Thursday, December 10, 2009

The apes and two travellers

साँचो कि झुठो - कुन्चाई मिठो

यौटा प्रान्त रहेछ बादरहरु समुहमा थे सब !
राजा बादरको भएछ "कपिले" प्रख्यात नामले तब !!
बस्दो रेछ चलाई राज्य ति प्रजा बादर्हरुकै जहाँ !
देखे यो रमिता मनुष्य दुइले भेट्नै पुगेछ्न त्यहा !!

यौटा त्यो नर जो रहेछ अति नै राजा हरिश्चन्द्र झैँ !
बोल्ने सत्य कदापी झूट न भनि राजाको सामु उ गै !!
अर्को जो नर हो सदैब मुखमा साचो कुरा साचदै !
झुटो मात्र बकेर जीवनभरी कुन सत्य हो ? जाचदै !!

दुइटैको जब भेट् भयो नि कपिले त्यो बादरैको शिर !
प्रस्नै गर्छ कि हेर फर्की नरमा हेरेर यौटा तिर !!
कस्तो छु म यहा सुशोभित प्रजा यी बादरैले सरि !
राजा धन्य म छू कि छैन यिनमा बिचार यस्तो गरी !!

राजा बादरको सुनेर यी बचन अगाडी सर्दै फटा !
भन्दै जान्छ कि हे प्रभो यति बिधि के चन्द्रमाको छटा !!
हुने गर्छ हजुर सुशोभित यहा सामु प्रजाका लहर !
चारै तर्फ बसेर टन्न प्रभुको रक्षा गरेरै प्रहर !!

दिनको रात बिताई धन्य छ भनी सेवा हजुरको गरी !
आज्ञा पालन जो गरेर न्रिपको ज्यु ज्यान दिन्छन मरी !!
उत्तर यो उसको सुनेर खुसि भै सुन चांदी दौलत धन !
सारा धेर इनाम बक्सिस दिई फर्केर दोस्रोकन !!

यस्तै प्रस्न गरेर सोधनी गर्यो जो सत्यवादी थियो !
उसको स्वार्थ थिएन बोल्नकन झूट साचो कुरा भन्दियो !!
बादर होस् तँ रहेर बादर सरि, बादर हरुकै जहा !
तेरो जीवन बाँची रेछ तँ पशु हुन्छ्स पसु नै त्यहा !!

साँचो जे छ म भन्छु बिस्व भरमा देखिन्छ तथ्यैपरक !
झूटो बोल्नु म ठान्छु पाप अहिले मेरो र उसको फरक !!
सुन्दा यो मनमा उठेछ अति रिस त्यो बादरैको बृहत !
सारा बादरसाथ झंटि उसलाई मर्मत गरे मृत्युवत !!

त्यसकारण कि भनिन्छ सत्य पनि जो बोल्ने तितो मर्दछ !
झुटो भैकन त्यो मिठो पनि भए उसको भलो गर्दछ !!

Sunday, December 6, 2009

The ass and shasow

धोबी र गधा

एउटा धोबी थियो कमाइ उसको पालेर बेच्नु गधा !
बेच्नुमात्र थिएन मन्द दिनमा भाडा लगाउथ्यो सदा !!

बिस्वास्को भरमा न छाडी उ गधा डोर्याई भाडे संगै !
बाटो लागि हिंडेर गर्मि दिनमा झन् दुख पाउथ्यो अझै !!

गर्मि तिब्र थियो असह्य एकदिन धोबी र भाड़े दुवै !
बाटोमा पनि खोजि बृक्ष तलको छाया न पाई खुबै !!

धोबी त्यो कसरी म सेवन गरु छाया गधाको पनि !
धक्का भाडेकनै दिएर खुद त्यो छाया त मेरो भनि !!

बस्नासाथ अति भएर रिसले मुक्का र मुक्की गरी !
लागे बाझ्न दुवै प्रचण्ड धुपमा छायाको लागि हरि !!

धोबी भन्छ असूल मात्र पशुको गर्छु म छाया कहा !
दिन्छु, ताप्छु म नै तँ फोकटमहा हटेर गइ जा जहा !!

