मनले मेरो खोजेर हिंड्छ देवत्व कस्तो हुन्छ ?
तनले मेरो रोजेर भन्छ आत्मालाई सुनाउ, सुन्छ !
कल्पनाभरि चुर्लम्म डुब्ने लोकोक्ति संस्कार
कर्म पो हो कि धर्मले बन्छ दुइटामा यौटा कुन्छ ?
न खनि बाटो भिरमा गाडी गुडाउन पर्दैन
न कोरी रेखा धर्मले पैला कर्म त्यो सर्दैन
धर्मको अर्थ न खोजौं व्यर्थ सद्बुद्धि सदाचार
पिंजडा भित्र गरेमा कैद कर्म त्यो मर्दैन
खराब जति त्यागेर बस्दा कर्मको बाटोमा
खोजेर हिड्न पर्ने नै छैन धर्मको साटोमा
छोपेर आँखा डोर्याई दिन्छ बल गर्नु पर्दैन
बिस्वास गर्नु मर्म त्यो बुझ्नु ग्रहण को टाटोमा
Wednesday, May 26, 2010
Tuesday, May 18, 2010
आमा
तिमीले भन्दा यईया यईया मैले भने आमा
कति खप्यौ रात गन्यौ कति पर्यो धामा
सात बर्षकी मात्र थिएँ पराइ घर को आँगन
उफ्री नाच्ने मन थियो लगाएरै जामा
गएँ घर भएँ पर छुटे माइती सबै
बुझ्न थालें अलि अलि तिम्रो मनको भाषा
काख भर्ने आशा तिम्रो रेछ कति चाडै
आफु जस्तै बनाउने आमा यौटी खासा
खाउँ खाउँ लाउँ लाउँ भन्ने उमेरैमा
भोग्न पर्ने रेछ दुख सन्सार चलाउन
बल्ल मैले थाहा पाएँ आमा कस्तो हुन्छ
कति रहर बलि चढे मिठो यौटा फलाउन
आज मेरो छाती हेर सगरमाथा झुक्छ
आमा शब्द दाइजो पाउदा कति छु म दंग
को छ ठुलो संसारमा जननीको माथि?
आमा-दिनमा यौटा प्रस्न राख्छु सबैसंग
कति खप्यौ रात गन्यौ कति पर्यो धामा
सात बर्षकी मात्र थिएँ पराइ घर को आँगन
उफ्री नाच्ने मन थियो लगाएरै जामा
गएँ घर भएँ पर छुटे माइती सबै
बुझ्न थालें अलि अलि तिम्रो मनको भाषा
काख भर्ने आशा तिम्रो रेछ कति चाडै
आफु जस्तै बनाउने आमा यौटी खासा
खाउँ खाउँ लाउँ लाउँ भन्ने उमेरैमा
भोग्न पर्ने रेछ दुख सन्सार चलाउन
बल्ल मैले थाहा पाएँ आमा कस्तो हुन्छ
कति रहर बलि चढे मिठो यौटा फलाउन
आज मेरो छाती हेर सगरमाथा झुक्छ
आमा शब्द दाइजो पाउदा कति छु म दंग
को छ ठुलो संसारमा जननीको माथि?
