जान्न जान्न म त खेल्दिन लोला
होलीको जति उछ्रिंखल गोला
रंग पानि बदला भरि नाली
छ्याप्दछं अबुझ भै बनि भोला
पर्व यो मिलनको मन छोला
मात्र सिमित भई रंग झोला
बाट फुस्स झिकदै शिरमाथि
फ्याकी खेल्नु ठिक हो घुमी टोला
छाडी अंकुश लगाम सु-बोला
नालीबाट बलले भरि घोला
लेप्दछ्न निरस भै जनलाई
रुप त्यो कुरूप भै मन रोला
साँच्नु पर्छ सब संस्कृति चोला
रोक्नु पर्छ बिकृति गनी तोला
सोच्नु पर्छ खहरे पनि बाढी
उर्लिंदा कति विध्वंसक होला
Friday, March 12, 2010
प्रणयसूत्रमा बाँधिएपछि
१)
ती हुन्छन दुइटा यस्ता साथि
न खस्छन तल न बस्छन माथि
जोखेर हेर्दा शून्यमा सुइरो
भर्दामा माया जहिले नि पाथी
(२)
यौटै छ आत्मा जुटेर गाडा
नजिकै बस्छन् भएर टाडा
तानेर डोरी बेरेर चंगा
मनभित्र बाँधेर छाडदैनन् छाडा
(३)
आँखा नै बोल्ने मुख ता न खोल्ने
करेलाको झोलमा मिश्री घोल्ने
सम्बन्ध यस्तो लोग्ने र स्वास्नीको
मुटुमा आगो लाग्दा न पोल्ने
(४)
प्रेमी र प्रेमिका हुन् संयुक्त बन्ने
देख्दामा अरुले दुइटा न गन्ने
दूध र पानि झैँ एक ठाउ मिल्दा
न सकियोस छुट्याउन दम्पति भन्ने
ती हुन्छन दुइटा यस्ता साथि
न खस्छन तल न बस्छन माथि
जोखेर हेर्दा शून्यमा सुइरो
भर्दामा माया जहिले नि पाथी
(२)
यौटै छ आत्मा जुटेर गाडा
नजिकै बस्छन् भएर टाडा
तानेर डोरी बेरेर चंगा
मनभित्र बाँधेर छाडदैनन् छाडा
(३)
आँखा नै बोल्ने मुख ता न खोल्ने
करेलाको झोलमा मिश्री घोल्ने
सम्बन्ध यस्तो लोग्ने र स्वास्नीको
मुटुमा आगो लाग्दा न पोल्ने
(४)
प्रेमी र प्रेमिका हुन् संयुक्त बन्ने
देख्दामा अरुले दुइटा न गन्ने
दूध र पानि झैँ एक ठाउ मिल्दा
न सकियोस छुट्याउन दम्पति भन्ने
अन्न प्राशन
आज तिम्लो माम् ख्वाउने हो मेलो काख्मा आउ
हजुल्बाको काख्मा बछी बुबु माम खाउ !
एता उति न चल है माम् छ छालै मीथो
भोलि पल्छी पल्नु पल्छ छिओदब्लु काउ !
तिमि ज्ञानी छानु नानि काख्बात न जाउ
हजुल्बाको मीथो गीत तिमि पनि गाऊ !
आज धेलै को को आउछन छबैले माम् ख्वाउछन्
बिचाल गल धेलई चल्दा लाग्न छक्छ घाउ !
माम खाइ थूलो बनी इछ्कुल पनि धाउ
धे लै पल छोली मेलो भन्छ तिम्लो बाउ !
पलेवा ल भगेला छन् आगन भली हेल
उलिहाल्छ छमाउने न गल है दाउ !
अइले तिमि छालै छानी छबले गल्छन भाऊ
थुली भए पछी तिमि छब्को मान पाउ !
तल हेल बिचाल गल यो छंछाल छ थूलो
तिमीले नै छान्नु पल्छ पाल तल्ने नाउ !