भाडामा यो गधा भएपछी मलाई छाया नि मेरो हुने !
मुक्का हान्छु तलाई दिन्न म शितल भनेर भाडे रुने !!

दुइटैमा यसरी भएछ झगडा चल्यो नि संग्राम ता !
मौका पाई छ्क्याई भाग्ने सुरले गधा भयो बेपता !!

देख्यौ नानि त सानु सानु चिजमा फालेर व्यर्थै श्रम !
ठूलो चीज गुमाई लोभी मनमा पाल्नु हुँदैन भ्रम !!

Wednesday, December 2, 2009

kakudrum

ककुद्रुम

यौटा जंगलमा ककुद्रुम भनि नामले प्रतिष्ठित बिर !

भोकले आतुर भै घुमेर दिनभर खोजेर हिड्थ्यो खिर !!

जाऊ कुन घरमा कि भेट्छु बनमै बिर्सेर आफ्नो सुर !

सुध्दी बुध्दी हराई गाउतिर नै लागेछ त्यो खुर्खुर !!



गाउका चारदिवारी गर्न दरिला जमात जागा बसी !

रक्षा गर्न खपिस थिए ति बबुरा बाँधेर कम्मर कसी !!

बस्ने कुक्कुरका बथान हरुले देखेर जम्बुबिर !

सीमा नाघी अतिक्रमण हुन गयो भन्दै उठाए शिर !!



हे बाबा म फसें नि गाउबिचमा जंगल भयो दूर त्यो !

मेरो ज्यान बचेन भागु कसरि भोकै बरु हुन्थियो !!

सोची यो मनमा पसेछ घरमा धुने लुगा धोबिको !

रंगमा डुब्न पुग्यो ल हेर नतिजा कस्तो भयो लोभीको !!



झुक्याएं अबता इ कुक्कुरहरु फर्किगयेछ्न बरु !

झुक्क्याउछु अरुलाई जंगलमहा को टिक्न सक्ला अरु !!

स्यालको रुप लुकाई निर्भिक उ भै बाघ भालुको भिडमा !

भाषण गर्न भनेर तम्सिकन त्यो बस्यो परै गीडमा !!



आए जंगलका समग्र पलुवा देखेर नौलो जिव !

गर्दै भाषण भन्छ हेर म प्रति खुसि भएछन शिव !!

राजा जंगलको बनाइ मकनै पठाइएको हुँ म !

मान्नै पर्छ म गर्छु शासन सबै नामको छु ककुद्रुम !!



यस्तो जारि गरेर सर्बसुचना गठन गर्यो मन्त्रीको !

मण्डल, कार्य र भार सुम्पी सबको दांत भाची द्यो हन्त्रिको !!

मन्त्रि भो सिंह त्यो र बाघ पछुवा ब्वाँसो बन्यो "ग्रीटर" !

सब्को मान लिएर जम्बुबिर त्यो मालिक बन्यो "चीटर" !!



दाना पानि सबै दुरुस्त घरमै तयार हुन्थ्यो सधै !

खाइ मस्त सुतेर बाँकी उपहार भनेर बाडथ्यो अझै !!

भोजनको बिचमा सुनेर एकदिन श्याल्हुंया त्यो जातिको !

आफ्नो सक्कली रुप देखिन गयो फुस्केर स्वर छातीको !!



मन्त्रि त्यो सिंहको चस्सक्क मनमा शंका पस्यो स्वर सुनी !

धोकामा म परेछु दैब! गरु के भन्दै धिक्कार्यो जुनी !!

राता नेत्र गरेर चूर रिसले बाघलाई हकार्यो पर !

ब्वाँसोलाई खवर पठाई उसले झम्टेर पर्दै भर !!



घांटी च्यापी गिदी झिकेर बलले छाती फुटाइ रगत !

प्यूदै स्वाद लिएर फेरी बदला थर्काई छाड्यो जगत !!

आफ्नो जात लुकाई छद्म रुपमा बाचेर केहि छिन !

