा उडी चारा
खोज्छु हिंड्छु दिनहुँ भुइँ सारा
देख्छु आँगन भरि छरिएको
पोखी बिस्कुन उठाई रहेको !
भोक प्यास अति नै गरि जाग्छ
बेइमान हरुको डर लाग्छ
चर्न जाउ कि न जाउ नजीकै
देख्दछु घरबुढी पनि ठीकै !
आंट गर्छु अति छिन् ति दयालु
छेउमा गइ बसी बनि चालु
फुर्र फुर्र गरि हेरी खजाना
बढ़दछु अघि निकै टिपी खाना !
पेट सानु त्यसमा पनि पानि
पिउनु पर्छ रसिलो गुण जानी
बच्नु पर्छ कति छन् कति ब्याधा
हुन्छ शोक पिरले जिउ आधा !
गोलि बारुद धराप गुलेली
शत्रु छन् वरिपरी अति झेली
गर्छु तैपनि हितै टिपी कीरा
बालि बोटहरुको बनि हीरा !
रात पर्छ अब दिन् बितिहाल्यो
पेटमा अलिकति परि हाल्यो
बच्नु पर्छ गुंडमा छली आंधी
लोभ छाडी अब बस्छु समाधि !
तीन अक्षर छ नाउ भंगेरा
बाबु हो मकन देउ सहारा
पाठ घोक पिंडी मा बसी हेर्दै
चित्रमा कलमले रंग फेर्दै !
चाचा विहंगम ,
भर्जिनिया, जनवरी १२
Friday, January 14, 2011
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !
by Chacha Bihangam on Friday, January 7, 2011 at 5:45am
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !
बन्जर मेरो छातीमा माया दरेर हुन्थ्यो के !
माछाको पित्त दुबैको चित्त लट्टाई मा बेर्या धागो झैँ !
पैलेको बाचा कबुल पुरा गरेर हुन्थ्यो के !
खनि र खोस्री मल्जल गर्दा हुर्कने माया बेलैमा !
पत्थर बाँझो खेतमा गाइ चरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !
मनको भित्र पलाई टुसा झाँगिन पर्नेमा !
देखेको सिको बतासे माया छरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के
देखाउने माया बाहिरमात्र साच्चिकै माया रसाउदा !
असिना जस्तै दर्कने फाटो टरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !
किनारा वारि किनारापारी अँगालो मारी बस्ने मन् !
दुबैले हात समाई जघार तरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !
पहिलो भेट गाढा र लामो बिहानी छाया झैँ !
न सकी थाम्न अरु नै मन परेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !
भनिन्छ माया पाथीले नापे चुलिदै भैमा झर्छ रे !
छातीको न्यानो सासले माया भरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !
छत्तीसे माया के माया भो र त्रिसठ्ठी माया न पाए !
दिएर धोका छिमेक्मै डेरा सरेर हुन्थ्यो के !
हिमाली डाँफे तराइ मैदान् झरेर हुन्थ्यो के !
जनवरी ७ ,
भर्जिनिया.

मनको बह !
मनको बह न पोखिकनै आफ्नै मन् भाचुं कि ?
एकबारको चोला यस्तै हो भनि मुटुमै साचुं कि ?
नियाली हेर्दा देखिन्छ धब्बा पूर्णेको चन्द्र मा !
नम्बरी सुन्मा के लाग्यो दाग कसीमा जाचुं कि ?
बनमा न्याउली बिरह बोल्छ जुनतारा देख्दैन !
बिसाई भारि चौतारिमाझ एक्लै पो नाचूँ कि ?
मनको मैलो साबुन दली पखाल्न सकिन्न !
पिएर बिष जिन्दगि भरि दोषी भै बाचूँ कि
virginia
jaunary.

राम्री केटि खोज्या हो ज्यू ?
राम्री छु यस अर्थमा सुन प्रिये ! मन्को हिरा मोति झैँ
हेर्छो खालि निधार ओठ रसिलो पाइन्न त्यो खोज्न गै !
बुझ्नु बाकि कति छ चाल चलनै कुल्को र मुल्को चुरो
भन्नु के छ र खोलि बाक्य रसिलो देख्छु कपाल्को जुरो !
तिम्रो के छ बिचार सोध्छु म पनि खोलेर दिल जे छ है
यात्रा जीवनको निभाउन तिमि सक्षम कति छौ ल खै ?
शंका छैन म ता तयार छु परम्परा निभाउने कुरा
केटाको जति आनी बानि र कुरा लुक्दैन हाम्रो पुरा !
आँटिलो हुनुपर्छ योग्य बरले प्रस्ताब आउदै गरे
साथ्मा साथ दिएर यो बहुरुपी सन्सार सब्ले तरे !
खुट्टा कांपी कपाई त्यो नदी जंघार तर्ने कुरा छाडी देउ
हिम्मत बाँधी कमर कसेर अहिल्यै शंका जति फाली देउ !
पुत्री हुन कि सुपुत्र शुद्ध कुलमा जन्मेर हुर्की बढे
लायक् छन् ति दुबै सुबन्धन बिहे गरेर मन्त्रै पढे !
जोडी मिल्न कठिन छ हेर मनमा साचेर सोचे सरि
यौटा बिन्दु छ त्यो छ ग्राह्य दुइमा बिस्वास जित्ने गरि !
केटि खोज न खोज केटि जसले आफ्नो भलो सोच्दछन्
केटाको हितमा समर्पित भई घरको भलो रोज्दछन् !
(कन्यार्थीहरुको गुनासोमा आधारित)