भल्यांग बात छुली आयो बिलालाको माउ
आँ गलेल निल नत्ल अल्को आउछ हाउ !
तिमीलाई था छैन ल जुथो लाख् न हुन्न
चुथेल मुख् कुल्ला गली नाना अल्को लाउ !
आज तिम्लो माम् ख्वाउने हो मेलो काख्मा आउ
हजुल्बाको काख्मा बछी बुबु माम खाउ !
हजुल्बाको काख्मा बछी बुबु माम खाउ !
एता उति न चल है माम् छ छालै मीथो
भोलि पल्छी पल्नु पल्छ छिओदब्लु काउ !
तिमि ज्ञानी छानु नानि काख्बात न जाउ
हजुल्बाको मीथो गीत तिमि पनि गाऊ !
आज धेलै को को आउछन छबैले माम् ख्वाउछन्
बिचाल गल धेलई चल्दा लाग्न छक्छ घाउ !
माम खाइ थूलो बनी इछ्कुल पनि धाउ
धे लै पल छोली मेलो भन्छ तिम्लो बाउ !
पलेवा ल भगेला छन् आगन भली हेल
उलिहाल्छ छमाउने न गल है दाउ !
अइले तिमि छालै छानी छबले गल्छन भाऊ
थुली भए पछी तिमि छब्को मान पाउ !
तल हेल बिचाल गल यो छंछाल छ थूलो
तिमीले नै छान्नु पल्छ पाल तल्ने नाउ !
भल्यांग बात छुली आयो बिलालाको माउ
आँ गलेल निल नत्ल अल्को आउछ हाउ !
तिमीलाई था छैन ल जुथो लाख् न हुन्न
चुथेल मुख् कुल्ला गली नाना अल्को लाउ !
आज तिम्लो माम् ख्वाउने हो मेलो काख्मा आउ
हजुल्बाको काख्मा बछी बुबु माम खाउ !
Wednesday, February 17, 2010
भ्यालेन्टाइनका तीन थुंगा
मनभित्र सजाएर सयपत्री साँचेको छु
जन्मदात्री जननीमा चढाउन भाँचेको छु
न बिर्स है साथि तिमि आमाको मुहार
हँसाउने आशा राखी खुसीले म नाचेको छु
~~~~~~~~~~~~~~~~~~~~~~
जन्म भुमि जगाउदै फुटाएर मूल
छातीभित्र खनी जोति फुलाएर फूल
लाली गुरास मात्रिभुको शिरमा सजाउन
आएको छु क्षमा माग्दै बिर्साएर भूल
~~~~~~~~~~~~~~~~~~~~~~
बगलीमा लुकाएर गुलाबको थुंगा
माया रूपी दाबिलोले ले खियाउदै डुंगा
सात समुद्र पारीबाट बाहुपास उठाउदै
भ्यालेंटिन आयो हेर खौरिएर जुँगा
~~~~~~~~~~~~~~~~~~~~
जन्मदात्री जननीमा चढाउन भाँचेको छु
न बिर्स है साथि तिमि आमाको मुहार
हँसाउने आशा राखी खुसीले म नाचेको छु
~~~~~~~~~~~~~~~~~~~~~~
जन्म भुमि जगाउदै फुटाएर मूल
छातीभित्र खनी जोति फुलाएर फूल
लाली गुरास मात्रिभुको शिरमा सजाउन
आएको छु क्षमा माग्दै बिर्साएर भूल
~~~~~~~~~~~~~~~~~~~~~~
बगलीमा लुकाएर गुलाबको थुंगा
माया रूपी दाबिलोले ले खियाउदै डुंगा
सात समुद्र पारीबाट बाहुपास उठाउदै
भ्यालेंटिन आयो हेर खौरिएर जुँगा
~~~~~~~~~~~~~~~~~~~~
Happy Valentine!!
I remain always as,
you are so much dearly !