जातिबाट अलग हुँदा अति कठोर भोग्नु पर्यो दुर्दिन !!

Wednesday, November 25, 2009

kharaayo

खरायो

खरबारी बनमा लिएर मनमा दूबो र झार पातको !
उफ्री हिंड्छ कतै म भेट्छु कि भनि भोकले मिठो जातको !!

चार खुट्टा दुइ कान गरेर पट पट उँधो र उँभो गरि !
खुड़े ओठ चलाई नाक रसिलो चाट्दै ति खुट्टा घरि !!

कोहि छन् भरिला दगुर्न दरिला जिउमा असर खान्किको !
उसको रुप बयान के गरु म खै सेतो सफा बान्कीको !!

कालो केहि कतै छरेर छिरबीर रागे र पाटे अनि !
ढाडमा बेरिन गै पटूकी बहुरंग देखिन्छ खैरे पनि !!

बनको खोंच कतै छ झाडी र गुफा बास बस्न लाएक भए !
घुस्री बस्छ निदाई मस्त दिनभर हुदैन त्यसको जय !!

राति साँझ पर्यो भयानक टर्यो शिकारीको लक्ष्यको !
खोजि गर्न भनेर हिड्छ उ कतै ताकेर त्यो भक्ष्यको !!

यस्तो जीवन साँची बाच्छ बनमा खरायो हो नामको !
घरघरमा पलुवा भएर रतिने भोजन र उन कामको !!

केटाकेटी भुलाई नाच्छ संगमा कैले बनि व्यंजन !
उत्पादन त्यसबाट हुन्छ गतिलो गर्दै मनोरंजन !!

सूधो निर्भयको छ बानि त्यसको गर्दैन हानि कतै !
काखमा बस्छ ,सहन्न दुख तर पी.. गर्दिन्छ जताततै !!

हुस्सुमा पनि त्यो गनिन्छ नि कहिँ दौडमा बन्यो शालिक !
बाठोमा पनि त्यो दरिन्छ कहिले झुक्याई बन्मालिक !!

अँगोरा रसियन र जर्मन अनि अस्ट्रेलियन जातिका !
उत्पादन उन गर्नमा ति पहिला चलाई नाम ख्यातिका !!

दिन्छन मालिकलाई गर्न उपयोग आफ्नो शरीरको भुवा !
जसले पाल्छ र स्यार्छ बर्ष दिनमा भेट्नेछ उसले खुवा !!

Wednesday, November 18, 2009

जिन्दगी - एक नौलो द्रिसटिकोण

जिन्दगि यो शुरु हुँदा सार्है स्वच्छ सरल
आस्पतालको प्रांगणमा नुहाएर खल खल
सोझो बाटो हिडाउन पाउडर घसी घसी
नर्सरी र किण्डरगार्डेन हातमा कलम मसि

भिडाएर बाटै बाटो हिडाउने दाउ
गर्दै मेट्न सिकाउन्छन् जिन्दगीका घाउ
पन्छाएर हिंड्नु पर्ने काँडा कोर्ने बाटाहरु
न हिंडने त जाकिने छन् भंडखारामा लाटाहरू

बाठामात्र हैन साथि धेरै होलान बांगा अरु
गाड्नु पर्छ सोझ्याएर तुलसीका लिंगाहरु
जिन्दगीलाई पाको पार्ने बिस्वलिद्यालय
शिक्षणसंस्था ढोकाखोलि गाउन्छंन यौटै लय

न सोचेको भोग्दामात्र संगालिंछ्न अनुभव
मनपरी त गर्नै हुन्न न्याय कानुन सब
दण्ड दिन्छन मान्छे मार्दा बाटो मोडि मोडी
पाप लाग्दैन फूल टिप्दा बगैंचालाई गोडी

जिन्दगि यो मलाइ लाग्छ सार्है स्वच्छ सरल
लगाएर दाग किन बनाउनु त तरल
अनौठो यो छैन साथि बाटो चिन्नेलाई
सार्है कठिन हुने गर्छ सोझो न हिड्नेलाई

