ठिकठाक् गर्नु क्रियाकलाप दिनदिन् चाईदैन जिम्नासियम
सोफा छाडी उठी जुरुक्क हिडने कडा बनाउनु नियम् !
ढोका खोलि पवन खुला प्रकृतिको गर्दै गरि सेवन
ताजा राख्नु शरीर रोग विपरीत् प्रसन्न पारि मन !
टिभी मोभी र फेस-बुक इतिको सिमित गर्दै प्रयोग
आवश्यक जति पर्छ अध्ययनकै लागि गरे भाग्छ रोग !
आस्था ईश प्रति लगाई मनमा छोडेर आडम्बर
छोटो चालचलन चुटुक्क गरिदा समाजको के डर !
आफ्नो हुन्छ सदैब दैनिकी सधै कर्तब्य दिन्का दिन
गर्ने गर्नु लगाई ध्यान रुचिले त्यो बन्छ योग्यै लिन !
मध्यम्मार्ग सुगम् छ गर्नु अबलम्बन् छाडी टुप्पो र छेउ
ज्यादा लोभ न गर्नु केहि चिजमा पुगेपछि छोडी देउ !
मिठो बोलि बचन् कुरा बहसमा सुन्दै अरुको कुरा
तर्कैसंगतले रिझाई मनमा टुंगेर जावस पुरा !
मन्को द्वन्द लडाई झर र झगडा यी कैची हुन् आयुका
तापको उच्च तनाब चाप् रगतको दुस्मन् भए स्नायुका !
पालन् गर्नु सदैब अल्छी न गरी कडा नियम् दाँतको
मेरो बिन्ति सबै युवा युबतिमा गम्भीर यो बातको !
Saturday, September 18, 2010
Tuesday, September 7, 2010
हो रे, थियो रे !
एकादेशमा यौटा थियो 'नेपाल' भन्ने देश
बसोबास गर्नेजति सबै थिए बेश
सिधा साधा बोलि चाली हिमाली हो भेष
निष्ठा कर्म आस्था धर्म फुलाउथ्यो केश !
हुने गर्थे राजा पनि गर्दैनथे गेश
प्रयोग गर्थे बिबेक नै गोटी चाली चेस
देश थियो उन्नतिमा प्रजा बुन्थे खेस
नेता धेरै जन्मेपछि लागेछ रे ठेस !
गर्दारेछन प्रत्येकले स्वार्थि बूँदा पेश
बदमास्ले सधैभरी जित्दोरेछ रेश
राज्य फुटी टुक्रीएछ तराइ र मधेश
आज जनता सबै भए विदेशीले लेश !
त्यसैले,
गण तन्त्र रणतन्त्र रह्यो मन्त्र मूल
सातु मुछ्दै काम्लोमाथि गरे ठुलो भूल
अब कैल्यै फुल्नेछैन नेपालीको फूल
आसु चुहाउ कि त रमाउ, कि बिदेसमै डुल !
बसोबास गर्नेजति सबै थिए बेश
सिधा साधा बोलि चाली हिमाली हो भेष
निष्ठा कर्म आस्था धर्म फुलाउथ्यो केश !
हुने गर्थे राजा पनि गर्दैनथे गेश
प्रयोग गर्थे बिबेक नै गोटी चाली चेस
देश थियो उन्नतिमा प्रजा बुन्थे खेस
नेता धेरै जन्मेपछि लागेछ रे ठेस !
गर्दारेछन प्रत्येकले स्वार्थि बूँदा पेश
बदमास्ले सधैभरी जित्दोरेछ रेश
राज्य फुटी टुक्रीएछ तराइ र मधेश
आज जनता सबै भए विदेशीले लेश !
त्यसैले,
गण तन्त्र रणतन्त्र रह्यो मन्त्र मूल
सातु मुछ्दै काम्लोमाथि गरे ठुलो भूल
अब कैल्यै फुल्नेछैन नेपालीको फूल
आसु चुहाउ कि त रमाउ, कि बिदेसमै डुल !