I can,t survive without you,
understand clearly !
relationship must be eternal,
methinks sincerely !
should you ever care me not,
my eyes shrink tearly !
you be ever mine o'
you be ever mine !
repeatedly comes each year,
happy valentine !
make it new or renew it,
love me to be fine!
when should one remember,
warmth of thine !
your love sounds like a morning,
drops on the rose !
look at the summer garden,
flourish with a hose !
separated are not ever,
shadow and sun !
welcome! welcome valentine,
i see not you gone !
you are so much dearly !
I can,t survive without you,
understand clearly !
relationship must be eternal,
methinks sincerely !
should you ever care me not,
my eyes shrink tearly !
you be ever mine o'
you be ever mine !
repeatedly comes each year,
happy valentine !
make it new or renew it,
love me to be fine!
when should one remember,
warmth of thine !
your love sounds like a morning,
drops on the rose !
look at the summer garden,
flourish with a hose !
separated are not ever,
shadow and sun !
welcome! welcome valentine,
i see not you gone !
Friday, February 5, 2010
डि.भी भिसा वामे सर्दा ...
मेरै पल्लो घरको अति मिलन मजाको मगर हो
डि भी पार्यो भन्दै मसंग फुनमा लौ हजुर हो !
खुसि लाग्यो आउ भनिकन म जादा लिन अनि
घरैमा ल्याउछु दुइ दिन बसौला संग भनि
डुली घुम्दै सारा नगर भरिका ति मलहरु
उ छक्कै पर्दैथ्यो सडकमा न देखि ढल हरु
अहो कस्ता राम्रा सडक हरु गाडी भरिएका
न मान्छे भेटिन्छन न पुलिस न गाइ छरिएका
सफा सुग्घर उस्तै चाहुर कति राम्रा दुइ तरफ
फुलेका हुन्छन ति फूलहरु थरिका मिलि हरफ
हजारौ गाडीका लहर हरु ताँती मिलिकनै
कुदेका देखिन्छन तर पनि धुवा छैन अमनै
सडकमा दुइ तर्फी रुख हरु सुरेली गहन छन्
पतिंगर नामैका चिज बिज कहिँ पात छइनंन्
शहरमा खै काहा पसल हरु थापेर बनिया
बसेका छैनन् नि कसरी म किनौं नुन धनिया
शहर टाढा धेरै महलहरु भेट्टाउन भनि
हिंडेरै पैदल ता न चडिकन गाडी पनि अनि
किनी खाउँ भन्दा अलिकति चिउरा पनि त्यहा
न देख्छु नांग्लोमा तिलउरी र केरा छ त कहा
भनि छक्कै पर्दा नजर घुमी खोज्ने चिजहरु
म नेपालि केटो कसरी गुजरान बस्न म गरु
सबै पोका बोकी कहिँ कहिँ कुनामा खडी खडा
शिशाको टल्किने अनि बिजुलीका अक्षर बढा
सजाई राखेका बिबिध परिकार ति हुन भनि
सिसीमा बोतलमा पनि रस भरि पेय रछ नि
त्यो आफै साहु हो तिमीसंग पइसा गनी गनी
यो पोकाको एती हो अनि त सिसिको त्यो उति भनि
उदर्मा तानेरै डलर बिल माग्दै ढुकुटीमा
सिसि पोका फुत्फुत तिमीतिर दिदा प्वाल कटिमा
छिराउ हात् भन्दै चतुरसंग अड्कल गरी गरी
ल खा भंदारेछं मिसिन हरु , हासें मरी मरी
मगरको छोरोले तमसुक लेखाएर घरको
डि भी पार्यो भन्दै अनुभव बतायो नजरको
डि भी पार्यो भन्दै मसंग फुनमा लौ हजुर हो !