यस्तै नै छन जिन्दगीका बांगा सिधा बाटाहरु
जिन्दगीका मलाई लाग्छन बराबरी पाटाहरु
सार्है कठिन हुने गर्छ बाङ्गो बाटो रोज्नेलाई
अनौठो यो छैन साथि सोझो बाटो हिड्नेलाई

Tuesday, November 10, 2009

हाईकु‏

कुहाई-हाईकु
--------

परिवर्तीत नेपाल.
गरिब भो गोपाल.
चैन गर्दैछ यशपाल.
ooo
नेपालीले छाडे देश.
विदेशीले रंगाये केश.
मात्रिभूलाई लाग्यो ठेस.
ooo
कान्डै काण्डको क्रान्ति.
मनमा सबको भ्रान्ति.
पाइने छैन शान्ति .
ooo
देशको भलो कुभलो.
राज्निति नाच्ने थलो.
जोत्न छाडे हलो.
ooo
स्कूल मन्दिर लथालिङ्ग.
मास्टर पुजारी ठिङ्ग.
देशको टालो बिनाहिङ्ग.
ooo
सार्ब भौम अलपत्र.
उडिहाल्यो राजाको छत्र.
नेतालाई पारेर सत्र.
ooo
जनता भन्छन कताजाउँ.
परिवर्तनको गीता गाउँ.
अवसर्बादिले पाए ठाउँ.
ooo
कुराकानी जानी जानी.
बुझ पचाएको ठानी.
गरिरहेछन मनोमानि.
ooo
देशको सम्पदा सब्कोतारो.
देस्बासिको आँखामा छारो.
हराभरा मुहान थारो.
ooo
कलासंस्कृति बचाउन गाह्रो.
आँगकन्याई ऊडाउ छारो.
बिदेशीको नीति साह्रो.
ooo
न्याय कानून डाडापारि.
सर्बोच्चमा बाँडे सारी.
बिद्वत्बर्ग देशलाई भारि.
ooo
*नपचेकोले दिई दुहाइ.
यो परिवर्तन कुहाई.
आउला आर्को हाई-हाई.

Sunday, November 1, 2009

naseeb

अण्डा ट्वाक्क फुटाइ खुर्र दगुरी माउको पछाडी गयो!
चारो टिप्न भनेर तालिम लिदै अभ्यास गर्दैछ छ यो!
पेटमा बोकी रहेछ 'योक ' उसको डल्लो पहेलो खुराक!
पच्दैजान्छ उ बाच्छ भोजनबिना जन्मेकोदिन र त्योरात!
जीवनको क्रम त्यो शुरु अब भयो हुर्केर बढ्नु पनि !
दाना पानि र वाह्य शत्रुसगको मुकाविला झन अनि !
जुठाल्नु र बढार कुढारजतिको ठ्याम्मै उ राजा भयो!
चिलको दाउ र वाज श्याल जतिको छायाले सातो गयो!
माउको चाल सुनेर बुझ्नु छ कति अर्ति र निर्देशन !
आफ्नो सीमित छेत्र बाहिर न गइ बाच्नु छ दिन्कादिन!
हुर्क्यो पुष्ट भयो शरीर उसको ढाकेर बोसो भरि !
फेर्यो मालिकले कुद्रिस्टि उ प्रति जानु छ उसले मरि!
पाउने छैन उ भन्न मर्दिन भनि ईच्छा अरुकै ठुलो !
घर घरमा त कुरेर धार उजिलो राख्या छ स्यांगी चुलो!
एकदिनको सपना अनिस्ट हुन गै खुट्टामा डोरी कस्यो !
ईतिहास मिटाउन ग्राहक ठूलो पिंढिमा आइ बस्यो !
सुत्केरी घरमा बसेकी छ कुरी भन्दै लखेट्यो हरे!
घांटी रेटी रगत बगाई छिनमा भुटन बनायो अरे!
यस्तो कर्म र भाग्यको मिलनले संसार बढने अघि!
आफ्नो आफ्नो नसीव चल्छ सबमा चल्दैन ठगको ठगि!