फेसबुकमा फ्रेस लुक
आउ तिमि पनि आउ
यो काखे समुद्रमा डुबुल्की मार्न,
उदयाचल देखि न अस्ताए सम्म
स्वभाव अनुकुल दिमागको शेखी झार्न,
यहा तिमि के बन्न सक्दैनौ र
छर पस्ट ग्यान विज्ञानमा किरा पार्न ,
बिहानीको किरण देखि स्वमूर्त रुपमा
न हिचकिचाउ शब्द ज्ञानको जरो तिखार्न
जाने बुझे सम्मको झटारोले हान्दै
आफ्नो किल्ला बार्न
सहभागी लाई पछाडी लखेट्दै
नौलो प्रयोगले झिंगे माछा तार्न
आउ तिमि पनि आउ
यो काखे समुद्रमा डुबुल्की मार्न
आउ तिमि पनि आउ
फेसबुकको भुँडी दार्न
यो काखे समुद्रमा डुबुल्की मार्न,
उदयाचल देखि न अस्ताए सम्म
स्वभाव अनुकुल दिमागको शेखी झार्न,
यहा तिमि के बन्न सक्दैनौ र
छर पस्ट ग्यान विज्ञानमा किरा पार्न ,
बिहानीको किरण देखि स्वमूर्त रुपमा
न हिचकिचाउ शब्द ज्ञानको जरो तिखार्न
जाने बुझे सम्मको झटारोले हान्दै
आफ्नो किल्ला बार्न
सहभागी लाई पछाडी लखेट्दै
नौलो प्रयोगले झिंगे माछा तार्न
आउ तिमि पनि आउ
यो काखे समुद्रमा डुबुल्की मार्न
आउ तिमि पनि आउ
फेसबुकको भुँडी दार्न
मातृ-पितृ वियोग
माता मेरी थिइन् अति गुणवती हे दैब के जाल गर्यौ
तिम्रो पुस्तकमा थिएन अरु जो काख् मेरो न्यानो हर्यौ!
दिन्छौ नि दिन ता अगाध रसिलो वात्सल्य नौनी सरी
लिन्छौ खोसी रुवाइ हासु कहिले खोलेर दिल बेसरी!
मेरा हात र पाउ खोइ अहिले सक्षम भई काखमा
खेल्दै खाइ निदाई मस्त न हुदै फाली दियौ राखमा!
के जानौ कसरी तिमि किन यति हुदै गयौ निस्ठुरी
तिम्रो श्रीस्र्टि रदृस्टी योअति कडा सहू म भ्रम्मा परी!
थान्ग्नावाट उठेर पेट रितिदा स्तन मागी बस्थे रुदै
काख्माबोकी उठाई अमृतमिठो को दिन्छ मुख्मा सधै!
मेरो भूल भएछ के कति यहा निर्बाह गर्छु तन
निर्दोषी मनको लिएर अवसर के बिस्व हाक्छौ भन!
सन्सार श्रीस्टि गरेर रम्य रचना दिएँ भनि भन्द थ्यौ
फुल्दै फूल बनेर फक्रि न सकी फेदमा छुरी हान्दछौ!
गर्ने छैन कदापी भूल म पछी जाल्मा उनैकै सरी
मान्ने छैन नियम र कानुन पनि बिस्वास तिम्रो गरी!
निष्ठूरी यति छौ कि के गरू बयान् न पुग्दै मैना दिन
बाबालाई डुबाई शोक नदीमा साथमा उठायौ किन?
छोरो हुन्छ ठुलो उ थाम्छ घरबार भन्दै पटुकी कसी
कोदाली र कुटो चलाई दुध भात् ख्वाउनु भो आँगन बसी!
हात्खुट्टा कलिला थिए उस बखत् सकिन सेवा दिन
पालो पर्खी बसें चुकाउन भनि पितृत्वको त्यो रिन!
तिम्रो सामु म भन्न सक्छु उभिई निर्भिक भई हेर लौ
आफ्नै सन्तति माथि अप्रिय गरी के न्याय पो गर्दछौ!
तिम्रो मण्डलमा छ न्याय भरने निस्पक्ष निर्क्यौल गरि
न्यायाधिश कुनै म भेटुँ कि गई अपील फारम भरि!
सम्शोधन् पनि गर्नु पर्छ कहिले काही जगतको स्थिति
बज्रैपात ठुलो दिइ यति कडा चल्दैन तिम्रो रिति!
कत्ति छाती पिटुं अगाडी उभीइ छौ मूक दर्शक तिमि
लात्तीले भुइमा बजारी अहिले थर्काई दिउ कि जिमी!
अन्नै पानि बिना म बस्छु ध्र र ना तिम्रो अगाडी यहा
तिम्रा नेत्र तीनै खुलाउन सके कि न्याय पाउला त्यहा!
यसपाली जति दण्ड भोग्न मकनै दिने प्रतिज्ञा लियौ
ठुलो घात गर्यौ नि हे! रचयिता यो दुक्ख फेरी न द्यौ!
आँशु यो म खसाली व्यग्र मनले सास्टांग बिन्ति छ छेउ
पाउ पर्छु म भन्छु फेरी तिमीलाई यो दुक्ख कैल्यै न देउ

Sunday, August 22, 2010
घुम्न जाउँ चापागाउँ !!!