खुसि लाग्यो आउ भनिकन म जादा लिन अनि
घरैमा ल्याउछु दुइ दिन बसौला संग भनि
डुली घुम्दै सारा नगर भरिका ति मलहरु
उ छक्कै पर्दैथ्यो सडकमा न देखि ढल हरु
अहो कस्ता राम्रा सडक हरु गाडी भरिएका
न मान्छे भेटिन्छन न पुलिस न गाइ छरिएका
सफा सुग्घर उस्तै चाहुर कति राम्रा दुइ तरफ
फुलेका हुन्छन ति फूलहरु थरिका मिलि हरफ
हजारौ गाडीका लहर हरु ताँती मिलिकनै
कुदेका देखिन्छन तर पनि धुवा छैन अमनै
सडकमा दुइ तर्फी रुख हरु सुरेली गहन छन्
पतिंगर नामैका चिज बिज कहिँ पात छइनंन्
शहरमा खै काहा पसल हरु थापेर बनिया
बसेका छैनन् नि कसरी म किनौं नुन धनिया
शहर टाढा धेरै महलहरु भेट्टाउन भनि
हिंडेरै पैदल ता न चडिकन गाडी पनि अनि
किनी खाउँ भन्दा अलिकति चिउरा पनि त्यहा
न देख्छु नांग्लोमा तिलउरी र केरा छ त कहा
भनि छक्कै पर्दा नजर घुमी खोज्ने चिजहरु
म नेपालि केटो कसरी गुजरान बस्न म गरु
सबै पोका बोकी कहिँ कहिँ कुनामा खडी खडा
शिशाको टल्किने अनि बिजुलीका अक्षर बढा
सजाई राखेका बिबिध परिकार ति हुन भनि
सिसीमा बोतलमा पनि रस भरि पेय रछ नि
त्यो आफै साहु हो तिमीसंग पइसा गनी गनी
यो पोकाको एती हो अनि त सिसिको त्यो उति भनि
उदर्मा तानेरै डलर बिल माग्दै ढुकुटीमा
सिसि पोका फुत्फुत तिमीतिर दिदा प्वाल कटिमा
छिराउ हात् भन्दै चतुरसंग अड्कल गरी गरी
ल खा भंदारेछं मिसिन हरु , हासें मरी मरी
मगरको छोरोले तमसुक लेखाएर घरको
डि भी पार्यो भन्दै अनुभव बतायो नजरको
Tuesday, February 2, 2010
भाग्य बदल्न सकिदैन
बस्थे जंगलमा रमाई कुटीमा भार्या सदाकी प्रिया
दिनमा योग तपादी मन्त्र उनको छ नित्य गर्नु क्रिया
चिन्तन त्यो मनमा लगाई प्रभुको कस्दै पलेटी बसी
ध्यानामग्न थिए अचम्म हुन गो काख्मा मुसा त्यो खसी
हेरे नेत्र उठाई बाज उ परै देखे अति ब्याकुल
भोक्ले चूर रहेछ बाच्न छ कठिन खोस्नेछ गर्दा भुल
घोप्टो पारि कमण्डलु वर खिची छोपेर सानो चर
मारिनु कसरी बचाउछु भनी लिएर आए घर
भार्या ति रिसिकी सुकोमल थिईन कुलमा दयालु अति
छोरी रुप बनाइ पालन गरिन आमाकी खानि कति
मूषिके अब ति दयालु रिसिकी पाएर माया पनि
हुर्किन दिनदिन लौ बढेर सहसा त्यो शुक्ल पक्षे गनी
बालिके अब ता शरीर नरको पाएर मुग्धै थिइन्
यौवन मस्त भयो ठुली पनि भई बिबाहमा मन दिइन्
खोज्दै ज्ञानी गुनी असल वर भनी आराधना सूर्यको
गर्दै राजि गराई याचन गरे ठानी असल बीर्यको
एक्कासी मनमा डराई दुलही भन्छिन कि मातेपिते
खप्नु तेज र ताप राप कसरी के हुन्छ आफै बिते