Saturday, January 1, 2011
happy new year: I do hope still i dare !!
looking back to two o ten !
crossing a long journey,
then and now!
grew up a bit older,
loss of memories!
closer to destiny,
dreams of worries!
little more unable,
shortened limbs !
added values ,
to grey matter!
an asset to nation,
a burden to family!
a hate to neighbor,
saddened friends !
a gloomy home,
deserted garden!
lonely issues,
tears in the eyes,
unhappy pets !
screws and nuts jammed,
quirking doors !
no, i don't any more,
happy birthdays to hear !
repeatedly came and,
took my youth !
that's true everybody,
it took my look !
grey hair, eyebrows,
growing grey beards !
frightened grandchild,
scarred ,running away !
celebrating gladly,
happy new year to-day !
would you like to see your face,
in the mirror to-morrow !
looking back to two o eleven,
would you like to see your face !
in the mirror again and again,
next year in two o twelve !
dreadful, fearful , wrinkled own face,
celebrating new year how can you face ?
again new year how can you dare ?
i do have hope,
still i dare!
New year's Eve,
2010.
Virginia
crossing a long journey,
then and now!
grew up a bit older,
loss of memories!
closer to destiny,
dreams of worries!
little more unable,
shortened limbs !
added values ,
to grey matter!
an asset to nation,
a burden to family!
a hate to neighbor,
saddened friends !
a gloomy home,
deserted garden!
lonely issues,
tears in the eyes,
unhappy pets !
screws and nuts jammed,
quirking doors !
no, i don't any more,
happy birthdays to hear !
repeatedly came and,
took my youth !
that's true everybody,
it took my look !
grey hair, eyebrows,
growing grey beards !
frightened grandchild,
scarred ,running away !
celebrating gladly,
happy new year to-day !
would you like to see your face,
in the mirror to-morrow !
looking back to two o eleven,
would you like to see your face !
in the mirror again and again,
next year in two o twelve !
dreadful, fearful , wrinkled own face,
celebrating new year how can you face ?
again new year how can you dare ?
i do have hope,
still i dare!
New year's Eve,
2010.
Virginia
शुभ कामना !!!
बसन्तले संधैभरी हरियाली फेरे जस्तै
बसन्तीले मोहनीको छड्के आँखा हेरे जस्तै
बर्षे भरि एघारमा चिताएको कुरा
कामना त्यो पुगीरहोस् पाउमा पोस फेरे जस्तै !
सिरी सिरी चिसो हावा बहोस् जिन्दगीमा
कर्म क्षेत्र अघि बढोस् उच्चताको तयारीमा
आउदै जादै गर्ने दुख-सुखको त बानि नै हो
फुलाउन छाड्नु हुन्न गुलाब त्यो फूलबारीमा !
नव बर्ष फुलोस फलोस पूर्ण चन्द्र उदाए झैँ
सुख शान्ति बनि रहोस मन्दिरमा जुटाए झैँ
मिलि जुली सबै बसुन प्रति दाना अनारमा
फोरी हेर्दा बसेका छन् सबै भित्र अटाए झैँ

शान्तिक्षेत्र खै ?
कुन हो बिस्वमा स्थान नेपाल देशको अब !
बुझाउँ मित्रको चित्त कसरी बुझ्दछन सब
अब त्यो छैन रे हेर देशमा बुद्धको गति !
अहिंसा शान्तिको मार्ग हुने नै भो त ? दुर्गति !
के सुन्दछु कुरा तीतो बुद्ध भारतमा पसे !
सत्तामा बुद्धको आसन् पलेटी बाँधी को ? बसे !
स्वयंभू बुद्धको मन्दिर बौद्ध मा छैन ? के भयो !
सुनिन्छ लुम्बिनी तीर्थ बसाई सर्नुमा गयो !
देहमा दुस्टको दृस्टी बलात्कार भए सरि !
नेपालीहरुको आस्था चुंडीयेछ त के गरि !
भन्दथे बिस्वले यौटा शान्तिक्षेत्र छ है त्यहा !
अन्त्य भो बंश नै आज राजकाज गयो कहा !
बिस्वभर देशको चर्चा कति हुन्छ निरन्तर !
नेपालीहरुको मन्मा शान्ति खै दृस्टीगोचर !
राजनीति प्रजानीति न्यायनीति छ अस्थिर !
पलपल्मा परिवर्तन मन के हुन्छ ढुक्क र !
ठाडो शिर सगरमाथा मान्दैन झुक्न यो कहिँ !
फेदैबाट भनौ ढाल्न प्रयत्नरत छन् यहिँ !
कुन हो बिस्वमा स्थान नेपाल देशको सुन !
बुझाउँ मित्रको चित्त कसरी बुझ्दछन भन

Subscribe to:
Posts (Atom)