आमा-दिनमा यौटा प्रस्न राख्छु सबैसंग
देवपिता
इस संसारमे इक दो हि होते है
जो केवल पुण्य फल बोते है
शुभ कर्म छोड़कर कभी वो न सोते है
मनमे धारण कर उनको हम रोते है
यात्रा पथ उनका है सुगम सदा बहार
टूट न सकता कभी मनका अठोट अपार
अविरल शोभित रहे वो दुखियोको गलेमे हार
जगदीश करे सार्थक,मन्जिल उनके बारम्बार
सफल रहे हर पल जीवनमे उनका
ब्यक्त करू मै कैसे, ये उदगार है मनका
कभी न रहे कमि बर्चस्व मे,उसके उपबनका
बनि रहे उपर आस्था एबम् श्रद्धा बहुजनका
बनि रहे आस्था एबम् श्रद्धा बहुजनका
जो केवल पुण्य फल बोते है
शुभ कर्म छोड़कर कभी वो न सोते है
मनमे धारण कर उनको हम रोते है
यात्रा पथ उनका है सुगम सदा बहार
टूट न सकता कभी मनका अठोट अपार
अविरल शोभित रहे वो दुखियोको गलेमे हार
जगदीश करे सार्थक,मन्जिल उनके बारम्बार
सफल रहे हर पल जीवनमे उनका
ब्यक्त करू मै कैसे, ये उदगार है मनका
कभी न रहे कमि बर्चस्व मे,उसके उपबनका
बनि रहे उपर आस्था एबम् श्रद्धा बहुजनका
बनि रहे आस्था एबम् श्रद्धा बहुजनका
Wednesday, May 12, 2010
सुपारी-सन्दर्भ अनेक
गम्यागम्य समुद्र क्षार तटमा उभिन्छ ठाडो रूख
हाँगा छैन कतै खडा छ सुरिलो खप्दै हुरीको दुख
सातौ वर्ष बिताई सक्षम ठुलो गएर टुप्पातिर
सुत्ला च्यापी तयार फुल्न फुल त्यो लाग्नैछ फल आखिर
टुप्पामा जमरा झपक्क भवरा जस्तो छ गुच्छा फुल
लामो डांठ झुकेर वृक्ष संग त्यो गाँसेर बाँधी पुल
थुंगा त्यो फुलको बढेर सहजै भारले झुकाउदै शिर
चारै तर्फ उबस्छ कन्दनी समान खपेर दैबी पिर
हुर्की दिनदिन त्यो कुसुम पनि ठुलो हुँदै पराग सेचन
प्राकृतिक प्रक्रिया पुरा हुन् गयो बढ्दैछ फल झन् झन
पाक्यो पुष्ट भई बढेर विधिवत आकार गोलो थियो
बोक्रा भित्र कठोर के भनु म खै नाम त सुपारी लियो
त्यसमा दृस्टी दिने मनुस्य जतिले टिपेर जम्मा गरि
बोक्रा फाली सुकाई शोधन गरे प्रयोग नाना थरि
गर्दै पूजन कार्यमा अघि सरि बन्दै गणेशको प्रतिक
बोकी मान र शान त्यो हवनमा,निम्ता पुजामा अधिक
साथीमा पनि मिल्छ पान संग त्यो मुख्शुध्दी भोजन पछी
सैपाटा र बिबाह भोज इतिमा चुरोटलाई साथ दि
कत्तिलाई लगाई तलतल कुलत बानि बिगार्यो सब
सम्झौता पनि गर्न दुष्टसंग यो तत्पर छ नाम्ले अब
हत्या कोहि गराई स्वार्थ उसको गर्नुछ पुरा भनि
जसले दिन्छ सुपारी, मार्छ, उसको रकम पछाडी गनि
मेरो पक्ष बयानको अलि फरक पाठकहरु हो ! छ है
बर्षे बालकसँग देउन मुई सुपारीको भन्छु गै
उसले टांगमुनि लगेर मृदु हात बढाउँछ सामु म मा
त्यसबेला उसको सुपारी मतलब बुझ्दै म गर्छु क्षमा !!

Monday, May 3, 2010
आँशु कति प्रकारका
आंसु हांसो बिरह र ब्यथा दु:ख संकश्ट पीडा !
बस्छन साथै मिलिजुली खुबै गर्नमा ब्यस्त क्रीडा !!
अश्रु बग्दा नयनतलमा भाव हुन्छन बिभिन्न !
ठुलो चोटमा अबिरल गतिले बग्छ अस्रु अभिन्न !!
थोपा थोपा गरिकन बगने अश्रु त्यो दु:खको हो !
चीसो आंखा घरी घरी हुंदै सुक्छ बिछोडमा त्यो !!
सम्झी सम्झी रुन मन गरी बग्छ प्रेमी छुटेमा !
घुक घुक मात्रै भइ न भिजने सम्झना त्यो हटेमा !!
खुसी हांसो अनी लडी बुढी आदिमा अश्रु बग्छ !