सुन्दै ति रिसिले ति सूर्य सरिको खोजु कि अर्को वर
भन्दा बादललाई शीतल भनी देखाउछन उ पर
आए बादल ति म योग्य छु भनी उनको पनि दोष लौ
देखिन् ति बधुले थिए घनघटा खुम्च्याईछन आखि भौ
बादलले रिसिलाई नम्र अति भै बल्मा म भन्दा परै
बुज्नुहोस बलबान पवन अति कठिन उखेल्छ मेरो जरै
यस्तै यो क्रमले पवन पनि टर्यो पहाड सार्दै अघि
मुसाको बलमा पहाड बिचरा के टिकदथ्यो लौ हगी
बालिके ति थिइन् त योनी उनको आखिरमा त्यै भयो
ठानीन् भाग्य कति भयो बलबति बिहे मुसैमा गयो
जसको भाग्य छ जे हुनु छ पहिल्यै ललाटमा लेख्छ रे
त्यो को हो त्यसरी हरेक जीवमा लेख्ने कुरा देख्छ रे
पत्याउ न पत्याउ मानब तिमि संसारमा जे छ त्यो
भाग्येको भरमा प्रयास न गरे लेखिएको हुन्छ यो
दिनमा योग तपादी मन्त्र उनको छ नित्य गर्नु क्रिया
चिन्तन त्यो मनमा लगाई प्रभुको कस्दै पलेटी बसी
ध्यानामग्न थिए अचम्म हुन गो काख्मा मुसा त्यो खसी
हेरे नेत्र उठाई बाज उ परै देखे अति ब्याकुल
भोक्ले चूर रहेछ बाच्न छ कठिन खोस्नेछ गर्दा भुल
घोप्टो पारि कमण्डलु वर खिची छोपेर सानो चर
मारिनु कसरी बचाउछु भनी लिएर आए घर
भार्या ति रिसिकी सुकोमल थिईन कुलमा दयालु अति
छोरी रुप बनाइ पालन गरिन आमाकी खानि कति
मूषिके अब ति दयालु रिसिकी पाएर माया पनि
हुर्किन दिनदिन लौ बढेर सहसा त्यो शुक्ल पक्षे गनी
बालिके अब ता शरीर नरको पाएर मुग्धै थिइन्
यौवन मस्त भयो ठुली पनि भई बिबाहमा मन दिइन्
खोज्दै ज्ञानी गुनी असल वर भनी आराधना सूर्यको
गर्दै राजि गराई याचन गरे ठानी असल बीर्यको
एक्कासी मनमा डराई दुलही भन्छिन कि मातेपिते
खप्नु तेज र ताप राप कसरी के हुन्छ आफै बिते
सुन्दै ति रिसिले ति सूर्य सरिको खोजु कि अर्को वर
भन्दा बादललाई शीतल भनी देखाउछन उ पर
आए बादल ति म योग्य छु भनी उनको पनि दोष लौ
देखिन् ति बधुले थिए घनघटा खुम्च्याईछन आखि भौ
बादलले रिसिलाई नम्र अति भै बल्मा म भन्दा परै
बुज्नुहोस बलबान पवन अति कठिन उखेल्छ मेरो जरै
यस्तै यो क्रमले पवन पनि टर्यो पहाड सार्दै अघि
मुसाको बलमा पहाड बिचरा के टिकदथ्यो लौ हगी
बालिके ति थिइन् त योनी उनको आखिरमा त्यै भयो
ठानीन् भाग्य कति भयो बलबति बिहे मुसैमा गयो
जसको भाग्य छ जे हुनु छ पहिल्यै ललाटमा लेख्छ रे
त्यो को हो त्यसरी हरेक जीवमा लेख्ने कुरा देख्छ रे
पत्याउ न पत्याउ मानब तिमि संसारमा जे छ त्यो
भाग्येको भरमा प्रयास न गरे लेखिएको हुन्छ यो
Subscribe to:
Posts (Atom)