काठमाण्डौ छ सुरम्य त्यो अति गहन घुईचो मटरकारको
पाटन भक्तपुरै छ तीन नगरी बिच्मा ठिमी हारको
फर्पिंग दक्षिण काली किर्तिपुरको चोभार डाँडा सरी
छेउछाउमा अरु छन् नि दक्षिण पटि सिस्नेरी गोदावरी
बाग्देबी ति सरस्वति अलि परै छिमेकीका सृस्टिमा
लेलेमा बसी उत्तरै मुख गरि हेर्छिन् हिमाल् दृष्टिमा
ब्रिन्दाबन बनको नजीकपनको आनन्द सेवन गरि
चापागाउ अंगाली बस्छ बहुरंग पेशा अनेकौ थरि
जाउलाखेल लगन र सात थरिको बाटो खुली कारको
मेरो कर्म भुमि बन्यो कति पटक बाँझो खुमलटारको
बज्रै बारहि नेर सानु नगरी अपार बाहुल्यको
व्यापारीहरु हिड्दछन् यबनिका बोक्दै बहुमुल्यको
खुर्सानी र छ्वाली धान कहिले बिस्कुन सुकाउने थलो
झ्यालमा टाँगी उनेर माल्यसरिको प्रयोग गर्छन् खलो
बाटोमा रमिता कति पटक ता नासपाती काँक्रो टुसा
च्याउ लप्सी खुवा भरेर खरपन् बोकी न खुल्दै उषा
आवत् जावत को छ केन्द्र पनि त्यो दक्षिण भेग् जोडने
यस्तो बस्ति छ हेर रम्य नगरी सम्बन्ध झन् गोडने
बासिन्दा हरु गाउँका मृदु वचन् बोल्छन् अति प्यारको
जत्ति छन् हँसिला खुसि र रसिला बस्ति अनुसारको
घुम्दै मन्दिर हेरी शान्त उपवन् दर्शन गरि देबीको
कसको मन् न रमाउला घुमिफिरी आनन्दबन सेविको
छाडौ गर्न कुरा न ढाँटि कन लौ सौहार्द्र भर्छन् जन
ठुला छन् भवनै वरी परि सबै मन् चोरि लिन्छन् झन

Sunday, August 8, 2010
ये दुनिया रे दुनिया !!
दुनिया खुशिमे आँख मूद्के
गमके सिमाना करते है पार
चक्र बराबर घुमते है दोनो
गम और खुशिया बेशुमार !
एक दिन लौटके आती है गम
हाल टटोलती फिर उनके द्वार
भूल जाते है वो दिन फिर
रहते है मानकर अपनी हार !
इसलिए,
कहता हुं साजन बाँट लो अपनी
खुशियाँ सबसे, उनकी थामे गम
समतामे समाई हुइ है सागर
सोच लो वैसे हि रह सके हम !
गमके सिमाना करते है पार
चक्र बराबर घुमते है दोनो
गम और खुशिया बेशुमार !
एक दिन लौटके आती है गम
हाल टटोलती फिर उनके द्वार
भूल जाते है वो दिन फिर
रहते है मानकर अपनी हार !
इसलिए,
कहता हुं साजन बाँट लो अपनी
खुशियाँ सबसे, उनकी थामे गम
समतामे समाई हुइ है सागर
सोच लो वैसे हि रह सके हम !
लघु कथा
एकादेशको यौटा बस्ति
तिर्खालाग्यो पानि खोजे
बाटामुनी पधेरो रेछ
उत्सुकताबस घरै रोजे
ढोका खोलिन हासेर बोलिन्
एक्लै रेछिन भनि ठाने
खेल्दै थियो मनमा कुरा
भित्रबाट निस्क्यो होजे !
* * *
कता कता बादललाई
हावाको झोकाले !
हाने झैँ देखिन्थ्यो
पानीको फोकाले !
लत्रेको चुदरी बेर्दै,
लामो सास फेर्दै ,
आभास दिन्थीन्
प्रताडित भएझै !
द्रौपदीको हालतमा
शकुनीको धोकाले !
तिर्खालाग्यो पानि खोजे
बाटामुनी पधेरो रेछ
उत्सुकताबस घरै रोजे
ढोका खोलिन हासेर बोलिन्
एक्लै रेछिन भनि ठाने
खेल्दै थियो मनमा कुरा
भित्रबाट निस्क्यो होजे !
* * *
कता कता बादललाई
हावाको झोकाले !
हाने झैँ देखिन्थ्यो
पानीको फोकाले !
लत्रेको चुदरी बेर्दै,
लामो सास फेर्दै ,
आभास दिन्थीन्
प्रताडित भएझै !
द्रौपदीको हालतमा
शकुनीको धोकाले !
Subscribe to:
Posts (Atom)