कहिले काहीं अती हुन गइे दुस्टले प्राण लग्छ !!
आंसु पोख्ने समुह बिचमा आंसुले आंसु तान्छ !
आंसुको यो बिचलित ब्यथा चित्तमा मौन लान्छ !!
प्युने आंसु पनि जीवनमा देख्न पाइने रहेछ !
ऋणको भारी भैइ थिचिएमा प्युन पर्नेछ हेर !!
कोइ भन्छन ऋण गरी गरी घ्यू र भात् खाइ बस्नु !
कोइ भन्छन उदर भरी भरी साउको लात्मा न फस्नु !!
आशुका यी थरि थरि अनुहार नेत्र का क्षेत्र बाट !
बग्दा हाम्रो मन पनि उदास फर्कदा छोडी घाट !!

Sunday, April 11, 2010
मेरो अक्षरारम्भ
मेरो त्यो ब्रतबन्धको बय थियो उमेर सात बर्षको
मनमा केहि थिएन भाव खुसीको अंकुर उठ्यो हर्षको
गाउ बेसी गरेर अग्रज संगै हातमा हंसीया लिई
गोठालो म गएर काटी दिन ति बित्थे भरोसा दिई
छैटौ बर्ष बितेछ धन्य यसरी गाउमा कटेका दिन
कान्छो लाई पढाउनु अब पर्यो भन्दै उता छिनछिन
आमाको कचकच सुनेर म संगै बुबा तलाई अब
काठमान्डौ गुरुको लगेर घरमा राख्ने तँ पढ्नु सब
त्यो भन्दा पहिले जरुरि अहिले यौटा छ बन्धन खुला
गर्नुपर्छ रिति रिवाज अनि पो मनमा म ढुक्कै हुंला
भन्दै त्यो ब्रतबन्धको पनि कुरा गर्दै तयारि गरि
भर्दै ग्यान अनेक बालमनमा साँच्चै गुरुले सरि
व्याख्या जीवनको गरेर सुरुमा श्रीपंचमिको दिन
अक्षरको पहिलो "क" लेख्नु यसरि सोध्छु पछी लौ चिन
भन्दै यो क्रमले लिएर मुठीमा माटो पिंधेको धुलो
पाटि नाम रहेछ कापी पहिले काठको कलम त्यो ठुलो
गाउका तीन अरु समान बयका साथि बटोली पिंणी
भर्दै लाम लगाई पन्डित बुबा बन्नुभो हाम्रो रिणी
जिल्ला धादिंग गाँउ "मान्खु पहिरे" सन्सार देख्या थलो
बाबा पन्डित बालकृष्ण सबको डुलेर गर्ने भलो
आमा टोप कुमारी गाउ घरमा "पन्डितनी" नामले चिन
रुपाखेती भनेर सम्झ थर त्यो आउदैन सोध्ने दिन

Monday, April 5, 2010
हेर भाई के के कालो
औंसीको रात कालो
कपटिको जात कालो
न्याय बेचेर खल्ती भर्दा
न्यायमूर्तिको नोटको खात कालो
भूकम्पपछि कम्पनको लात कालो
शनिको दशामा लाग्ने साढे सात कालो
नीचताको पराकास्टा कति सम्म
बिस्वास गरिसकेपछिको घात कालो
व्यभिचार मा लाग्नेको बात कालो
स्वार्थ परक राजनीतिको मात कालो
सुपर सेन्टर मा क्यामरा छल्दै
ब्याग भर्नेको लामो हात कालो
कपटिको जात कालो
न्याय बेचेर खल्ती भर्दा
न्यायमूर्तिको नोटको खात कालो
भूकम्पपछि कम्पनको लात कालो
शनिको दशामा लाग्ने साढे सात कालो
नीचताको पराकास्टा कति सम्म
बिस्वास गरिसकेपछिको घात कालो
व्यभिचार मा लाग्नेको बात कालो
स्वार्थ परक राजनीतिको मात कालो
सुपर सेन्टर मा क्यामरा छल्दै
ब्याग भर्नेको लामो हात कालो
Subscribe to:
Posts (Atom)